काठमाडौं, १३ कात्तिक । निर्वाचन आयोगले सर्वोच्चमा जवाफ पेश गरेको छ । सोमबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा छुट्टाछुटै मतपत्र छाप्न सुरु भएको भनी लिखित जवाफ पेश गरेका छन । ।
महान्यायाधिवक्ता कार्यालयमार्फत उपन्यायाधिवक्ता घनश्याम ओझाले दर्ता गरेको लिखित जवाफमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छपाइको काम शुरु भइसकेको उल्लेख छ । जवाफमा अदालतको आदेशलाई सम्मान गर्दै बैतडी, बझाङ, दार्चुला, बाजुरा र जाजरकोट जिल्लाका मतपत्र छाप्नका लागि आयोगले आइतबार नै जनक शिक्षा सामग्री केन्द्र लिलाई पत्र पठाइएको जनाइएको छ ।