ओमकार के सी

ड्यालस – टेक्सासको ड्यालसमा शनिवार कानुनी परामर्स तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ट्रम्प अमेरीकाको राष्ट्रपती भइसके पछिको अवस्था र बदलिंदो आप्रवासी नीति र यसले नेपाली लगायत अन्य आप्रवासीलाई पार्न सक्ने असरका वारेमा स्पष्ट पार्न एनआरएन अमेरीका टेक्सास च्याप्टर र नेपाली समाज टेक्सासको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बरिष्ठ अधिबक्ता खगेन्द्र जि सीले सहभागीहरुका जिज्ञासा मेटाएका थिए ।

नेपाली समाज टेक्सासको सभाहल इर्भिङमा सम्पन्न कार्यक्रममा एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल, नेपाली समाज टेक्सासका सभापती कृष्ण लामिछाने लगायतको सहभागी रहेको थियो ।

एनआरएन अमेरीका टेक्सास च्याप्टरका सभापती उत्तम लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ सय बढि नेपालीको सहभागिता रहेको थियो ।

SHARE