२०८१ वैशाख १३ गते | 25th of April 2024

माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल भेटियो

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २१ गते १४:४९

काठमाडौं २१ कात्र्तिक । नेकपा माओवादीकी उम्मेदवार सुसिला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । मंगलबार दिउँसो सुरक्षा जाँचका क्रममा गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ३ धावामा प्रहरीले ३ राउण्ड गोलीसहितको नाइन एमएम पेस्तोल बरामद गरेको हो ।

बरामद गरेको अवैध रहेको प्रहरीले जनाएको छ । सिंखडा सवार बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलका चालक गुणप्रसाद खनालको झोलामा हतियार फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए ।

सिम्खडा माओवादी केन्द्रबाट समानुपातिक सूचिमा परेकी छन । माओवादी नेतृ एवम् समानुपातिक उम्मेदवार सिंखडाले भने झोलामा हतियार रहेको बारे आफूलाई जानकारी नभएको बताएको एसपी अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *