२०८१ वैशाख २१ गते | 3rd of May 2024

ओली अहंकार शपथ खाँदा समेत देखियो, संवैधानिक संस्थाकै अपमान

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १ गते १०:२९

काठमाडौं  – तेस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले खाएको सपथको सन्दर्भलाई लिएर यतिबेला उनको ब्यापक आलोचना भएको छ । कति पयले ओलीले फेरि सपथ खानुपर्ने बताईरहेका छन । पदमुक्त भएको चार दिनपछि पुनः अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ खाँदाको संवाद यस्तो थियो  :

राष्ट्रपति : म
केपी ओली : म केपी शर्मा ओली
राष्ट्रपति : मुलुक र जनताप्रति पूर्ण बफादार रही
केपी ओली : मुलुक र जनताप्रति पूर्ण बफादार रही
राष्ट्रपति : सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु
केपी ओली : सत्य निष्ठापूर्वक
राष्ट्रपति : प्रतिज्ञा गर्छु
केपी ओली : त्यो (प्रतिज्ञा गर्छु) पर्दैन
राष्ट्रपति : हिहि
राष्ट्रपति : ईश्‍वर, देश र जनताको नाममा शपथ लिन्छु
केपी ओली : देश र जनताको नाममा शपथ लिन्छु कि…

राष्ट्रपतिले जे शपथ खुवाएको हो, त्यही खानुपर्नेमा ओलीले राष्ट्रपतिलाई नै ‘त्यो पर्दैन’ भनी आदेश दिए । जुन दृश्य-वाक्यांश यतिखेर सामाजिक सञ्‍जालमा ‘भाइरल’ भएको छ । यही शपथ ग्रहणलाई लिएर ओलीले राष्ट्रपति भण्डारीको सम्मानमा आघात मात्र पुगेको होइन संवैधानिक संस्थाकै अपमान भएको सर्वत्र अनुभव गरिएको छ । नेपालको संविधान, २०७२ को धारा ८० मा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुन बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ भन्‍ने उल्लेख छ ।

राज्यले शपथसम्बन्धी कानुन बनाएको छैन । संविधानले कानुनबमोजिम भनेको छ । शपथसम्बन्धी कानुन नबनाउनु पनि संविधानको पालना नगर्नु हो । संवैधानिक परिषद्सम्बन्धी पटक-पटक अध्यादेश जारी गर्ने ओली सरकारले शपथसम्बन्धी न अध्यादेश ल्यायो, न त कानुन नै तर्जुमा गर्‍यो । ओलीले तेस्रोपटक प्रधानमन्त्री हुँदा पनि कानुनबिना नै शपथ खाए ।   कानुन नभएपछि राष्ट्रपतिले जे शपथ खुवाउँछ, त्यही खाने हो । राष्ट्रपतिले उच्चारण गरेका अर्धबिराम, पूर्णबिराम कुनै पनि छुटाउन नहुने पूर्वराष्ट्रपति डा.रामवरण यादवका कानुनी सल्लाहकार ललित बस्‍नेत बताउँछन् । उपरराष्ट्रपति परमानन्द झाले २०६५ साउन ८ गते हिन्दी भाषामा शपथ खाए । राष्ट्रपति डा. यादवले नेपालीमा खुवाएको शपथलाई झाले हिन्दीमा पढे । यसविरुद्ध सर्वाेच्च अदालतमा रिट पर्‍यो । तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझीको इजलासले एक साताभित्र नेपाली भाषामा शपथ लिए मात्र पद क्रियाशील हुने फैसला गर्‍यो । त्यतिबेला झाले पाँच महिनापछि शपथ लिएका थिए । पाँच महिनासम्म उनको पद निस्क्रिय रह्यो । शपथ कतिसम्म महत्वपूर्ण हुन्छ भने संयुक्त राज्य अमेरिकाको ४४ औं राष्ट्रपतिको पदभार सम्हाल्नुअघि बाराक ओबामाले दोहोर्‍याएर लिनुपरेको थियो । २० जनवरी २००९ मा संयुक्त राज्य अमेरिकाका ४४ औं राष्ट्रपति ओबामाले आफ्नो पदको शपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *