निदेश अधिकारी
भर्जिनिया, अमेरिका ।

भाेजपुर जिल्लाको चरम्बी गाबिस बार्ड नं २ र्रयाङ्गमा साङ्गे छ्याेलिङ्ग नामको गुम्बा निर्माण हुने भएको छ । पर्यटकिय दृष्टिकोणले एकदमै सुन्दर मानिने चरम्बी गाबिस गुम्बा निर्माण पछि पर्यटकिय स्थलको रुपमा बिकशित हुने देखिन्छ ।लगभग २५ लाख रुपैयाँको लागतमा बन्ने उक्त गुम्बा वैदेशिक राेजगारमा रहनु भएका चरम्बीबासी दाजुभाइ दिदिबहिनीहरु लगायत गाउमा बस्ने र बिभिन्न कामको सिलसिला देश भित्रै बिभिन्न ठाउमा रहनु भएका सम्पूर्ण शुभचिन्तकहरुको पहलमा बन्न लागेको हो ।

कृष्ण कुमार तामाङ वैद्यले गुम्बाको लागि जग्गा उपलब्ध गराउनु हो भने निर्माण कमिटिमा अध्यक्ष श्री सन्तराज तामाङ र उपाध्यक्षमा दाेर्जसिंह तामांग रहनु भएको छ । बन्न लागेको उक्त गुम्बा सम्पुर्ण जातजाती , धर्म र सम्प्रदायकोलागि खुल्ला गरिने जानकारी दिईएको छ । भबिश्यमा सोचेजति रकम जम्मा हुनसके पर्यटकलाई बस्ने र खाने समेतका लागि छुट्टै गेष्टहाउस समेत बनाएर गाउलेलाई त्यस्मा सहभागि गराउदै सबैको आर्थीक स्तर बढाउन पहल गरिने समेत जानकारी गराईएको छ ।

जील्ला प्रशासन कार्यालयमा दर्ता गरि काम सुरु गरिएको उक्त धार्मीक कार्यकालागि सम्पुर्णलाई सहयोगको आग्रह गरिएको छ । फुलमान तामाङ ,मकर बहादुर वैद्य , सुवाश तामाङ बल , राम किरण तामाङ , बिरबल तामाङ याेन्जन , गणेश तामाङ याेन्जन , शरण याम्बुले राई तथा डम्बर के सीबाट उल्लेख्य रुपमा सहयोग उठेको र उठ्ने क्रम जारी रहेको बुझिएको छ साथै गुम्बा निर्माण पछि सम्पुर्ण सहयोगिहरुको नाम गुम्बामा राखिने ब्यबस्था गरिने गुम्बा निर्माणका सहयोगि राम किरण तामाङले हामीलाई जानकारी दिनुभयो ।
गुम्बा निर्माण सल्लाहकारहरुमा मकर बहादुर वैद्य ,पुष्प कुमार वैद्य ,अर्जुन तामाङ ,थिर बहादुर तामाङ ,मकर बहादुर पाख्रिन र डम्बर बहादुर बैध रहनुभएको छ । अर्जुन तामाङ र राम किरण तामाङले देश बिदेशमा रहनुभएकाहरुलाई सुचना दिने काममा महत्वपुर्ण भुमिका निभाउनु भएको साथै सन्तोष तामाङ , शुक्र पाख्रीन , कुमार बैध , गणेश तामाङ , दिनेश पाख्रिन ले उत्तिकै उत्साहका प्रचारप्रसारमा साथ सहयोग गर्दै आउनु भएको बुझिएको छ ।

प्रत्यक्ष रुपमा दिनरात खटेर गुम्बा निर्माण जस्तो पबित्र काममा सहयोग गर्नेहरुमा सचिव पृथुमान तामाङ ,नारायण वैद्य ,चन्द्र कुमार वैद्य ,चन्द्र बहादुर पाख्रिन, लाल बहादुर पाख्रिन ,तार कुमार वैद्य ,अशाेक तामाङ ,काली बहादुर तामाङ ,हिरालाल तामाङ , राजन तामाङ ,सुरेश तामाङ ,सुवास तामाङ ,तिर्थ तामाङ तथा क्याप्टेन महेन्द्र बहादुर तामाङ ,चन्द्र प्रकाश तामाङ ,धन कुमार तामाङ लगाएत गाउका सबै गाउले युवा र बृद्दहरुले गुम्बा निर्माणमा सक्दो सहयोग गर्दै आउनु भएको बुझिएको छ ।

प्रत्यक्ष रुपमा श्रमदान भईरहेको र आर्थीक सहयोग गर्न चाहने देश तथा बिदेशमा रहेकाहरुले राष्ट्रिय बाणिज्य बैकं भोजपुर शाषाको चल्ती खाता नम्बर २०४०००४४०६०१ ( Sange Chhyoling Gumba , Ryang Charambi -2 , Current Account No : 204000440601 ) मा पैसा पठाएर यो पबित्र धार्मीक काममा सहयोग जुटाउन समेत आग्रह गरिएको छ ।

SHARE