भलिबल प्रशिक्षण केन्द्र बनाउन सहयोग

0
398

पोखरा, माघ १३ ।
पोखरामा निर्माणाधीन पश्चिमाञ्चल भलिवल प्रशिक्षण तथा तालिम केन्द्र निर्माण गर्न भलिवलका पूर्व राष्ट्रिय खेलाडीले सहयोग गरेका छन् । पोखरामा एक कार्यक्रमका बीच पूर्व खेलाडी जयनारायण चौधरीले १ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । vollyballचौधरीले जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुलीलाई रकम हस्तान्तरण गरे । सहयोग हस्तान्तरणपछि बोल्दै चौधरीले भलिवल खेलको विकास र स्थायीत्वका लागि सहयोग गरेको बताए । आगामी दिनमा पनि सहयोग जुटाउन आफुँ प्रतिबद्ध रहेको उनको भनाई छ । यस्तै भलिवल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले पनि प्राप्त सहयोगले प्रशिक्षण केन्द्र निर्माणका लागि निकै ठूलो राहत महशुस भएको बताए ।
कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सहयोग प्राप्त भए एक बर्षभित्रै प्रशिक्षण केन्द्र निर्माण गरिसक्ने प्रतिबद्धता जनाए । खेलबाट पदक प्राप्त गर्न पूर्वाधार राम्रो चाहिन्छ, उनले भने–त्यसैका लागि प्रशिक्षण केन्द्र निर्माणको तयारी भएको हो, साथ दिनुस् एक बर्षभित्र निर्माण सम्पन्न गरेर अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सक्ने पूर्वाधार खडा गरिदिन्छौं । राखेप सदस्य फत्त गुरुङले पनि केन्द्र निर्माणका लागि आफुँले सक्दो सहयोग गर्ने बताए । कार्यक्रमकै अवसरमा बुल्समेन क्लव पोखराका अध्यक्ष नुना गुरुङ्गले पनि क्लवको तर्फबाट १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । प्रशिक्षण तथा तालिम केन्द्रको केही समयअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टले शिलान्यास गरेका थिए ।

SHARE