एउटै मःमलाई ५५ हजार

0
760

पोखरा, माघ १० ।
पोखरामा एउटा मःम बनाउनका लागि ५५ हजार खर्च गरिने भएको छ । आर इभेण्ट ट्रेनर नेपालले पोखरामा गर्न लागेको दोस्रो मःम मेलामा प्रदर्शन लागि मःम बनाउन लागिएको हो । momoयो मःम मेलाकै महत्वपूर्ण आकर्षण बन्ने कार्यक्रम संयोजक रवीन गुरुङले बताए । मःम बनाउनका लागि मुर्तिकार युवराज पौडेलेको टोलीलाई जिम्मा दिइएको छ । मेला फागुन ६ देखि ८ गतेसम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुदैँछ । मेलाका लागि स्टल बुकिङग भैरहेको आयोजकले जनाएको छ । मेलामा एक सयभन्दा बढी स्टल रहनेछन् । स्टल मध्ये २० स्टल मःमका मात्र रहने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायीक प्रयोजनका रहनेछन् ।
नेपालमा पछिल्लो समय मःम बढी प्रयोग हुने खाजाको रुपमा विकास भैरहेका बेला मःम पारखीहरुले मेला निकै रुचाउने अपेक्षा गरिएको छ । चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका मःम पारखीहरुले मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाउने आयोजकले जनाएको छ । मेलामा पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, विग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद लिन पाईने आयोजकको भनाई छ । मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट, फेशन वीक र डिजे सेसन आकर्षणका रुपमा रहने छन् । मेला सम्पन्न गर्न ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्वनका लागि अन्र्तराष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने बताइएको छ । यसअघि ट्रेनर नेपालले पतञ्जली योग शिविर, मिस पोखरा क्वीन, मेगा मोडल पोखरा, नेपथ्य व्याण्डको लाइभ कन्सर्ट र दशै महोत्सव जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ ।

SHARE