२०८१ वैशाख ७ गते | 19th of April 2024

यु २३ एसिया कप फुटवल खेलाडीलाई विदाई

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते १६:४३

 

काठमाडौ, २८ असार । संयुक्त अरब इमिरेट्समा हुने तेइस वर्षमुनि एशिया कप छनोट फुटबलमा सहभागी हुने नेपाली फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ । एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर टोलीलाई विदाइ गरेका हुन् ।
आउँदो शनिबारदेखि सुरु हुने छनोट प्रतियोगितामा नेपाल समूह डिमा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् । नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार, दोस्रो खेल सोमबार उज्वेकिस्तानसँग र तेस्रो तथा समूह चरणको अन्तिम खेल बुधबार लेबनानसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *