अफगानिस्तानमा तालिबानको धमाका, चाडै सत्ता हातमा लिदै
खुल्लामन्च
प्रकाशित: २०७८ साउन ३१ गते १४:१९
काठमाडौं – अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गरेको विवरणहरू प्राप्त हुन थालेका छन्। समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिरेका हुन्।
तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ। उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्। बीबीसीकी याल्दा हकिमका अनुसार काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले खासै ठूलो प्रतिरोध खेप्नुपरेको छैन। अफगान राष्ट्रपति अशरफ गनीले अमेरिकी दूत जाल्माइ खलिलजाद र नेटोका उच्च अधिकारीहरूसँग आपत्कालीन वार्ता गरेको विवरणहरू आएका छन्।
तालिबान लडाकुहरू राजधानी काबुलमा प्रवेशद्वारहरूमा पुगेको विवरण आएकै बेला बैठक भइरहेको हो। तालिबानले आक्रमण तीव्र पारेयता शनिवार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति गनीले मुलुक “गम्भीर खतरामा” रहेको बताएका थिए। तीव्र रूपमा सरकारी फौजहरूको विफलतासँगै राजीनामाका लागि राष्ट्रपतिमाथि दबाव बढ्दो छ। तर एक अफगान सांसद फर्जाना कोचाईले बीबीसीलाई मानिसहरू राजधानीबाट भाग्न कति आतुर छन् भनेर बताएकी छन्।
“मलाई थाहा छैन, उनीहरू कहीँ पनि जान सक्दैनन्। कुनै ठाउँ बाँकी छैन। विमानहरू भरिएका हुनसक्छन् अनि आज काबुलबाहिर – जस्तै भारत वा अन्य छिमेकी मुलुक जाने – उडान पनि। मैले त्यता जान लागेका साथीहरूसँग सोधेकी थिएँ।” “उनीहरूका अनुसार विमान भरिएका र आफूहरू अड्किएका छन्,” उनले भनिन्। कार्यवाहक आन्तरिक मामिलामन्त्रीले बताएअनुसार सङ्क्रमणकालीन सरकारलाई “शान्तिपूर्ण सत्ता हस्तान्तरण” गरिनेछ। स्थानीय तोलो टेलिभिजनले प्रसारण गरेको एउटा भिडिओमा उनले त्यस्तो बताएका हुन्।
समाचार संस्था एपीले एक अफगान अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार सत्ता सम्हाल्ने तयारीका लागि तालिबान वार्ताकारहरू राष्ट्रपति कार्यालयतर्फ लागेका छन्। यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो। आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा ट्विटरमा लेखेको छः “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।”
अफगान युद्धको पृष्ठभूमि के हो?
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्यो।
तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्यो। त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो। यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो।
अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य गर्यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो। त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्न खोजेको थियो। आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू फेरि कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरे। तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो। तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो।
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो। अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।
साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ। पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।
तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो। तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।
टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो। सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो। राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो। सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो। सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो। तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ। तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए। दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।
(बीबीसी)
10 thoughts on “अफगानिस्तानमा तालिबानको धमाका, चाडै सत्ता हातमा लिदै”
lasuna pills – purchase lasuna for sale himcolin cheap
order besifloxacin without prescription – purchase carbocysteine without prescription cheap sildamax generic
probenecid us – purchase tegretol online cheap buy carbamazepine without a prescription
purchase gabapentin online – buy azulfidine pills sulfasalazine 500 mg for sale
purchase colospa pills – purchase cilostazol buy cilostazol 100 mg online cheap
celecoxib 100mg over the counter – buy celebrex without prescription buy indocin 50mg online cheap
rumalaya without prescription – purchase shallaki pills buy amitriptyline 50mg for sale
buy diclofenac 50mg pill – buy cambia generic aspirin 75mg drug
buy pyridostigmine 60mg generic – sumatriptan us imuran 50mg generic
cheap diclofenac generic – buy isosorbide 20mg for sale purchase nimodipine generic