काठमाडौं – गैंडालाई उत्तानो झुन्ड्याएर जनावरहरूमा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानलाई यो वर्षको आईजी नोबेल पुरस्कार प्रदान गरिएको छ। फुटपाथमा टाँसिएका चुइगममा पाइने जीवाणु तथा पनडुब्बीमा साङ्ला नियन्त्रणका लागि अनुसन्धान गर्ने टोलीहरूले पनि यो पुरस्कार हात पारेका छन्। तर “नक्कली नोबल” वा “व्याङ्ग्यात्मक नोबेल” पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो चाहिँ छैन।
बाह्रवटा गैँडालाई उत्तानो पारेर १० मिनेटसम्म झुन्डाउनुजस्तो मूर्खतापूर्ण काम अरू के हुन सक्ला? तर कोर्नल यूनिभर्सिटीका वन्यजन्तु चिकित्सक रोबिन र्याडक्लिफ र उनका साथीहरूले नामिबियामा ठ्याक्कै त्यही गरे। उनीहरू खुट्टामा बाँधेर हेलिकप्टरमा उल्टो झुन्डाउँदा जनावरहरूको स्वास्थ्यमा कुनै असर पर्छ कि पर्दैन भन्ने जान्न चाहन्थे। अफ्रिकामा वासस्थानान्तरणका लागि यसरी वन्यजीवलाई ओसार्ने क्रम निकै बढिरहेको छ।
“तर कसैले पनि अचेत पारिएको जनावरलाई उत्तानो झुन्डाएर उडाउँदा उनीहरूको मुटु र फोक्सोलाई अप्ठ्यारो पर्छ कि पर्दैन भनेर कसैले पनि आधारभूत अनुसन्धान गरेको थिएन,” रोबिन भन्छन्। “नामिबिया मात्रै यस्तो देश हो जसले यस्तो कार्य रोकेर सुरक्षित छ वा छैन पत्ता लगाउन अघि सर्यो,” उनले बीबीसीसँग भने। हार्भर्ड यूनिभर्सिटीमा हुँदै आएको यो पुरस्कार वितरण कार्यक्रम कोरोनाभाइरससम्बन्धी प्रतिबन्धका कारण यो वर्ष भौतिक उपस्थितिमा हुन सकेन।
बीबीसी