बिजय थापा
नेपालकी चेली पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’ घोषित भएकी छन । कारागारका बालबालिकालाई काठमाडौंको बूढानीलकन्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधा सहित शिक्षा–दीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै अमेरिकाको प्रतिष्ठित समाचार संस्था सीएनएनले बस्नेतलाई को ‘सीएनएन महानायक’ उपाधिले सम्मान गरेको छ ।
बस्नेतसँगै सीएनएन सुपर हिरोका लागि अमेरिकाको न्यू अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकसमेत मनोनयन भएका थिए ।

SHARE