लस एन्जलस – ‘हाम्रो संस्क्रिती, हाम्रो गौरव, हाम्रो परिचय’ को संस्क्रिती र एकताको सुचना सहित नेवा: अर्गनाईजेशन, लस एन्जलसको आयोजनामा लस एन्जलसमा म्ह: पूजाको आयोजना हुंदैछ । नेपाल सम्वत ११४५ को सु-अवसर र दिपावलीको संगममा नेवा: अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्निया च्याप्टरले सांस्कृतिक कार्यक्रमको लस एन्जलस अभियानलाई यस पटक पनि निरन्तरता दिएको छ ।
जन्मभुमी नेपाल दर्शाउने नेपाली र बिशेषत : नेवारी परम्परा, संस्क्रिती र रितिरिवाजलाई ग्रेटर लस एन्जलसमा निरन्तर आफ्नै बलिबुतामा कार्यक्रम आयोजना गर्दै आईरहेको नेवा: समाज, लस एन्जलस एउटा अब्बल र परिपक्व संस्थाको रुपमा परिचित छ । संस्थामा हुने राजनिती र परदेशमा पनि पदका लागि हुने खिचातानीको खुराफातबाट टाढा रहेको यो संस्थाको कार्यक्रम लस एन्जलसमा ‘भिन्नै र भब्य हुने’ नजीरहरु छन । युवा पुषताले ओगटेको वर्तमान कार्यसमिती नयाँं जोशले अघी बढेको संस्थाका महासचिव बिबेक श्रेष्ठ बताउंछन ।
आगामी नोभेम्बर महिनाको २ तारिख शनिवार आयोजना हुने म्ह:पूजाको शुरुवात ५:०० बजे बेलुकी हुनेछ । पहिलो शत्रको पूजा ५:३० देखी ७:०० बजेसम्म, दोस्रो शत्रको पूजा ७:३० देखी ९:०० बजेसम्म र तेस्रो शत्रको पूजा ९:३० देखी १०:३० सम्म हुनेछ । नेवारी संस्कृतिको यो सुनौलो पर्वमा हालसम्म ३०० जना भन्दा बढी व्यक्ती तथा परिवारले बुकिङ्ग गरिसकेको संस्थाले जनाएको छ । हुन पनि, शानदार आयोजना हुने यो मौलिक पूजामा आयोजकले अपेक्षा गरेका भन्दा बढी मानिसहरु सहभागे हुने गर्दछन ।
सामाजिक एकता र नेपाली परम्पराको अर्को खुड्किलो यसपालिको म्ह: पूजाको तयारी पुरा भएको र अंुल्य उपस्थितीका लागि संस्थाका नव-निर्वाचित अध्यक्ष कन्हैया श्रेष्ठले अनुरोध गरेका छन ।
म्ह: पूजा :
म्ह: पूजा नेपालमा विशेष रूपले नेपाल सम्वत (नेवाः नयाँ वर्ष) को अवसरमा मनाइने एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पूजा हो। यो पूजा विशेष गरी काठमाडौँ उपत्यकाका नेवार समुदायले मनाउँछन्। म्ह:पूजाले आत्म-शुद्धि, आत्मसम्मान, र व्यक्तिगत जीवनको सन्तुलनलाई प्रतिविम्बित गर्छ। यो पूजा सामूहिक रूपमा परिवारका सदस्यहरूले व्यक्तिगत रूपमा गरिन्छ।
महापूजामा निम्न तत्वहरू समावेश हुन्छन्:
मण्डल स्थापना: पूजा सुरु गर्नु अघि प्रत्येक व्यक्तिका लागि मण्डल तयार गरिन्छ, जसलाई उनीहरूको शरीर र आत्माको प्रतीकको रूपमा लिइन्छ। मण्डल रंगीन पाउडर (अबीर), फूल, धान र अन्य सामग्रीहरू प्रयोग गरेर बनाइन्छ।
पूजा सामग्री: फूल, तेल, बत्ती, धुप, चन्दन, र चामलको प्रयोग गरी देवताहरूको आह्वान गरिन्छ। पूजा गर्दा शरीरका विभिन्न अङ्गहरूमा पूजा सामग्रीहरू छर्किन्छन्, जसले आत्मशुद्धिको संकेत दिन्छ।
वेदमन्त्र र गीत: विशेष मन्त्रोच्चारण र गीतहरूमार्फत पूजा सम्पन्न गरिन्छ। यसले पारिवारिक सुदृढीकरण र सामूहिक समर्पणको महत्त्वलाई उजागर गर्छ।
दीपावलीसंग सम्बन्ध: महापूजा नेवारहरूको तिहार महोत्सवसँग सम्बन्धित छ, र यो पूजा दोस्रो दिनको रूपमा मनाइन्छ। यस दिन आत्मशुद्धि र आत्म-पूजाको महत्त्वको वर्णन गरिएको छ।
महापूजा मानिसहरूलाई व्यक्तिगत जीवनमा शान्ति, समृद्धि, र आत्म-समर्पणको महत्त्व बुझाउने एक आध्यात्मिक प्रक्रिया हो।