२०८१ वैशाख १५ गते | 27th of April 2024

‘तिमी राजा बन’ भन्नु हो भने त्यो माओ स्टाइलको जुल्फी खौरेर भोलि श्रीपेच लगाउन तयार हुन्छन्

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २७ गते १२:३१

-मणी भट्टराई

विगतमा पृथ्वी नारायण शाहका धेरै शालिकहरू भत्काइए । अझै रहेका पनि भत्काउनुपर्छ भन्नेहरू पनि छन् । यसमा मेरो विचार चाहिं यस्तो रहँदै आएको छ ।
पृथ्वी नारायण शाहको सालिक बनाए पनि नबनाए पनि पृथ्वी स्वयंलाई केही फरक पर्दैन | भएका भत्काए पनि भयो, फेरी ठड्याए पनि भयो | उनले जे गर्नु थ्यो त्यो गरे, र गए | युग र समय अनुसार जति सके, जाने, त्यति गरे | उनलाई एकताको प्रतिक माने या नमाने केही फरक पर्दैन | फरक हामीलाई पर्छ, हाम्रो भावी पुस्तालाई पर्छ, हाम्रो सोच्ने र विश्लेषण गर्ने शैलीलाई पर्छ | बस्,यही नजीरका आधारमा भावी लेखिने इतिहासले कस्तो न्याएको अपेक्षा गर्न सक्छ भन्ने प्रस्नको उत्तरलाई पर्छ |

इतिहासलाई इतिहासको महत्व केही पनि रहँदैन | बर्तमानको खजाना हो ईतिहास | वर्तमान इतिहासको प्रयोग गरेर आफ्नो भविष्यको निम्ति निर्णय तर्जुमा गर्छ | इतिहासप्रति गरिने अन्याएको पीडा इतिहासले भोग्दैन, त्यसको सजाए वर्तमान अर्थात् त्यसले कल्पना गरेर मुस्कुराउने भविष्यले भोग्छ | पृथ्वीनारायण शाहलाई बालै छैन, चिन्ता कि त भत्काउनेलाई छ, कि त ठड्याउनेलाई |
चिन्ता तपाईं हाम्रो हो, कसलाई कति मूल्य दिने भन्नेबारेमा | बादबिबाद यसै बारेमा हो | सहमति असहमति यसै बिषयमा हो | पृथ्वीनारायणलाई केही फरक पर्दैन, उनलाई दिईने स्थानले फरक हामीलाई पर्छ | त्यसर्थ इतिहासका बिषय खोतलेर हामी ईतिहास टिकाउने, टिकाइ राख्ने अर्थात् भत्काउने बिषयमा वर्तमानमा बहस गर्छौं | इतिहासको हमेसा महत्व भएरै यसो भएको हो |Image result for prithvinarayan shah

प्रचन्ड लगायत धेरैले ( कुनै समय बाबुरामले पनि – अहिले भने ऊनी पृथ्वीनारायणको कर्यलाई कदर गर्नुपर्छ भन्छन् बेला बेला ठाऊँ हेरेर ) पृथ्वी नारायण शाहले बनाएको राज्य एकात्मक र सामन्ती नै हो भन्दै आएका छन् । एकिकरण गर्नेदेखि विकास र सम्बृद्दिको सबै रूपमा नेपाललाई पृथ्वीनारायण शाहले २५० बर्ष अघि नै पूर्ण बनाएर छोडिदिनु हो भने हामी ढुक्कले घास खाएर बस्दा हुन्थ्यो भन्ने आशय हो कि के हो यो ? विगत जे भए पनि अहिले देश बनाउने अभिभारा जनताले कस्लाई सुम्पेका छन् त ? यस्तो लाग्छ बेला बेला – कुनै कुनै घरमा बाऊले मेहनत गरेर प्रसस्त कमाई नदिएर नै मैले दुख पाएको हुँ भन्ने हरिलट्ठक सन्तानहरू हुनु आश्चर्य हैन । त्यस्ता भुसतिघ्रे सन्तानहरू मैले धेरै देखेको छु । ।

२५० बर्ष अघिको इतिहासलाई पनि गाली गरिरहेका यी पात्रलाई ‘तिमी राजा बन’ भन्नु हो भने त्यो माओ स्टाइलको जुल्फी खौरेर भोलि श्रीपेच लगाउन तयार हुन्छन् भन्ने कुरा चाहिं यिनको विगत र बर्तमानको सत्ता मोहले पुष्टि गरेको छ । माओको खोल ओढेर सर्बहाराको नाममा गरिएका बर्बराहटहरू वृथाका रहेछन् भन्ने जनताले महसुस गर्दैछन् । पृथ्वीनारायणलाई गाली गरेर होइन कि जनतामा आफ्नो छवि सुधारेर अघि बढे बरू असल हुनेथियो । तर समस्या कहाँ छ भने पुरानो सत्तालाई सत्तेसराप गरेर यसै सत्तामा आएकाहरूसँग देश बनाउने आफ्नै भिजन हुनु पनि त पर्यो ! जनताले पनि पुरानोलाई गाली गर्यो यो त तगडा छ कि किया हो भनेर त्यहाँ पुर्याएका त हुन् । देश विकासको योजनाको ख़ाका पढेर कतिले भोट दिएका होलान् त ? कुन पार्टिसँग होला त त्यस्तो भिजन ? ‘ऊ खराब त्यसैले म असल’ यही आधारमा सरकारमा पुग्दै आएकाहरूबाट आशा गर्नु पनि के गर्नु ?

आज स्टालिनको जन्मदिन, आज क. माओको जन्मदिन सबै सबै सम्झनेहरूले बिर्सिए कि आज पृथीनारायण शाहको जन्मदिन हो | हुन त सम्झनुमा अपराध नै हुन्छ भन्ठाने होलान | सबै किराजस्तो देशलाई कसरी सिध्याउने भनेर लागि परेका छन् | पृथ्वीको दिव्योपदेशको उल्टो भएर देशको शासन प्रशान सात पत्र खोतले पनि गन्ध आउने गरी चुर्लुम्म डुबेको छ | एक प्रकार ठीकै गरे नसम्झेर भन्ने पनि लाग्छ | यसरी सम्झनु पनि एक प्रकारको अपमान नै हो |

तर यसरी सत्ताको विपक्षमा उभिएर मात्र हुँदैन । सच्चा लेख भनेको सन्तुलनमा रहेर लेख्नु पर्छ भनिन्छ । यसर्थ म अर्को पाटोमा प्रबेश गर्ने अनुमति चाहन्छु ।Image result for prithvinarayan shah
अब मलाई केही प्रश्न गर्नु छ | केही क्षण पटमूर्ख हुनको निम्ति अनुमति चाहन्छु |
मैले नबुझेका कुरा कति छन् कति ! ती मध्येका केही प्रश्न :-
१.यो नेपाल एकीकरण गर्ने सिलसिलामा पृथ्वीनारायण शाहले किन बिभिन्न राज्य एकीकरण गरेका होलान् ?
२.के एकैचोटी अहिलेको नेपाल एकीकरण गरेको भए हुने थिएन ?
३. अर्को राज्यमा आक्रमण गरेर ज्यानै मार्नु पर्थ्यो, थपक्क तिम्रो राज्य देऊ भनेर मागेको भए हुने थिएन ? सबैले खुरुक्क दिई हाल्थे नि ! युरोप, मध्यपूर्व, सबै तिरका ईतिहासमा त्यस्ता घटना गनिनसक्नु छन् त !
४. तरबारले किन काटेका मान्छे, मुका मात्रै हानेको भए के हुन्थ्यो ?
५. छलकपट गर्नु हुन्थ्यो ? अहिलेका राजनीतिज्ञ अर्थात् जनयुद ताकाका माओबादी जस्तै ईमान्दार भएका भए के हुन्थ्यो ?
६. आफ्नो राज्य खोसिंदा जस्तो असर आफूलाई पर्छ त्यस्तै अरूलाई पनि पर्छ भन्ने दिब्य ज्ञान खै त ? कोनि के गरि सक्यो दैलो देख्यो भने जस्तो आफू गल्ति गरे पछि अरूलाई दिव्योपदेश दिने ?
७. किन राजा भएर शासन गरेको ? किन त्यो चलन नहटाएको ? राष्ट्रपतिको चलन, प्रजातान्त्रिक पद्दतिको बिकास किन नगरेको ?
८.पृथीनारायण शाह एकताका प्रतिक हुन् भने सन्ते र मेरो बारीको सिमानामा झगडा
कसरी भयो ? यसको जिम्बेवार को ? सत्ता बाँडफाँडमा सँधै झगडा किन हुन्छ ? संबिधान निर्माणमा बादबिबाद किन चर्किन्छ ? हैन एकताको प्रतिक मान्ने हो भने यो सब यहीं बुढोको जिम्मेवारी होइन र ? चुचाप प्रतिक वा सालिक भएर बस्न मात्र पाइन्छ ?
९.जसले उत्तर दिनु पर्थ्यो ती नै छैनन् | खालि इतिहास छ तीनको | कति मान्छे मारेर निर्माण भएको देश छ | हत्यारा भनौ कि राष्ट्र निर्माता ?

पटमुर्ख भएर प्रश्न सोध्नुको मज्जै बेग्लै ! न लाज, न सरम ! फेरी, फरकबिचार भनेर पत्रिकाले छापी पनि पो हाल्छ त ! यी यसरी ।

यस्ता उपदेश पनि के उपदेश ?” पर्दैन मनाउनु पृथ्वी जयन्ती । यी ऊपदेशहरू बाधक हुन् बर्तमान परिपाटीका । २१ औ शताब्दीको सरकार २५० बर्ष अघिका यस्ता उपदेशले चल्न सक्दैन । यो त हाँस्यब्यंग्य र चुट्किला युग हो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *