२०८१ वैशाख ६ गते | 18th of April 2024

नेशनल मेडिकलको सम्बन्धनसम्बन्धी आदेश रद्द गराउन शिक्षा मन्त्रालयको निवेदन

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २१ गते १५:१६

काठमाडौं, २१ कात्तिक । नेशनल मेडिकल कलेजको सम्बन्धनका सम्बन्धमा सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश रद्द गराई पाउन शिक्षा मन्त्रालयमार्फत मंगलबार निवेदन दर्ता भएको छ ।

मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त निवेदन दर्ता गराइएको हो ।  सर्वोच्च अदालतबाट यही कात्तिक ८ मा भएको अन्तरिम आदेशअनुसार नेशनल मेडिकल कलेजको सम्बन्धन रोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयन नगर्न उल्लेख थियो ।

नेशनल मेडिकल कलेज सम्बन्धनका लागि योग्य नभएको भनी चिकित्सक डा। गोविन्द केसीलगायतले विरोध गरेपछि त्रिविले सरकारको निर्देशनमा सम्बन्धन दिने निर्णय स्थगन गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *