क्यालिफोर्निया, लसएन्जलसमा बसोवास गर्दै आईरहेका तामाङ समुदायले आफ्नो मुख्य पर्व नयाँ बर्ष ‘सोनाम ल्होछार’ भब्यरुपमा मनाउने तयारीमा जुटेका छन् ।

उनीहरूले ल्होछारकै अवसरमा शुभ कामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी सांस्कृतिक कोओर्डिनेटर भीमसेन लामाले जानकारी गराउनु भएको छ ।
“सबै जातजाती भाषा संस्कृतिको जगेर्ना गरौ ,परम्परागत कला सस्कृतिको सम्बर्दन गरौ “भन्ने मुख्य उदेश्यका साथ तामाङ समुदायको नयाँ वर्ष (चरा वर्ग) “ज्या ल्हो’ को अवसरमा यस कार्यक्रममा समस्त संसारभरि छरिएर रहनुभएका सम्पुर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र उन्नति-प्रगतिको शुभकामना आदानप्रदान गरिने तथा यस सोसाईटी आफ्नो कला, संस्कृति र भाषा संरक्षण तथा सम्वर्दन गर्ने उध्येश्यका साथ एकजुट भएको तर समाजमा कुनै विखण्डन, जातीय बिभाजनको निम्ति हैन भन्दै सोसाईटीका अध्यक्ष टेक लामाले एकता भित्रको छुट्टै भाषा, पहिचान र संस्कृतिको विकास गर्न गठन भएको हुँदा सबैको सकारात्मक सहयोग र साझा तथा फराकिलो बुझाईहोस् भन्ने आशा व्यक्त गर्नुहुन्छ ।
यस संस्थाले सदैव साझा,निष्पक्ष, एकता र सहकार्यका साथ हातेमालो गर्दै अगाडी बढ्ने र कार्यक्रम आगामी फेब्रुअरी २७ तारिख सोमबार बेलुकी लसएन्जल्स शहरको आर्टेशिया स्थित तारा हिमालयन कुजिनमा भव्यताकासाथ हुन गईरहेकोले सम्पुर्ण लसएन्जलसवासी नेपाली समुदायलाई यसै सुचना मार्फ़त निमन्त्रणा गरिएको जानकारी सोसाईटीका महासचिव डोल्मा लामाले जनाउनुभएको छ ।

SHARE