२०८१ साउन ११ गते | 26th of July 2024

शिक्षिकादेखि उपमेयरसम्म मञ्जु

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १३ गते ४:२३

प्रकाश ढकाल
पोखरा, १३ जेठ ।
२०१८ सालमा स्याङजाको सिरुवारी पञ्चमुलमा जन्मिएकी गुरुङ पोखरा ८ न्यूरोडकी स्थायी बासिन्दा हुन् । २०५० सालमा अखिल नेपाल महिला संघको सदस्यबाट उनको राजनीतिक यात्रा सुरु भएको हो । २०५५ मा पोखरा ८ बाट वडा कमिटी सदस्य बनिन् । २०६५ सालसम्म दुई कार्यकाल उनले वडा सदस्य भएर काम गरिन् । २०६१ म एमाले जिल्ला कमिटिको आर्थिक बिभाग सदस्य भईन् भने २०६६ मा क्षेत्र नम्बर ३ को सचिवालय सदस्य हुँदै २०७० मा जिल्ला कमिटिको बैकल्पिक सदस्य बनेकी हुन् ।
२०५१ म अनेमसंघ नगर समिति सल्लाहकार, २०५७ मा अनेमसंघ कै नगर सचिव, २०६४ मा जिल्ला कोषाध्यक्ष भईन् भने २०६९ देखि हालसम्म संघकै केन्द्रिय विदेश विभाग सदस्य भएर काम गरिरहेकी छिन् । उनी २०६६ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कास्कीको कोषाध्यक्ष बनिन् भने २०७२ देखि अखिल नेपाल महिला सघं कास्कीको अध्यक्षको रुपमा कार्यरत छिन् । उनी २०७१ म अन्तरपार्टी महिला सञ्जाल कास्कीको कोषाध्यक्ष हुँदै हाल सदस्यको रुपमा काम गरिरहेकी छिन् ।
गुरुङ पोखरामा रहेको अर्थर डाँडाखर्क कोने परिवार पोखराको उपसचिव, सोंपाल तमु समाज पोखराको जन सम्पर्क समिति सदस्य, गोर्खा कम्युनिटी गु्रप पोखराको आजिवन सदस्य, पन्चकोशी तमु समाज, पर्वत मिलन समाज, बौद्ध अर्घौं सदनको आजीवन सदस्य छिन् । गोर्खा भूपू महिला संघ गण्डकी अञ्चलको सदस्य बनिसकेकी गुरुङ शैक्षिक समाज सहकारी संस्थामा उपाध्यक्ष भएर काम गरिन् । उनी दि विज्डम कास्की इङलिस बोर्डिङ स्कुलको संस्थापक हुन् ।
सिरुवारीदेखि पोखरा छिरेपछि उनले पोखराकै गुडवील बोर्डिङ स्कुलमा अध्यापन गरिन् । गुरुङ भुगोल र अर्थशास्त्र बिषयको बिद्यार्थी हुन् । पोखरा आउनु नै उनको लागि संयोग हो । र उति नै संयोग बन्यो महानगरको उपमेयर बन्नु । आँफुले राजनीति गरेर यति ठूलो पदमा पुग्ने अपेक्षा नगरेको गुरुङ बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *