२०८१ वैशाख १५ गते | 27th of April 2024

दर्द र राजनीतिले खारिएका सामाजिक अभियान्ता, टि पी खनाल : एनआरएनए बोर्ड अफ डाईरेक्टरका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २९ गते २२:४०

सियाटल – स्यॉङ्गजा जिल्ला, हाल वालिँङ न. पा. वडा नँ ४ को बिकट गॉउमा जन्मि हुर्कि हाई स्कुलसम्मको शिक्षा पूर्णामृत भवानी वालिङ्, पाल्पा तानसेनबाट स्नातक, नेपाल कमर्स क्याम्पस मीनभवन काठमान्डौबाट स्नातकोत्तर एबं ब्राजिलको साओ पाओलो र भारतको मुम्बईबाट समेत Globalization & Labor बिषयमा मास्टर्सको अध्यायन गरेका टि.पी. खनाल हाल वासिंगटन राज्यको सियाटलमा बसोबस गर्दछन ।

स्कुले जीवनदेखि नै सामाजिक एबं राजनीतिक क्षेत्रमा सक्रिय खनाल पछिल्लो समय भने राजनैतिक, सामाजिक र पेशागत (Political, Social and Professional) गरि तिनै क्षेत्रमा सन्तुलित रुपमा झन्डै २० बर्ष एक बिज्ञको रुपमा योगदान दिएका थिए । बाल शिक्षा, श्रमिक अधिकार, महिला शशक्तिकरण, सामुहिक सौदाबाजी, नेतृत्व विकास तालीम जस्ता क्षेत्रहरु खनालले बिशेषज्ञता हासिल गरेका क्षेत्रहरु हुन । राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचहरुमा श्रोत व्यक्ति (Resource Person) को रुपमा पनि लामो समयसम्म काम गरेका खनाल नेपालस्थित आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन ) ले संचालन गरेका धेरैजसो परियोजनाहरुमा समेत NTUC को तर्फबाट बिज्ञको रुपमा लामो समय काम गरेका थिए ।

पंचायती व्यवस्थाकै समयमा बिद्यार्थी राजनीतिमा सक्रिय खनाल बहुदलीय व्यबस्थाको स्थापनाको आन्दोलनमा पटक पटक जेल परे । बहुदल पश्चात भने नेपाल ट्रेड युनियन काँग्रेसको पुनर्स्थापनाकालदेखि नै उक्त संस्थाको बिभिन्न तहको नेतृत्वमा रही काम गरेका उनले बालबालिकाहरुको श्रम शोषण बिरुद्ध र उनीहरुलाई अनिवार्य शिक्षाको अभियानमा लामो समयसम्म नेतृत्वदायी भूमिका निर्वाह गरे । जापान सरकारको सहयोगमा NTUC ले संचालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रमको प्रमुख भएर लामो समयसम्म काम गर्दाको अनुभव नै आफ्नो जीवनको सबभन्दा गर्व गर्नलायक बिषय ठान्छन, खनाल ।

पूर्वमा झापादेखी पश्चिममा कैलाली सम्मका फरक फरक १५ वटा जिल्लामा संचालित १५ वटा स्कुलमा प्रति स्कुल ५० जनाका दरले बर्षमा ७५० जना गरीब बालबालिकालाई पढाईन्थ्यो, जुन बच्चाहरु आफ्नै बलबुतामा कहिल्यै पनि स्कुल जान सक्दैनथे । अन्यथा तिनै बच्चाहरु बाध्यताबस बालश्रमिकको रुपमा कष्टकर श्रम बजारमा जान्थे; चिया पसल, कार्पेट उद्योग, गार्मेन्ट उद्योग, ईटा भट्टा, गिट्टी उद्योग, घर घरका भाडा माझ्ने, कपडा धुने, सरसफाई गर्ने काम, भरियाको रुपमा तथा प्लास्टिक बटुल्ने जस्ता निकृष्ट स्तरको बालश्रमिक (Worst forms of Child Labor) को रुपमा । तर त्यसरी NTUC/ JILAF कार्यक्रम अन्तर्गत संचालन भएका स्कुलले बर्षमा कम्तिमा पनि ७५० जना बालबालिकाहरुलाई माथि उल्लेखित डरलाग्दो बालश्रममा जानबाट रोक्थ्यो ।

त्यसरी स्कुले जीवन शुरु गरेका बच्चाहरु मध्ये कतिले त मास्टर्स सम्मको अध्ययन समेत पुरा गरेका उदाहरणहरु समेत छन । नेपाल ट्रेड युनियन काँग्रेसको नेतृत्वदायी भूमिकामा रहेर समाजलाई प्रत्यक्ष फाइदा पुर्याउन सक्ने त्यस किसिमको सामाजिक कार्यमा सहभागी हुन पाउनुलाई खनाल जिवनको एक ठुलो उपलब्धी ठान्दछन । NTUC ले अहिले पनि उक्त बालश्रम स्कुल कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरि नै रहेको छ भन्ने कुरा सुन्दा अहिले पनि खनाललाई असीम आनन्दको अनुभूति मिल्ने बताउंछन ।

त्यस्तै गरि ट्रेड युनियन, नेपाल सरकार, उद्योग बाणिज्य महासंघ र अन्तराष्ट्रिय श्रम संगठन समेत संलग्न बालश्रम बिरुद्धको राष्ट्रिय समन्वय समिति (National Steering Committe) मा एक महत्वपूर्ण सदस्यको रुपमा रही ऐन निर्माण, कार्यान्वयन एबं अनुगमन गर्ने काममा समेत उनको जिम्मेवार भूमिका रहेको थियो ।

तर झन्डै ११ बर्षदेखी अमेरिकामा रहनुभए पनि कुनै पनि संघ संस्थामा सक्रिय रुपमा आबद्ध नभएका खनाल अहिले भने आफ्नो पुरानो अनुभवलाई उपयोग गरि नेपाल र नेपालीहरुकै हितमा प्रयोग गर्न हाल हुन गईरहेको गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरिका (NRN NCC, USA) को २०१९-२०२१ कार्यकालको लागी बोर्ड अफ डिईरेक्टर पदमा प्रतिस्पर्धा गर्दैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *