२०८१ वैशाख २२ गते | 4th of May 2024

हेल्लो आईसिसी, के हुंदैछ एनआरएनए अमेरिकाको विवादित प्रतिनिधि बारेको प्रतिवेदन ?

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २४ गते १६:१०

काठमान्डौं – एनआरएनए अमेरिकाको गत निर्वाचनमा नक्कली मतदाता तयार गरी धाँधली गरिएकोबारे छानविन गर्न गठित गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको उच्चस्तरिय छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको महिनादिन कटिसक्यो । उक्त समितिका संयोजक तथा एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले दिनुभएको प्रेस बिज्ञप्ति अनुसार अन्तिम प्रतिबेदन गत फेब्रवरी २५ मा आइसीसी समक्ष बुझाइएको हो ।

सन् २०१९ मा भएको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा राम सुवेदी र डा. रुद्र अर्यालको संयोजकत्वमा क्रमश: मतदाता भेरिफिकेशन समिति र सुपरिवेक्षण समिति समेत बनेको थियो । पछि भेरिफिकेशन र सुपरिवेक्षण समितिको संयुक्त पत्रकार सम्मेलन र तत्पश्चात ति दुबै समितिले प्रमाणित र सुपरिवेक्षण गरेको सदस्य संख्या र मतदाता नामावलीमा भएको जम्मा सदस्य संख्या बिच तालमेल नदेखिएको तथ्य सार्बजनिक भएपछि नक्कली मतदाता प्रकरण मुद्दाले प्रवेश पाएको थियो ।

नभन्दै चुनावको २ दिन अघि मात्र आईसिसीद्वारा गठित आईटी टिमको बिशेष छानबिनले २०९३ संख्या बराबरका मतदाताहरु कसैले प्रमाणित नगरेको र उक्त मतदाता नामावली सदस्य सुचिकृत हुनुपर्ने सूचनाभन्दा अगावै तत्कालिन अध्यक्ष डा. केशव पौडेलले आँफैले बनाएको फेला पारेको थियो ।

प्रमाणिकरण नै नगरिएको यहि फर्जि मत कै कारण निर्वाचन नतिजा आफ्नो पोल्टामा पारेको, प्रमाणीकरण बिनै जबर्जस्ति चुनाब गराएको, नियम र प्रक्रिया पुरा नगरी एकलौटी ढंगले नतिजा आफ्नो पक्षमा पारेको भन्ने आरोप प्रत्यारोपको लामो रस्साकसी पछि एनआरएनए आइसीसीले नै हस्तक्षेप गरी उक्त बिबादित बिषयमा सत्यतथ्य छानबिन गर्न ५ सदस्यीय उच्चस्तरिय छानबिन समिति तथा ३ सदस्यीय उपसमिति गठन गरि छानबिन गर्दै आएको थियो ।

अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी संयोजक रहेको उक्त छानबिन समितिमा प्रकाश सापकोटा, कृष्ण लामिछाने, शिवहरी नेपाल र नवराज रोस्यारा सदस्य रहेका थिए भने सुरेन सापकोटा र साबित्री सापकोटाले संचार उपसमितिमा रहेर काम गरेका थिए ।

त्यसो त २०१९ को निर्वाचनका निम्ति मतदाता सदस्यता लिने अन्तिम ३ दिन अर्थात लगभग ७२ घण्टा अमेरिकाभर लगातार सर्बर डाउनको समस्याले धेरैजना सदस्य बन्न पाएनन् । सदस्यता दर्ताको जिम्मा लिएको आईटी कम्पनी समेत सोहि चुनावमा भाग लिएका डा. पोडेल निकट मानिएका अध्यक्षका प्रत्यासी सुनिल शाहकै स्वामित्वमा रहेको पुष्टि भएपछि भने चुनावलाई प्रभावित पार्ने मनशायले नै उक्त पक्षले जानाजान सर्बर डाउन गरेको आरोप लाग्यो । यसरी सर्बर डाउनका कारण हजारौं अमेरिकाबासी नेपालीहरु एनआरएन अमेरिकाको सदस्य बन्नबाट बन्चित हुन पुगे भने अर्कातिर पहिल्यै बनाईएका २०९३ संख्याका मतदाता सूचिको भेरिफिकेशन समेत कहीं कतैबाट हुन पाएन ।

अध्यक्ष पदमा निर्वाचित सुनिल साहमाथि तत्कालिन अध्यक्ष डा. पौडेलसँगको मिलेमतोमा एउटै व्यक्तिको परिचय पत्रमा तिन/चार ओटासम्म नक्कली मतदाता खडा गरेको, नक्कली नाममा नक्कली इमेल आईडी र फोन नम्बर बनाएर मत दिने व्यबस्था मिलाएको, भर्खरै नेपालबाट बिद्यार्थी भिषामा अमेरिका प्रवेश गरेका बिद्यार्थीलाई समेत कानुन र बिधान बिपरित सदस्य बनाएर आफ्नो पक्षमा मतदान गरे गराएको, आफ्नै परिवारका नाममा रहेको आईटी कम्पनीमार्फत मतदाता र सदस्यता संबन्धि संपुर्ण काम गराई निर्वाचनमा धाँधली गरेको जस्ता आरोप लाग्दै आएको छ ।

राष्ट्रिय समन्मय परिषद अमेरिकाको २०१९ को निर्वाचन अघिल्तिर अन्तराष्ट्रिय समन्मय परिषदका तत्कालिन अध्यक्ष भवन भट्ट, महासचिव डा. बद्री केसी, अमेरिकाज क्षेत्रका संयोजक गौरी जोशी, राष्ट्रिय समन्मय परिषदका तत्कालिन अध्यक्ष डा. केशव पौडेल, बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी सुनिल साह, एनआरएनए अभियन्ता तथा उक्त निर्वाचनका अध्यक्षका प्रत्यासीद्वय सुर्य लम्साल र संजय थापा समेत उपस्थित बैठकले चुनाव गराउने तर पछि पनि मतदाता नक्कली भेटिए निर्बाचन नतिजा खारेज गरि कारबाही गर्ने र यस्तो कार्य गर्ने गराउँनेले पनि कारबाही भोग्ने भनि गरिएको दुईतर्फि निर्णयको रेकर्ड अझै सुरक्षित रहेको बुझिएको छ ।

तर अन्तराष्ट्रिय परिषदले आँफैले गरेको निर्णय समेत समयमै कार्यान्वयन नगरेपछि न्यायको खोजीमा भन्दै एक पक्ष अमेरिकी अदालतसम्म पुग्यो । हाल उक्त विवादित निर्वाचनको बिषयलाई लिएर अमेरिकी अदालतमा मुद्धा समेत विचाराधीन छ ।

यस विवादले उग्ररुप लिंदै गएपछि अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुमा संस्थाप्रति नै वितृष्णा बढ्दै जानु स्वभाविक नै हो । यस घटनाले आम गैरआवाशिय नेपालीहरुको एक मात्र आधिकारिक संस्था अन्तराष्ट्रिय समन्मय परिषदलाई पनि आफ्नो गरिमा कायम राख्न यसबारे छानविन गर्न आवस्यक थियो । यसै शिलशिलामा अक्टोबर २५, २०२० मा उच्चस्तरीय छानविन समिति गठन भएको थियो ।

छानविनको काम पूरा भई प्रतिवेदन बुझाएकोबारे प्रेस विज्ञप्ति प्रकाशित गर्दै संयोजक त्रिपाठीले अमेरिकाबासी नेपालीहरुलाई जानकारी गराएका छन् । उनले विज्ञप्तिमा आफ्नो समितिले दिइएको जिम्मेबारी पूरा गरेको उल्लेख गर्दै छानविनका क्रममा सूचना उपलब्ध गराएर सहयोग गर्ने संबन्धित सबैलाई धन्यवाद दिएका छन् ।

संयोजक त्रिपाठीको बिज्ञप्ती लगत्तै अमेरिका लगायत बिभिन्न देसका गैरआवाशिय नेपालीहरुले विवादित उक्त निर्वाचन र यससँग सम्बन्धित बहुप्रतिक्षित सत्यतथ्य प्रतिवेदन तुरुन्त सार्वजनिक गरि दोषी उपर कारबाही हुनुपर्ने माग एनआरएनए आईसिसी समक्ष गरेका छन् । जसका कारण एनआरएनए आईसिसीलाई पनि आँफैले अध्ययन गरेर तयार पारेको प्रतिवेदन याथाशिघ्र सार्वजनिक गर्दै कार्यान्वयन गर्नुपर्ने दवाव र नैतिक जिम्मेवारी आईपरेको छ ।

तर अहिलेसम्म आईसीसी चुप लागेको छ, हुन त आफ्नो प्रकृयामा होला । तर जनता जान्न चाहन्छन, किन ढिला हुंदैछ । सरकारद्वारा बैधानिकताप्राप्त संस्थाको ढिलासुस्तीको चाला त अनी नाजायज नै होला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *