ल्हासो फ्याफुल्ला
नमस्कार 🙏

विषय:- निमन्त्रणा सम्बन्धमा

तामाङ समुदायको नयाँ वर्ष (चरा वर्ग )”ज्या ल्हो” को अवसरमा समस्त संसारभरि छरिएर रहनुभएका सम्पुर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र उन्नति-प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
साथै यसै सन्दर्भमा तामाङ सोसाईटी अफ ,लसएन्जल्सले आगामी फेब्रुअरी २७ तारिख सोमबारको दिन तामाङ समुदायको पहिचान र संस्कृति झल्कने “नयाँ बर्ष” सोनाम ल्होछार भव्यताका साथ मनाउन गईरहेका छौ ।
सो अवसरमा तपशिलमा उल्लेखित मिति ,समय र स्थानमा तपाईको संस्थाको तर्फबाट गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साथै यहाँको सहयोगको समेत अपेक्षा गरेका छौ ।

तपशिल:-
मिति:- फेब्रुअरी २७,२०१७ सोमबार
समय:- बेलुकी ८:०० बजे
स्थान :- तारा हिमालयन कुजिन,आर्टेशिया

महासचिव
डोल्मा लामा
तामाङ सोसाईटी अफ,लसएन्जल्स

SHARE