२०८१ वैशाख ७ गते | 19th of April 2024

ह्विल चेयर क्रिकेटमा नेपालले बंगलादेशलाई ९ विकेटले हरायो

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २८ गते १३:४७

काठमाडौं, २८ मंसिर । पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट प्रतियोगितामा नेपालले आज बंगलादेशलाई पराजित गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले हराएको हो ।
बंगलादेशले दिएको ७८ रनको लक्ष्य नेपालले १३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि दिगम चेम्चोङ लिम्बुले ३५ रन बनाए । टस हारेर पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *