२०८१ वैशाख ७ गते | 19th of April 2024

देखिन थाले हतियार धादिङमा एकजना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १९ गते १६:३६

धादिङ, १९ कात्तिक । सदरमुकामसँगै रहेको नीलकण्ठ नगरपालिका वडा नं १३, खुर्पेखोबाट दुई नाल बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा दर्ता गरेको छ ।
प्रहरीले गाउँ सर्च गरी खुर्पेखोला निवासी ४६ वर्षीय कुलबहादुर थापाको घरबाट दुई नाल भरुवा बन्दुकसहित थापालाई पक्राउ गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक रामबहादुर थापाले जानकारी दिए  । पक्राउ परेका थापालाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी न्यायिक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा प्रहरीले सक्रियता बढाएसँगै विशेष सुराकीका आधारमा हतियार बरामद गरिएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *