प्रकाश ढकाल
पोखरा, भदौ २२ ।
सरकारले सार्वजनिक गरेको उत्कृष्ट सामुदायिक बिद्यालयको सूचीमा पोखरा १२ माटेपानीमा रहेको शितलादेवी मावि पनि प¥यो । बिद्यालयले ३७ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा भदौ २३ गते राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र र दुई लाख रुपैयाँ पुरस्कार पाउने छ । ८०.२ अकं पाएको विद्यालय मुलुकभरका ३५ हजार विद्यालयलाई पछि पार्दै उत्कृष्ट ठहरिएको हो । बिषेशगरी शैक्षिक गुणस्तरलाई आधार मानेर आफ्नो विद्यालयलाई उत्कृष्ट बनाएको विद्यालयका प्रधानध्यापक बाबुराम अधिकारीले बताए । उनका अनुसार एसएलसी परीक्षाको नतिजा र कक्षा ९ को विद्यार्थी भर्ना संख्यालाई आधार मानेर शितलादेवी उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।
देशभरमा उत्कृष्ट विद्यालय हुन पाउनु हाम्रा लागी गौरबको बिषय हो, उनले भने–तर यसको शाख जोगाईराख्नु निकै चुनौतिको बिषय बनेको छ । आगामी बर्षदेखि विद्यार्थी भर्नाको दर बढ्ने भन्दै उनले भौतिक संरचनाको अभाव हुन सक्ने बताए । पहिलो पटक उच्च मावि संचालन गरेको विद्यालयले ११ कक्षामा ब्यवस्थापन संकायमा अध्यापन गराउन थालेको छ ।

SHARE