२०८१ साउन १२ गते | 27th of July 2024

पोखरामा कसरी पल्टियो काँग्रेस ?

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १३ गते ४:३०

प्रकाश ढकाल
पोखरा, १३ जेठ ।
कास्कीमा काँग्रेस कमजोर पार्टी होईन । एमालेलाई टक्कर दिने र सके पासा पल्टाउने दाउमा काँग्रेस थियो । बिशेषगरी पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेसलाई जितका लागि असहज होईन । अघिल्ला नतिजाहरु हेर्दा काँग्रेस करिब २ हजार मतले मात्रै पछाडी थियो । २०७० मा करिब १५ हजार मत पाएको नेकपा माओबादी केन्द्रले सघाएपछि काँग्रेस करिब १३ हजार मतले अगाडी हुनुपथ्र्यो । कांग्रेसले महानगरमा आफ्नो ५० हजार मत अनुमान गरेको थियो । उति नै संख्यामा एमालेको र बाँकी भोट सबैतिर बाँडिनेमा ढुक्क थियो । माओबादीका उम्मेदवारले काँग्रेसलाई सघाउन उम्मेदवारी नै फिर्ता लिएपछि काँग्रेसले जितका लागि सहज मानिरहेको थियो । तर नतिजा उल्टो आयो, झण्डै १३ हजार मतले एमालेले जित्यो पोखरामा । चुनावमा अपेक्षाकृत नतिजा नआएपछि तालमेलले सहयोग नगरेको काँग्रेस नेताहरु नै बताउँछन् ।
यद्यपी चुनाव हार्नुमा तालमेल मात्रै दोषी छैन । काँग्रेस भित्रकै अन्तर्घात हावी भयो, यसपाला पनि । सांसदहरुकै वडामा काँग्रेसले नराम्रो पराजय ब्यहोरेको छ । वडा नम्बर १ शारदा पौडेल र २६ नम्बर यज्ञ बहादुर थापाको वडा हो । दुईवटै वडामा एमालेको प्यानल बिजयी भयो, त्यो पनि अत्याधिक मतका साथ । काँग्रेसको पकड मानिएको वडा नम्बर ८ मा पार्टीका उच्च नेताहरु छन् । यद्यपी काँग्रेसले ठूलो मतान्तरका साथ पराजय ब्यहो¥यो । पोखरा नगरका सभापति बजिरमान श्रेष्ठ वडा १३ बाट फराकिलो मतले पराजित भए ।
काँग्रेसले जित्ने अनुमान गरेको १४, १५, १६, २२, २७, ३०, ३२ लगाएतका वडामा एमाले हावी भयो । पार्टीभित्रैको अन्तर्घात र माओवादीको साथ अपेक्षाकृत नभएको मुल्याकंन काँग्रेसको छ । १५ हजार मत अपेक्षा गरेको माओबादीले मुश्किलले साढे ८ हजार पु¥यायो । त्यसमा पनि झण्डै दुई हजार भोट उम्मेदवार नभएको माओबादीले पायो । बाँकी मत पनि काँग्रेसले पायो भनेर ढुक्कसँग भन्न सकिने अवस्था रहेन । कांग्रेसले उम्मेदवार फेरबदल गर्नु पनि हारको अर्को कारण हो । सुरुमा नरेशशंकर पालिखेलाई उचालेर मनोनयन अघि मात्रै रामजी कुवँरलाई उम्मेदवार बनाउदा काँग्रेसलाई घाटा लाग्ने अनुमान पहिलेदेखि नै गरिएको हो ।
टिकटकै लागि उपप्राध्यापकबाट राजिनामा दिएर लविङ गरिरहेका नेता देवराज चालिसेलाई रिझाउन नसक्नु पनि अर्को कारण मान्न सकिन्छ । यद्यपी चालिसे त्यसलाई मान्न तयार छैनन् । पार्टीले कार्यकर्तालाई नियन्त्रणमा राख्न नसकेको उनको आरोप छ । वडा नम्बर ५ र १३ काँग्रेसका लागि सबैभन्दा कमजोर भयो । यही दुई वडाको मतान्तरले काँग्रेसको हार नजिक पुगिसकेको थियो ।
स्वतन्त्र उम्मेदवारी दिएका उपप्रमुखका उम्मेदवार सिरोज कोईरालालाई फिर्ता बोलाउन नसक्नु पनि काँग्रेसका लागि अर्को हारको कारण बन्यो भन्न सकिन्छ । यसले काँग्रेस एकपछि अर्को गर्दै विभिन्न ठाउँहरुमा चुक्यो । चुनाव जित्नेगरी रणनीति बनाउन सकेन । बनेका रणनीतिहरु विफल भए । फलस्वरुपः अपेक्षा भन्दा फरक नतिजा निस्क्यो र ठूलो मतान्तरले पल्टियो काँग्रेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *