२०८१ वैशाख १३ गते | 25th of April 2024

सोलुखुम्बुका दुवै प्रदेशमा एमालेका उम्मेदवार विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २३ गते १:५३

सोलुखुम्ब, २३ मंसिर । सोलुखुम्बुको क र ख दुवै प्रदेशमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन । गठबन्धनको तर्पmबाट दुवै प्रदेशमा एमालेका उम्मेदवार विजयी भएका हुन । प्रदेशसभा क मा एमालेका उत्तमकुमार बस्नेत विजयी भएका छन । बस्नेतले १० हजार ६ सय ६७ मत ल्याएर विजयी भएका हुन । कांग्रेसका प्रकाशसिंह कार्कीले ८ हजार ८ सय ४६ मत ल्याइ पराजय भएका छन । ।

त्यसैगरी प्रदेश सभा ख मा पनि एमालेकै बुद्धिकुमार राजभण्डारी विजयी भएका छन । राजभण्डारीले १० हजार ३ सय ८७ मत प्राप्त गरी कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका आङगेलु शेर्पालाई २ हजार ४ सय १८ मतान्तरले पराजित गरेका हुन । काग्रेसका शेर्पाले शेर्पाले ७ हजार ९ सय २९ मत प्राप्त गरी पराजय भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *