– गोकुल ढकाल
नेपालबाट अमेरिका नातिनीको न्वारान गर्न नेताहरु आएका अवसर पारेर प्रभु भजाउन जूम मार्फत भेटिने नयाँं चलन आएको छ । कोरोनाले जन्माएको जूमले छोरीले भुंडी बोक्दा, ज्वाँईंको ग्र्याजुवेशन हुंदा वा छोराको सफलताको गर्वको टोपी लगाउन धेरै ‘नेता’ हरु अमेरिका आउने गरेका भ्रमणमा समाजवादको नारा लगाएर लेक्चर दिने प्रचलन छ । गत हप्ता त्यस्तै भयो । के कामले आएका थाहा भएन, तर अमेरिका आएका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसंग भेट्ने निम्ता आयो, जूम मार्फत । समय प्रयाप्त भएर पनि गईएन, थाहा थियो कार्यक्रमको उपदेयिता । क्रान्तिकारी नेता आउंदा स्वागत गर्नु कंग्रेसीको धर्म हो, तर कुरा उठ्यो अर्कै !
स्वागत पछि तागत देखाउंने प्रसंग :
सधैंं राजनीतिले गांजेको अमेरिकी नेपाली समाजमा त्यो रोग कहाँं छुट्थ्यो र ? नेजामा अपमान सहेकाहरु, आफ्नानुकुल राजनीति लाद्न असफल भएकाहरु, अमेरिकी नेपाली समाजमा वैभव गुमाएकाहरुलाई फेरी उदाउने सपना जागरण हुंदा कुरा उठ्यो, प्रेस युनियन अमेरिका शाखा खोल्ने । सबैलाई ज्ञात छ, प्रेस युनियन नेपाली कांग्रेसको भाई संगठन हो । अत: नेपाली कांग्रेस समर्थक पत्रकारहरुलाई आमन्त्रण गरिएको स्वागत भेलामा कांग्रेसी संगठन विस्तार गर्ने विस्तारवाद नराम्रो नहोला । तर, प्रेस युनियन अमेरिका गठन भन्दा पनि कुरा सिर्फ राजनीतिको छ ।
मर्ने ठेगान नभएपनि मान्छे बाचुन्जेल आफ्नो प्रभुत्व देखाउंन लागिपरेको हुन्छ । अथवा, भोली मर्ने मिती भएपनि त्यो खुराफातीले परिवार बिर्सन्छ तर प्रेस युनियनमा यो यो मान्छे राख है, म त मर्ने भईसकें भन्छ । यो कांग्रेसीको क्यान्सर हो । भलै, डा. मिनेन्द्रले स्वागतको ताली त खाए, उपस्थित १५२० जनाको । अझ प्रेस काउसिल अमेरिका खोल्ने प्रसंग उठेपछी उनी पनि मख्क भए, वा मेरो उपस्थितिमा यो ऐतिहासिक निर्णय भयो, नेपालमा हो र, हाहा – अमेरिकामा ।
बुद्धी भएर पनि जसले अन्तर्वार्तामा बोलाए पनि जाने बुध्धुक हुन, डा. रिजाल । हरेक युटुबेको सजिला खजना हुन, डा. रिजाल ।
नेजामा बिग्रेको राजनीति :
नेजामा तत्कालित अवस्थामा लस एन्जलसमा आयोजित अधिवेशनबाट भोला आचार्य अध्यक्ष निर्वाचित भएपछी केही कांग्रेसीहरु समाप्त मात्र होइन, उसको नेजामा उसको वंशज नै नाश भएको थियो । यो पंक्तिवालले भन्देको हो, ‘दाई तिमीलाई त सिद्दाए, तर दु:खद तिम्रो वंशज नै नाश गरें मैले, माफी चाहन्छु ।’ घातको श्रापले पिरोलिएका ती नेता लस एन्जलसको अधिवेशन पछि केवल कृपामा नेता मानिएका छन । कुनै भाउ-भ्यालु छैन, बिचरा तिनको ।
ओके, भोला आचार्य नेजा अध्यक्ष भएपछी तिनै नेताले चाहेको पात्र निर्वाचित हुने कुरै भएन । भोलाले नसम्झेलान, नेजाको अध्यक्ष हुनु चानचुने छैन । त्यो बेला कलिलै उमेरमा नेजाको अध्यक्ष निर्वाचित हुने सौभाग्य पाउनुमा सबैभन्दा ठुलो हात कृष्ण के. सी., निदेश अधिकारी र शम्भु दुवाडीको ठुलो हात छ । त्यसलाई पनि संयोग मानुम वा पुर्व अध्यक्ष आचार्यजीको भाग्य ।
तर उनी निर्वचित हुन, शक्तिशाली अधिवेशनबाट निर्वाचित शक्तिशाली सभापती ।
यसै ठाउंबाट पनि कोही सभापति भए, तर जिम्मेवारीबाट हटेर अरुलाई आरोप थुपार्दै आफु वनवासमा होला, शायद । समाजमा ढुंगो नउठाउने, माइक खोज्ने, पाए गर्जिने । कुनी पहिला कहां-कहांको के रे उनी ।
जब भोला आचार्य अध्यक्ष भए, वंश नाश हुने पात्रले चाहेको पुरा भएन ।
एउटा समुह बाहिर भयो ।
निर्वाचको परिणाम त मान्न पर्यो ,
तर,
मानेको जस्तो गर्यो तर मानेन ।
भोलाको कार्यकालभर त्यो समुह आउट रह्यो, नेजामा ।
बरु पत्रकार महासंघ, अमेरिका खोल्ने तयारीमा लाग्यो ।
जब विपुल पोखरेल अमेरिका प्रवेश गरे :
गोबिन्द आचार्य सियाटल आए, कहानी लामो छ ।
त्यसपछिको कहानी फेरी लेखुम्ला,
लेख लामो भयो ।
तर, जव बिपुल पोखरेल नेजाको अधिवेशनमा हाम्रै पैसाले अमेरिका आए । कहानी बदलियो । पत्रकार महासंघको सम्मानित सभापति अमेरिका आउंदा त्यसै संस्थाको अध्यक्षको घरको भान्छमा भात खानु, ब्याक्यार्डमा पोलेको कुखुराको साप्रा लुछ्नु, ब्लु लेबल तान्नु अस्वभाविक होईन ।
भर्जिनियामा भएको नेजाको अधिवेशनमा मलाई मेरा अत्यन्त हितैषीले (बिपुलकै थारा मिल्ने उनकै आफन्तीले) भनेका थिए, मेरा दाई हुन । विचार, सम्बन्ध र राजनीतिले तपाईंंलाई सहयोग गर्छन ।
हाहा, म हांरे, म कांग्रेसी ।
बिष्णुहरी घिमिरे सेमेफाईनलमा हारे, उनी कांग्रेसी ।
बिचमा को पो आए, बिष्णुहरीजीको समुहबाट ।
चुनाव भयो, कांग्रेसी र बिपुलले दारु खाएका घरको समुहबाट ।
चुनाव कांग्रेसीली हार्यो ।
दोस्रो भयो ।
प्रसंग,
एकचोटी बिपुल पोखरेलले मलाई, बिष्णुहरीलाई भेटेनन भन्ने होईन । गोबिन्द आचार्य सियाटल आउंदा गरेको ब्यालेन्स, आज नेजामा त्यो भेलामा जानेलाई थाहा छ, कती सम्मानित थियो । उनकै अगाडि तत्कालिन कांग्रेसी समर्थक तर वनवास बसेकालाई निर्वाचित गरिएको थियो । माने त, गोबिन्दले, जो प्रचन्डको सल्लहकार हुन ।
तर जव बिपुल अमेरिका छिरे, तिनले नेजा बिगारे । तिनी पैसा, पहुंच र ‘……’ को पछाडी लागे ।
कसले फोन जोडेको थियो, मैले त भन्देको तिमी दारुमा बिक्ने मुला मेरू नेता होईन ।
आज हेर्नु, नेपाल पत्रकार महासंघको हालत ।
सक्षमको हातमा परे पो, असक्षमता पर हुन्छ ।
स्वार्थीको वरिपरी असफलको बाढी हुन्छ ।
बिपुल पोखरेल अमेरिका आएपछी डालसकै ब्याक्यार्डमा रमाए, हाम्राइ पैसाले भर्जिनिया उडे । उनको पार्टीको म र बिष्णुहरीले त वास्ता गरेनम भने तिनी जे गरेपनी हामीलाई बालै फरर ।
आज नेपालमा बसेरा नेजाको लागि के गरेका छन, सबैले देखेका छन ।
पत्रकार महासंघ गठनको अभ्यास :
भोला आचार्य निर्वाचित भएपछी नै उठेको हो, असन्तुष्ट समुहद्वारा पत्रकार महासंघ , अमेरिका शाखा खोल्ने तयारी । राजिनितीमा बांच्न त पर्यो । केही त गर्नै पर्यो । त्यो सफल भएन । त्यही लड्डुले अमेरिका आएर बिपुलले रमाईलो गरे तर महासंघ अमेरिका बनेन । बिपुलले चन्द्रागिरी लगे, ईलामको चिया बगान लगे र गोरखनाथ पनि दर्शन गराए । तर, न केवलकारको हावाले छोयो, न चिया मिठो भन्यो र न बाबाले बिन्ती सुने ।
अहिले, सुरज भन्डारी नेजाको अध्यक्ष छन । कोही चाहन्थे तेस्रो राष्ट्रपती बनुम । भारदारहरु धेरै खडा गरिए तर सफल नभएपछी डा. रिजालसंगको कार्यक्रमले जन्माएको प्रेस काउन्सिल गठनको प्रसंगसंगै उता बिपुलसंगको बैठकले पनि जन्माएको होला, प्तर्कार महासंघ, अमेरिकाको गठनको तयारी ।
यसविच बिपुलका महासचिव रोशन पुरी पनि अमेरिका आए ।
उनको चाहना, राजनीति र स्वार्थपनी अर्कै लेखमा लेखुम्ला ।
उनका चाहनाका पात्र,
माओवाद,
पत्रकारिता,
नेजासंगको सम्बन्धको बारेमा ।
यही लेखले तिन चारवटा अरु लेख जन्माउने भो ।
दु:खद या
सुखद !
जांदाजांदै :
किन चाहियो, अमेरिकामा अर्को पत्रकारहरुको संगठन ?
यो राजनीति गर्ने बहाना हो । नेपाली जनसंपर्क समिति, अमेरिकाको अधिवेशन नभएको आज १२ बर्ष भयो । खोलो फर्कने यो अवधीमा जसले बांध हाले, तिनैलाई चाहिएको छ, राजनिती ।
सुरज भन्डारीले नमस्कार गर्न नभ्याएकाहरुलाई चाहिएको छ, प्रेस काउन्सिल ।
सुरज भन्डारीलाई महसचिव मान्न्ने तर आफ्नै राज्यमा नेता मान्न नमान्नेहरुलाई चाहिएको छ, पत्रकार महासंघ ।
पराजित पत्रकारिता गरेर अर्काको समर ट्रिप गर्ने तथाकथित वरिष्ठेहरुलाई चाहिएको छ, अर्को राजनैतीक मैदान ।
म आँफैं नेजाको सकृय सदस्य पनि छैन । यस्ता खुराफातीहरुको मुख हेर्न गईएन । तर जो जो हिजो नेजामा आफु हुंदा सही नहुंदा भोलालाई जस्तो लात हान्ने समुहले बनाएको प्रेस काउन्सिल, पत्रकार महासंघ, प्रेस सेन्टर वा मधेसी पत्रकार समाज ! यी सबै वाहियात हुन ।
नेजामा कांग्रेसी हराउन भुमुका खेल्नेलाई प्रेस काउन्सिल चाहियो ?
नेजामा बिपुल पोखरेल पाल्नेलाई पत्रकार महासंघ चाहियो ?
नेजामा रोशन पुरीको चाहना पुरा गर्नलाई प्रेस सेन्टर चाहियो ?
साथी हो, यो समाज त्यती अबुझ छैन । जती तिमीहरु ठान्दछौ ।
तिमीहरुका संगठन त बन्लान,
अन्तमा,
सबले थुक्नेछन ।
आफुले जन्माएको नेजा सुधार्न नसक्नेले,
युनियन,
काउन्सिल,
महासंघ र
सेन्टर थेग्ला ?
शुभकामना छ ।
क्रमश : …