नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा समितिका केन्द्रीय सल्लाहकार शिव उपाध्याय (भुर्तेल)को उपचारका लागि झण्डै ६ हजार अमेरिकी डलर सहयोग जुटेको छ । कलेजो क्यान्सरबाट पीडित भै हाल कोलोरोमै उपचाररत भुर्तेलका लागि ५ हजार ९ सय ५४ अमेरिकी डलर संकलन भएको नेजस अमेरिकाले जनाएको छ ।

नेविसंघका पूर्व महामन्त्री समेत रहनुभएका भुर्तेलको उपचारका लागि नेजस अमेरिकाका सभापति आनन्द विष्ट र सिँगो कार्यसमितिको पहल र नेपाली जनसम्पर्क समिति अमेरिकाले कोलोराडो च्याप्टरका अध्यक्ष गणेश भण्डारीको सम्योजक्त्यो मा उपचार खर्च जुटाइएको हो । हाल ग्रिली कोलोराडोमकै उपचाररत भुर्तेलका लागि नेजस अमेरिका कोलोराडो च्याप्टरको सभापति गणेश भण्डारी उहाँ भएकै ठाउँमा पुगेर रकम हस्तान्तरण गरेको थियो । त्यस क्रममा कोलोराडोका स्थानीय जनसम्पर्क समितिको अग्रज हरू केंद्रीय समितिको सल्लाहाकार बुद्धि प्रसाद लामिछाने, केन्द्रीय सदस्य गोविन्द लमसाल, पूर्व केंद्रीय सदस्य जगन्नाथ गौतम एनआरएन कोलोराडोका सभापति बासु खनाल, महासचिव ज्ञानेन्द्र पौडेल, उपाध्यक्ष प्रेम र प्रेम रेग्मी लगायत भुर्तेलेको निवासमा पुग्नुभएको थियो ।

भुर्तेललाई हालसम्म पाँच वटा केमो थेरापि दिइसकिएको बताइएको छ । केमो थेरापीपछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ । त्यस अवसरमा भुर्तेलले आफ्नो उपचारका लागि सहयोग गर्ने सबैप्रति हार्दिक नमन समेत व्यक्त गर्नुभएको छ । यसरी उपचारका लागि आर्थिक सहयोग प्रदान गरेर मानवीय धर्म पुरा गर्ने सबैप्रति नेजस अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्टल विशेष आभार व्यक्त गर्नुभएको छ ।

सहयोगी मनहरुको नामावालीका लागि तलको लिन्क्मा क्लिक गर्नुहोला :

शिव भुर्तेलको सहयोगमा हातेमालो गर्ने महानुभावहरुको नामावाली

नेपाली जनसंपर्क समिती, अमेरिका, कोलोराडो च्याप्टरका सभापती गणेश भन्डारीको धन्यवाद बक्तब्य :

श्रीमान सभापति ज्यु
नेपाली जनसम्पर्क समिति अमेरिका

जानकारी सम्बन्धमा :

मिति 01/10/2017 मा बसेको नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय समितिको बैठकबाट कलेजोको क्यान्सर रोगबाट पीडित बन्न पुग्नु भएका नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सल्लाहकार एबम नेपाल बिद्यार्थी संघका पुर्ब महामत्री, दाजु शिव भुर्तेल (उपाध्याय) लाई सहयोग गर्नका लागि मेरो संयोजकत्वमा आर्थिक संकलन गर्ने भनि निर्णय गर्नु भएकोमा सभापति ज्यु लगाएत केन्द्रिय कार्य समितिका साथीहरु लाई हार्दिक धन्यवाद दिन चाहन्छु | उक्त निर्णय अनुरुप बिगत १ महिना देखि मेरो संयोजकत्वमा आर्थिक संकलन भएको कुरा यहाँलाई बिधित नै छ | यस अबधिमा जम्मा संकलित रकम $6107 रहेको जानकारी गराउन चाहन्छु | सो मध्ये $5954 रकम नेपाली जनसम्पर्क समिति कोलोराडोका साथीहरु 02/18/2017 का दिन शिव दाजु को निवास मा गई उहालाई हस्तान्तरण गरिएको कुरा यहाँहरुलाई जानकारी गराउछु | साथै बाँकि रकम $153 पनि तुरुन्त उहालाई हस्तान्तरण गरिने कुरा यहाँहरुलाई जानकारी गराउछु |मेरो संयोजकत्वमा गठित यो आर्थिक संकलन समितिको अबधि एक महिनाका लागि मात्र भएकाले अब उप्रान्त शिव दाजुलाई सहयोग उठाउने काम बन्द भएको कुरा जानकारी गराउन चाहन्छु |
शिव दाईको स्वास्थ अवस्था सम्बन्धमा :
हामी नेपाली जनसम्पर्क समिति अमेरिका, कोलोराडो च्याप्टरका साथीहरु शिव उपाध्याय (भुर्तेल) दाई लाई भेट्न 02/18/2017 का दिन उहाको निवास ग्रीली कोलोराडोमा गएका थियौ |
शिव दाई कलेजोको क्यान्सरको उपचार गराई रहनु भएको अवस्था हो | उहाँ लाई अहिलेसम्म 5 बटा केमु दिई सकेको छ | बिचमा केहि infection को कारणले केहि दिनको लागि केमु रोकिएको छ | केहि दिन पछि फेरी केमु शुरु हुने कुरा शिव दाइले बताउनु भएको कुरा सम्पूर्ण साथीहरुलाई जानकारी गराउन चाहन्छु | समग्रमा स्वास्थ स्थिति सुधारोन्मुख देखिएको छ | उक्त अबसरमा उहाँको सहयोग का लागि उठेको जम्मा रकम $ 5954 शिव दाईलाई हस्तान्तरण गरिएको कुरा जानकारी गराउन चाहन्छु | साथै शिव दाइले यस परिस्थितिमा सहयोग गर्नुहुने सम्पूर्ण साथिहरुलाई धन्यवाद दिंदै जयनेपाल भन्नुभएको कुरा जानकारी गराउन चाहन्छु |

हार्दिक धन्यवाद :
यस एक महिनाको अबधिमा शिव दाई लाई आर्थिक संकलन गर्न सहयोग गर्नुहुने नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सभापति ज्यु , केन्द्रिय पदाधिकारी ज्युहरु , केन्द्रिय सदस्य ज्युहरु , केन्द्रिय सल्लाहकार ज्युहरु, बिभिन्न केन्द्रिय विभागका सदस्य ज्युहरु, नेपाली जनसम्पर्क समिति अमेरिका सम्पूर्ण च्याप्टरका सभापति ज्युहरु, पदाधिकारी ज्युहरु , सदस्य ज्युहरु , सल्लाहकार ज्युहरु, साधारण सदस्य ज्युहरु, तथा सम्पूर्ण सहयोगी मनका साथीहरु लाई दश औला जोडेर नमन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु |

गणेश भण्डारी
सभापति
ने ज स स अमेरिका कोलोराडो

SHARE