२०८१ वैशाख २१ गते | 3rd of May 2024

एनआरएनए निर्वाचन, महासचिव पदमा मेरो उम्मेद्वारी किन-गोपेन्द्र भट्टराई

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १६ गते ७:३३

लस एन्जलस – एनआरएन अमेरिकाको आसन निर्वाचनमा उम्मेद्वारी घोषणा गर्ने क्रम बढीरहंदा महासचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका गोपेन्द्र भट्टराईले आफ्न प्रतिवद्धताहरु सार्वजानिक गरेका छ । एनआरएन अमेरिकाका वर्तमान कार्यसमिती सदस्य तथा संगठनको बिभिन्न जिमेवारीमा रहेर आफ्नो कार्य सम्पादन गरेका भट्टराई महासचिवका बलिया प्रत्यासी मानिन्छन ।

महासचिवका प्रत्यासी भट्टराईका प्रतिबद्धताहरु :

नमस्कार !
आदरणीय दाजुभाई, दिदीबहिनी तथा एनआरएनप्रेमीज्यूहरु,

सामुदायिक सेवा, जन्मभुमी र प्रवास जोड्ने एउटा असल मार्गको रुपमा मैले एनआरएन अंगालें । नेपाल सरकारले विधिवत मान्यता दिएको एउटा गर्बिलो संस्था, अझ भनौं सम्पूर्ण नेपालीहरुको छाता संगठनको रुपमा रहेको एनआरएनमा सकृय रहेर नेपाली सामुदायिक सेवामा लागिपर्ने प्रण गर्दै यसमा सकृय रहंदै आएं ।

बितेका करिब दुई बर्ष आफु एनआरएन अमेरिकाको कार्यसमितिको सदस्य भएर काम गर्ने अवसर प्राप्त गर्दा नेपालीहरुको मनमुटुको संस्था एनआरएन आईसिसी र एनसीसीहरु दुई बेग्ला बेग्लै संगठनको रुपमा सञ्चालित हुनथालेका हुन कि जस्तो भान परेको छ । भलै वर्तमान कार्यसमितीले आईसिसीसंग हरेको कोणबाट आफ्नो सम्बन्ध सुमधुर भने राखेको छ । आईसीसी र एनसीसीले भर्खरै भने सँगै काम गर्ने भनी गरेका केही प्रयासहरु अझै अपुग छन जस्तो लाग्छ । एउटा भरोशायोग्य संस्थाको केन्द्र र एनसीसीहरु समान निती नियममा चल्नुपर्दछ भन्ने मान्यता राख्दछु, म ।

जनसमक्षमकुशलता, प्रभावकारिता र उपयुक्त समयमा सेवा यीदुवैको प्रदान गराउन आईसीसी र एनसीसीका बिचमा प्रशस्त अन्तर्कृया हुनु आवश्यक छ । एउटै उदेश्य, एउटै नारा र एउटै गन्तब्य रहेको एनआरएन आईसीसी र एनसिसीको बाटो पनि समान हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।

एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिमा रहेर संस्थाले प्रदान गराएको बिबिध जिम्मेवारीहरुलाई मैले कसरी निर्वाह गरें भन्ने प्रसंग म आफुले भन्ने कुरा होईन । आदरणीय मतदाता तथा एनआरएनप्रेमी तपाईंहरुले विश्वासका साथ मलाई यो कार्यसमितिका लागि प्रदान गराउनुभएको अवसरलाई ईमान्दारिताका साथ पुरा गरें भन्ने मेरो बुझाई छ ।

नयाँं कार्यसमितिको चयनका लागि एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि मैले आफुलाई महासचिव पदको उम्मेद्वारको रुपमा प्रस्तुत गरेको छु । यहाँहरुको विश्वाश पून: प्राप्त गरे” भने एउटा महासचिवले सामान्यतया गर्नुपर्ने अभिलेख राख्ने, स्रोतहरु सम्हाल्ने, वैठकका लागि विषय एवम बूँदाहरू सङ्कलन गरी प्रस्तुत गर्ने, वैठक सञ्चालन गर्ने, निर्णयहरुको अभिलेखन गर्ने आदि जस्ता कामहरु बाहेक एनआरएन अमेरिका र आईसिसीलाई साथ-साथै ल्याउन भूमिका खेल्न मेरा प्रयासहरु निरन्तर हुने सङ्कल्प गर्दछु ।

योजना तर्जुमाका बखत सम्बन्धित सवैसित स्वस्थ समन्वय, ती योजनाहरु कार्यन्वयनका चरणमा आपसी सहयोग र सुनियोजित भएका गतिविधिहरुमा तत्काल प्रभावकारी सम्पर्क स्थापना भएपछि मात्र एनआरएन एनसिसी, अमेरिका र आईसिसीका निर्णयहरुलाई प्रभाव पार्न पर्याप्त अवसर प्रदान गर्छन् । यसो भएमा युएसएको एनआरएन एनसिसीले सामना गर्दै आएका बाधा र अड्चनहरु पनि आइसिसिका सदस्यहरुलाई अवगत गराउन मद्दत पुग्छ ।

हाम्रा वैयक्तिक सदस्यहरू, च्याप्टरहरू र एनसिसीका विचमा हुने सम्पर्क—सञ्जालहरू बढाउन हाम्रा प्रयाशहरूलाई दोब्बर बढाएर लानु आबश्यक छ । च्याप्टरहरू आधारभूत रुपमा हाम्रा सूचना, जानकारी र ज्ञानका स्रोतहरू हुन सक्छन् । च्याप्टरहरू र एनसिसिको बीचमा दोहारो सम्पर्क प्रणालीले हामीलाई सामुदायिक सदस्यहरुका बीचमा हाम्रा उत्पादन र सेवाहरू ठीकठीक समयमा कुशलतापूर्वक पुर्याउन मद्दत गर्छ । सामाजिक सेवालाई पूर्ण सफलतनाका साथ सम्पन्न गर्न योजना र निर्णय गर्ने प्रकृयाहरुमा च्याप्टरहरुलाई पनि समावेस गर्नु, आवश्यक स्रोतहरु प्रदान गर्नु र कार्यक्षेत्र एवम् दायित्वहरूको स्पष्ट विभाजन गर्नु नै सवैभन्दा महत्वपूर्ण हुनेछ्न । जसका लागि ईमान्दारिताका साथ मेरा निरन्तर प्रयास हुनेछन ।

एनआरएन अमेरिकामा महासचिव भएपश्चात मैले गर्नुपर्ने भूमिकाहरु :
१.तहगत स्तरका आधारमा एन्सिसिलाई आइसिसि र च्याप्टरहरुसित आबद्ध गरेर संस्थालाई उत्तरोत्तर प्रगतितिर लैजाने,
२. नेपाली डायस्पोरालाई एक सुत्रमा सुसंगठित गर्ने र यसलाई अमेरिकी मूलप्रवाहमा समावेश गर्ने,
३. महिला र युवाहरूलाई देशमा विद्यमान सवै क्षेत्रमा सहभागी बन्नसक्ने क्षमताको विकास र प्रोत्साहन गर्न प्रभावकारी योजनाहरु कार्यन्वयन गर्ने,
४.समुदायका सदस्यहरुलाई अन्य देशमा विकास भएजस्तो नेपाली घरका ढाँचामा सामुदायिक केन्द्रहरु बनाउने र विकास गर्न प्रोत्साहन गर्ने, यस्ता नेपाली घरहरूले समुदायमा शैक्षिक, सांस्कृतिक, अध्यात्मिक एवम् सीप विकास लगायत अन्य वहुमुखी उदेशयका लागि सुविधापूर्ण रुपमा सेवा पुर्याउने,
५.नेपाली नागरिकता र नेपाल – अमेरिका बिशको कर सन्धि सम्बन्धी कानूनघोषणा गर्न आइसिसी, विविध समिति र संघसंस्थाहरुसंग सहकार्य गर्ने,
६. समुदायभित्र उपलब्ध ज्ञान, सीप, आर्थिक र अन्य स्रोतहरुको परिचालन गरेर नेपाल र अमेरिकामा नेपाली डायस्पोराको सामाजिक—आर्थिक विकासमा सहभागी बन्ने र
अन्तमा, यहाँहरुले मलाई विगतका वर्षहरुमा जस्तै सहयोग गरिदिउहुनु आगामी दिन र वर्षहरुमा पनि त्यसरी नै सहयोग गर्नु हुनेछ भन्ने आशाएवम् विश्वास गर्दछु ।

धन्यवाद !
जय एनआरएन !

भवदीय
गोपेन्द्र भट्राई
कार्मेल, इण्डियाना
एनआरएन अमेरिकाको निर्वाचन २०१९-२०२१
महासचिव पदको उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *