२०८१ वैशाख २२ गते | 4th of May 2024

गगन थापा अमेरिकामा, नेजसको अधिवेशनको कुरा होला ?

खुल्लामन्च
 प्रकाशित: २०८१ वैशाख ८ गते १६:३१

लस एन्जलस – नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका भ्रमणमा छन । नेजस अमेरिका क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको कार्यक्रमलाई उनले भोली सम्बोधन गर्नेछन ।

बिगत १२ बर्षदेखी मरेतुल्य नेजस, अमेरिकाको अधिबेशन हिजो गगन थापा महामन्त्री नहुंदा अमेरिका आउंदा पनि हुन सकेको थिएन । अमेरिकी नेपाली समुदायको कुनै बेलाको सबैभन्दा ठुलो संस्था नेजस अमेरिका अहिले कसैको फेसबूकको पोस्टमा खोज्नुपर्ने अवस्थामा पुगेको छ । गुटबन्दी र बैमनश्य्ताको लडाईंले गलेको नेजसको अधिबेशन महामन्त्री थापाको यो भ्रमणले पनि केही लछार्ला जस्तो छैन । शायद उनी ससुराली आएका हुन । शायद यो उनको ब्यक्तिगत भ्रमण हो ।

सान्फ्रान्सिस्को बाहेक अन्यत्र उनी उपस्थिती हुने कार्यक्रमको सार्वजनिकरण समाचार छैन । पार्टीमा आफ्नो लाईनमा अडिगताको लहर लिएका आशाका त्यान्द्रो थापाको ओ अमेरिका भ्रमणले नेजस, अमेरिकाको शुन्यतामा घन्टी बजाओस ।