२०८१ वैशाख १९ गते | 1st of May 2024

बिचौलियाहरुको चंगुलमा एनआरएनए अमेरिका

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १८ गते १६:२८

गोकुल ढकाल

आगामी दुई बर्षको लागि एनआरएनए अमेरिकाको नयाँं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक निर्वाचनमा ३५० भोट अन्तरले बुद्दी सुवेदी अध्यक्ष पदमा निर्वाचित भएका छन । अमेरिकामा राजनीति गर्न जन्मेका धेरै संस्थाहरु र तिनका टाउकाहरुको समर्थनका बाबजुद सम्भावित विजेता कृष्ण लामिछाने उप-बिजेता बनेका छन । सदस्यता, प्रचार र भोजमा लाखौंं डलर सिध्याएर सबैभन्दा ठुलो एनसिसीले नयाँ कार्यसमिती पाएको छ, आईसिसीमा ९ जना सदस्य समेत निर्वाचित गरेर ।

भड्किलो प्रचार :
निर्वाचन प्रचार गर्न पुगिने शहर, त्यस शहरमा अवस्थित सबैभन्दा महंगो नेपाली रेस्टुरेन्ट, महंगा दारु सहितको भोज, होटेलका बिसौं कोठाहरु बुकिङं, यातायात खर्च, ब्रेक्फास्ट, लन्च र अन्य खर्चको भारसहित यसको प्रचार भयो । प्रयास: यस्तो खर्च भारको महंगी प्रत्यक्ष देखेका मध्यधारका एनआरएनए कार्यकर्ताहरुलाई जन्मभुमीमा फैलिएको कोरोना महामारी र अक्सिजन अभावले बढी पोल्यो । त्यसैले छानिएर मान्छेहरु निर्वाचित भए ।

एनआरएनए अमेरिकाको निर्वाचन प्रचारमा असम्भव नारा, सिंगापुरै बनाईदिने सपना र सामुदायिक केन्द्र बनाइदिने खालका भड्किली एजेन्डाहरु मान्छेहरुले पत्याएनन । त्यसको बिपरित खाडीमा पसिना बगाउने नेपालीहरुले कोरिना महामारीमा अक्सिजन नपाएर प्रताडित जन्मभुमीलाई ६०० सिलिन्डर दिए, यता धनी नेपालीहरु बस्ने अमेरिकाले उठाएको रकम र गोफन्ड पठाउन ‘जस कसले लिने’ भन्ने विवादमा रुमल्लियो । लाग्दछ, कोभिड महामारीमा हजारौं नेपालीले ज्यान गुमाईसक्दा अमेरिकाबाट भने सहयोग नेपाल पुगेको छैन ।

हाईकमान्डहरुको अदुरदर्शिता :
एनआरएनए अमेरिकाको यसपालीको निर्वाचनमा सबैलाई थाहा छ, अध्यक्ष पदका प्रत्यासीहरु डा. अर्जुन बन्जाडेलाई एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, नेजस अध्यक्ष आनन्द बिष्टको प्रत्यक्ष सहयोग र समर्थन थियो । नव-निर्वाचित अध्यक्ष बुद्धी सुवेदीलाई एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. केशव पौडेलको संरकक्षत्व थियो भने संरक्षण सहयोगीमा ‘कोठे राजनिती’को ट्याग पाएका डा. यादब पन्डित, नेजस महासचिव मुनिन्द्र नेम्वाङ्ग, संगठन विभाग प्रमुख बेद खरेल, नेजस फुटाउने नेता धनन्जयनरसिंह केसी लगायतकाको समर्थन थियो । अर्का प्रत्यासी कृष्ण लामिछानेलाई एनआरएनए सचिव गौरीराज जोशी, सल्लाहकार हरिबोल भन्डारी, नेजस नेताहरु बिष्णु सुवेदी, प्रमोद सिटौला, हेमराज भट्टहरुको समर्थन थियो भने अर्का उमेद्वार तिलक केसीलाई सिन्डिकेटको नाराले झक्झकाएको थियो ।

तर, अध्यक्ष पदका प्रत्यासीहरुलाई समर्थन गरे पनि सामाजिक संजालमा कसैले मेरो उमेद्वार भन्ने आंट गरेनन । ‘युद्धको लागि रणमैदानमा जांदा बन्दुक बोक्न’ डराए, हाईकमान्डहरु । ताल परेको ठाउंमा आसन ग्रहण र शुभकामना भाषण बाहेक मेरो उम्मेद्वार फलानो भनेर कसैले किट्ने साहस गरेनन । खुलेआम कृष्ण लामिछानेको प्रचार गर्ने नेजस नेता प्रमोद सिटौला र कोठाबाट डा. पन्डितले बुद्धी सुवेदीलाई उनको राज्यमा स्वागत गर्न लेखेको स्टाटस बाहेक आफुलाई अमेरिकी नेपाली समाजको हिमायाती सम्झने र तिनका दवदवा चल्ने सोच्नेहरुले खुलेर ईन्डोर्स्मेन्ट गरेनन ।

यसपालीको चुनावका हाईकमान्ड पासाङ्ग लामा :
एनएसटीको निर्वाचनदेखी रिसाएका पासाङ्ग लामाले सुमन थापालाई अध्यक्ष बनाएर सबैलाई आफ्नो तागत देखाइदिएको धेरै बर्ष भयो । यूएनए भन्ने संस्थाको पोहोरको कार्यक्रम र यस्तो पेन्डामिकमा पनि त्यसै संस्थाको अर्को सम्मेलन एक्लै गरेर देखाईदिए, पासाङ्गले । मिडियामा नदेखिने तर आफ्नो सबै संयन्त्र परिचालन गर्ने पासाङको तागत अहिले देखे अमेरिकाका नेपाली हाईकमान्डहरुले, जब अर्जुन बन्जाडेको समुहमा नपरेर बुद्धी सुवेदीको समुहबाट पपुलर मत ल्याएर तिनै सुमन थापा उपाध्यक्ष पदमा निर्वाचित भए ।

न्यूयोर्कमा ‘काम गरेको’ नेता रामहरी अधिकारीको नाम गुप्त लिस्टबाट हटाईयो । जनजातीको बाहुल्य रहेको न्यूयोर्कमा गतसालको युएनए सम्मेलनदेखी नै पासाङले एनआरएनए अमेरिकामा आफ्नो प्रभाव देखाउन खेल्नुपर्ने भूमिकाको अध्ययन गरिसकेका थिए । चुनावी प्रचारमा न्यूयोर्क पुगेका सबै उमेद्वारहरुलाई तालीले ‘जोजोलप्पा’ गरेपनि त्यहां पासाङ्गको प्रभाव छिरिसकेको थियो । त्यसैले राजनीति गर्न चतुर बेद खरेलको सहयोगमा उनले चुनावी परिणाम सुवेदीको पोल्टामा पारिदिए । जुन कुरा अन्य प्रत्यासीका हाईकमान्डहरुलाई कमै थाहा छ ।

हेर्दै जानुहोला कम बोल्ने, सधैं मुस्कुराउने सुमन थापा एनआरएनए अमेरिकाको अब दुई बर्षपछी हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी हुन । राजनीति राम्ररी बुझेका, छापामार शैलीमा आफ्नो प्रभुत्व देखाउन जानेका पासागंको सपना त्यतिबेला पुरा हुनेछ, जुन दिन सुमन थापा एनआरएनए अमेरिकाको अध्यक्ष हुनेछन ।

पासाङ्ग शक्तीको भेउ पाएका बुद्धी सुवेदीलाई समर्थन गर्ने समुहका नेताले उनलाई हात लिए । बजारमा अरु हाईकमान्डहरु प्यालामा मस्त । उता सुवेदीका हाईकमान्डहरु चुनावी जोड्घटाऊमा ब्यस्त । अरु समुहका हाईकमान्डहरु सुतेर बसे । सुवेदीका हाईकमान्डहरु चुनावको दुई दिन पनि नसुती न्यूयोर्क र डालस उडेर पुगे । सफलता त्यसै हात लाग्दैन, हाईकमान्डज्यूहरु हो, सिक्नुहोस् ।

बिचौलियाहरुको बिगबिगी :

सबैलाई थाहा छ, एनआरएनए अमेरिकाको निर्वाचनपुर्व सदस्यताको लागि पैसा खर्च गरिन्छ । यसपाली पनि त्यो रोग हटेन । चुनाव त बुद्धी सुवेदीले जिते । कसरी जिते, त्यो अर्को कुरा हो । अरुले खोजुन । तर उनी विजेता हुन । डा. केशब पौडेलको विश्वासपात्रहरुलाई निर्वाचन लाईभ गर्न विश्वास गरियो । न्यूयोर्कमा अरुपनी संचारकर्मी थिए होलान । निर्वाचन आयोगले के पढ्यो, अरु जानुन । भलै, निर्वाचन आयोगले परिणाम सार्वजानिक गर्न गरेको यो प्रयास सराहनीय थियो ।

त्यसो त, यसपाली बुद्धी सुवेदीको पक्षमा सदस्य बनाउनेहरु बिचलित भएनन । न्यूयोर्कमा प्रविन केसीलाई धोका बाहेक सुवेदी समुहमा सदस्यताको लागि अन्तर्घात भएन । सुवेदी पक्षका सदस्यहरुले कम्युनिस्टजस्तो पार्टीप्रती वफादार भएर मतदान गरे । पार्टीलाई धोका दिएनन । यो कुरा सुवेदी पक्षबाट निर्वाचित पदाधिकारीरुले ल्याएको नतिजा अंकबाट प्रष्ट हुन्छ । उनीहरुले सुवेदीलाई धोका दिएनन ।

अरु समुहमा बिचौलियाहरु बढी हावी भए । सुवेदी पक्षको पैसा पनि लिए, लामिछाने र बन्जाडे पक्षको पैसा पनि लिए । निष्ठाका कारण सुवेदी पक्षका कतै लागेनन । तर लामिछाने र बन्जाडेबाट सदस्य बनाउन पैसा लिएकाहरुले सदस्य बनाउन सकेनन । किनकी धेरै ठाउंमा मान्छेहरु सदस्यता परिचालनका लागि सुवेदी अमेरिकाभर चाहर्दा नै सदस्य बनिसकेका थिए । लामिछाने र बन्जाडेका हाईकमान्डहरुले बिचौलियाका कुरा पत्याए । सुवेदीले बनाईसकेका सदस्यहरुका हिसाब गरेनन । अन्तमा, बिचौलियाहरुले सदस्य बनाउन सकेनन, पैसा मात्र पचाए ।

हाईकमान्डहरु बिचौलियाले नबनाएको तर ‘यती भयो’ भन्ने कुरा पत्याए । निर्वाचनमा सुवेदीको बिजय भयो । अरुहरुलाई ज्वरो आईरहेको होला ।

अस्तु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *