२०८१ वैशाख २० गते | 2nd of May 2024

नेपाल आईडल रवी ओडको सांगितिक प्रस्तुती लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०८१ वैशाख ७ गते १५:४४

लस एन्जलस – सुदुर पश्चिम नेपाली समाज लस एन्जलसको आयोजनामा नेपाल आईडल रवी ओडसंगको सांगितिक प्रस्तुती हुन गईरहेको छ । सादगी गायकले चिनिने ओडलाई उनको सरलतालाई सम्मान गर्दै नेपालीहरुले नेपाल आईडलको ताज पहिर्याईदिएका थिए । अहिले पारिवारमा ‘अनावश्यक झन्झटको विचलन’मा रहेर पनि दर्शकको माया लिन यी चर्चित गायक विश्वभर आफ्न प्रस्तुती दिंदै हिडिरहेका छन ।

आगामी आईतवार २१ तारिख आयोजना हुने नेपाली नयाँं बर्ष शुभकामना तथा सांगितीक सांझ्मा लोक गायक कृष्ण देवकोटाले पनि आफ्नो प्रस्तुती दिनेछन ।