काठमाडाैँ – करिब १५० जना आप्रवासीहरू सवार एउटा डुङ्गा आइतवार खराब मौसमका कारण यमनको तटपारि क्षेत्रमा डुब्दा ६० जनाभन्दा बढीको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा यमनको दक्षिणी प्रान्त अबीयानपारि डुबेपछि १२ जनालाई उद्धार गरिएको छ भने दर्जनौँ व्यक्ति अझै हराइरहेका छन्।पीडितमध्ये धेरै चाहिँ इथियोपिआका भएका ठानिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमले जनाएको छ। घटनालाई उसले “हृदयविदारक” भनेको छ। कामको खोजीमा अफ्रिकाबाट खाडी अरब राष्ट्रहरूसम्म पुग्नका निम्ति आप्रवासीहरूका लागि यमन एउटा प्रमुख मार्गका रूपमा रहिआएको छ।
आईओएमको आँकडाअनुसार पछिल्ला महिनाहरूमा डुङ्गा दुर्घटनामा परी सयौँ मानिसहरूको ज्यान गएको छ अथवा हराइरहेका छन्।