२०८२ वैशाख ७ गते | 20th of April 2025

एनआरएनए अमेरिका निर्वाचन घोषणा विवाद, आयुक्तको राजिनामा देखी निर्वाचन रोक्न समेत माग

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २३ गते १६:१८

अमेरिका – एनआरएनए अमेरिकाको निर्वाचन तालिका घोषणा भएपछी फेरी विवाद शुरु भएको छ । आगामी मे महिनाको २९ र ३० तारिख सम्पन्न गर्ने भनिएको निर्वाचनलाई ‘कोठरीबाट निर्देशित’ भनिंदै निर्वाचन आयुक्तको राजिनामा मागिएको बिन्दुसम्म पुगेको छ । करिब २१ हजार सदस्य संख्या रहेको भनिएको एनआरएनए अमेरिका संख्यात्मक तवरले सबैभन्दा ठुलो एनसिसी त बनेको छ । निर्वाचनताक कहिल्यै अछुतो नरहने यो संस्था फेरी विवादको भुमरीमा पसेको छ ।

सदस्यता प्रमाणीकरण समितिले सदस्यहरुको प्रमाणीकरणको कार्य सम्पादन नगर्दै निर्वाचन घोषणा गरिएको बिषयलाई एनआरएनए अमेरिकाज क्षेत्रमा सकृय आईसिसी सदस्यहरुले ‘निर्वाचन रोक्न’ केन्द्रिय अध्यक्ष कुमार पन्तसंग आग्रह गरेका छन ।

आईसिसीका सदस्यहरुद्दारा जारी वक्तव्य :

अध्यक्ष कुमार पन्त ज्यु,
गैरआवासिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय समिति ।

बिषय: तत्काल निर्वाचन प्रक्रिया रोक्न निर्देशन गर्न हुन।

अध्यक्ष ज्यु,
संघको जनवरी २३-२४ मा सम्पन्न विशेष महाधिवेशनले संघको मौजूदा विधानलाई संसोधन गरि सर्वसम्मतिले पारित गरेको छ र त्यो लागू हुने अन्तिम चरणमा रहेकै अवस्थालाई जानीबुझी तथा सो अवस्था को बारेमा महासचिव ज्यु ले मार्च २९,२०२१ का दिन आधिकारिक सर्कुलर मार्फत सचेत गराउँदा गराउँदै अटेर गरि NRNA NCC of USA ले निर्वाचन को मिति घोषणा गरेको ले हामी USA बाट प्रतिनिधित्व गर्ने ICC सदस्यहरु आश्चर्य चकित भएको छौ, हामी हाम्रो विधानलाई सर्वोपरि ठान्दै तत्काल NRNA NCC of USA को निर्वाचन तत्काल गर्नु पर्ने निम्न कार्यहरु सम्पन्न नहुँदा सम्म निर्वाचनको सम्पुर्ण प्रकृया रोक्न हार्दिक अनुरोध गर्दछौ ।

(क) निर्वाचनका लागि सर्वप्रथम मतादाता नामावली सार्वजनिक गर्नु पर्नेमा अहिले सम्म भेरीफाईकै प्रकृयामा रहेको मतदाता सूची भेरीफाई नभै सक्दा सम्म प्रकशित गर्न मिल्दैन। सुचि प्रकाशित नगरिकनै निर्वाचन आयोगले मनोमानी ढंगले निर्वाचन गराउने प्रयास गर्नुमा बिल्कुलै दुरासय देखिन्छ यस्तो हतारो किन ?

(ख) आईसिसिले लामो समय देखि अमेरिकामा सदस्यता वितरण र त्यसको पारदर्शिताको विषयमा जनमानस र अभियंताहरुले प्रश्न खडा गरेका कारण थप पारदर्शि बनाउन र बनेका सदस्यहरुलाई आईसिसिको केन्द्रीय प्रणालीमा समायोजन गर्न संघका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गठित आईसिसि पदाधिकारीहरुनै रहेको समिति घोषणा गरि सकेको परिपेक्षमा सदस्यता भेरिफिकेसन कार्य सम्पन्न नहुँदै कसरी निर्वाचन प्रक्रिया शुरु हुन्छ ? आईसीसी संग अटेर किन ? त्यसको जानकारी सम्पुर्ण एनआरएन मतदाताको थाहा पाउने अधिकारको सुनिश्चित हुन जरुरी छ कि छैन ?

(ग) एनआरएन अमेरिकाले आईसिसिको विशेष महाधिवेसनबाट पारित विधानको दफा २४(१) अनुसार राष्ट्रिय महाधिवेशन जुलाई महिनाको १ देखि ३१ तरिखसम्म सम्पन्न गर्ने भन्दै संसारभरको एनसिसिलाई दिइएको निर्देशन पालाना नगरेकोले यसरी गर्न लागिएको निर्वाचन आईसिसिबाट मान्य नहुने हुँदा हुँदै पनि के को आधारमा निर्वाचन तालिका सार्वजनिक गरिएको हो ?

(घ) अमेरिका जस्तो देशमा रहेर पनि अघिल्लो राष्ट्रीय निर्वाचन पारदर्शि नगरिएको ,प्रविधिको तथा पदको दुरुपयोग गरिएका कारण अदालतमा मुद्दा खेपिरहनु भएका प्रमुख निर्वाचन आयूक्तको नेतृत्वमा हुन लागेको निर्वाचन कसरी कानुनत मान्य हुन सक्दछ ?

त्यसैले यी माथी उल्लेखित कुराहरु स्पष्ट रुपमा निराकरण नगरिय सम्म निर्वाचन गर्ने कुरा आफैमा हास्यास्पद छ।यि कुराहरु छिटो भन्दा छिटो निराकरण गर्न र गराउन हामी जोडदार माग गर्दछौ ।

1. उमा कार्की थापा – महिला संयोजक एनारएनए अमेरिकाज 
ICC सदस्यहरु :
2. प्रमोद सिटौला
3. होम गौतम
4. डा. विष्णुमाया परियार
5. स्वराज खाती
6. यमुना भट्टराई
7. डा. हरी दाहाल
8. पुरुषोत्तम बोहरा

‘सदस्यहरुको प्रमाणिकरणको कार्य सम्पन्न नहुंदै चुनाव घोषणा गर्न आयुक्तलाई किन हतारो ?’ हिजो घोषणा गरिएको एनआरएनए अमेरिकाको निर्वाचनप्रती ईंगित गर्दै एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछानेले त निर्वाचन आयुक्तको राजिनामा मागेका छन । ‘कोठरीबाट चल्ने आयुक्तलाई फेरी भन्छु, राजिनामा नदिने नै हो ?’ लामिछानेले ‘एक्सल शीट पढेर निर्वाचनको परिणाम पढ्ने दिन गए’ भन्दै कम्तिमा जिम्मेवारीको नैतिकता निर्वाह गर्न आग्रह गर्न आयुक्तलाई लामिछानेले आग्रह गरेका छन ।

लामिछानेद्दारा जारी वक्तव्य :

आदरणीय अमेरिकाबासी नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई, ईष्टमित्र एवं आफन्तजन तथा पत्रकार मित्रहरु तपाईहरु सबैमा हार्दिक नमस्कारले अभिनन्दित गर्दछु।

बिषय:- गम्भीर ध्यानाकर्षण भएको सम्बन्धमा।

उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका फेरी हिजोकै जस्तो समस्या र झमेलाहरुको दलदलमा फस्दै छ भन्ने गम्भीर आशंका जन्मिएको छ। जुन कुनैपनि संघ संस्थाको नयॉं नेतृत्व चयनको लागी निर्वाचन तालिका प्रकाशित हुनुपुर्व त्यस संस्थाको कुल सदस्यता (मतदाता) संख्या निर्क्यौल हुनुपर्ने सामान्य सर्त हो।

अमेरिका जस्तो प्रबिधीको बिकास भएको देशमा बस्ने हामी नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका एक पटक होईन, पटक पटक उस्तैउस्तै अल्झनहरुमा फस्न चाहानु र खोज्नु नियत हो की ? नियती वा कसैको अनाबश्यक स्वार्थ ? यसको बारेमा चासो राख्दै अगाडी बढ्नु र संस्थाको प्रभावकारीतालाई बलियो बनाउन पारदर्शिता अपरिहार्य कुरा हो।

एकातिर बिधी र पद्धति संगत गठन भएको सदस्यता भेरिफिकेशन समितिबाट आजसम्म नामावली भेरिफिकेशन सम्बन्धी काम पुरा भएको छैन। अर्कोतर्फ त्यसबाट भेरिफाई भई आएको सदस्यताको बारेमा अन्तराष्ट्रीय समन्वय परिषद द्धारा गठित भेरिफिकेशन समितिले भेरिफाई गर्न बॉंकी नै छ। यी दुई महत्वपुर्ण कामहरु बॉंकी रहंदा रहदै पनि जबरजस्त दुष्नियतका साथ बिना मतदाता नामावली निर्वाचनको कार्य तालिका प्रकाशित गरेर निर्वाचन आयोगले हॉंस्यॉंस्पद काम गरेको छ। संयोग वा सत्य अस्तिताका केही मिडियाहरुमा आएको शंकास्पद समाचारलाई यस घटनाले पुष्टी गरिदिएको छ।

अमुक स्थानमा संस्थाको संरक्षक, प्रमुख निर्वाचन आयुक्त र आसन्न निर्वाचनको अध्यक्ष पदको एक प्रत्यासी साथै आफुलाई बौद्धिक ठान्ने ब्यक्तिहरु बिचको भेटघाटको परिणाम स्वरुप यस बिषयलाई अति चिन्ताको साथ हेरेको छु। निर्वाचनको मैदानमा होमिए पछि मतदाताहरुले मन पराएनन् त्यसबाट प्राप्त परिणामलाई सहज स्विकार्नु म जस्तो लोकतन्त्रबादीको निन्ति सामान्य कुरा नै हो। तर, प्रकृया पुरा नगरी हचुँवाको भरमा जबरजस्त गर्न खोजिएको निर्वाचनको कुनै औचित्य हुदैन।

यस्ता गलत मनासयबाट ग्रसित प्रबृत्तिहरुको बिरुद्ध लड्न कै लागी म यो निर्वाचनमा होमीएको हो। मेरो ध्येय कुनैपनि बाहनामा अध्यक्ष बन्नु किमार्थ होईन, संस्थालाई संस्थागत र पारदर्शिता बनाउनु मेरो पहिलो कर्तव्य हो। म मेरो कर्तव्य यो कर्तव्यका प्रति पुर्णत बफादार र अटल छु। म यथाशीघ्र बिधान र बिधिले निदृष्ट गरेको सबै प्रकृयाहरु पुरा गरिसकेपछि मात्र अगाडी बढ्न निर्वाचन आयोगलाई यसै मार्फत हार्दिक अनुरोध गर्दै राष्ट्रीय समन्वय परिषदको नेतृत्वलाई जिम्मेवार र समाजप्रति उत्तरदायी हुन आग्रह गर्न चाहान्छु। बॉंकी छिट्टै आउनेछु।

शुभ रहोस् !!!

तपाईहरुको,
कृष्ण प्रसाद लामिछाने
गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका।
आसन्न निर्वाचनको
अध्यक्ष पदको प्रत्यासी, डालस टेक्सस।

जय एनआरएन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *