२०८१ चैत १० गते | 24th of March 2025

एनआरएनए अमेरिकाज, ऐतिहासिक विजयका पात्रहरु

खुल्लामन्च
 प्रकाशित: २०७६ कार्तिक २ गते ३:४०

काठमान्डौं – एनआरएनए नवौं ग्लोबल सम्मेलनबाट अमेरिकाज क्षेत्रलाई ऐतिहासिक सफलता मिलेको छ । आईसीसीमा यसअघि कहिल्यै आफ्नो दरिलो उपस्थिती देखाउन नसकेको एनआरएनए अमेरिकाले दुई उपाध्यक्ष र सचिव पद हात पारेको छ । हार वा जित नभनी निरन्तर एनआरएनएमा लागेका पात्रहरु निर्वाचित भएका छन ।

कोठे हाईकमान्ड, अस्त ब्यस्त ब्यबस्थापन, फेसबुके समुहहरुमाथीको विश्वास र प्रतिघातले चर्चित पात्रले हार बेहोरेका छन ।

सोनाम लामा : Image may contain: 12 people, including Hem Raj Sharma and Sonam Lama, people smiling, people standing
धेरै नबोल्ने र हक्की स्वभावका न्यूयोर्क निवासी सोनाम लामा उपाध्यक्ष पदमा निवाचित भएका छन । अमेरिकामा रेस्टुरेन्ट व्यवसायी तथा नेपालमा होटेल क्षेत्रमा लगानी गरेका लामा प्रथम पटक एनआरएनए अमेरिकाबाट आईसीसीमा नेत्रित्व गर्ने नेता बनेका छन । शेष घले लगायतका एनआरएनएका हस्तीहरुसंगको मिठो सम्वन्ध, काम बोल्ने बानी र अमेरिकाज क्षेत्रका प्रतिनिधीहरुसंगको नरमताले लामा उपाध्यक्ष बनेका छन ।

रबिना थापा :  Image may contain: 2 people, people smiling, text
दुई जना मात्र महिला उपाध्यक्ष चुनावी मैदानमा रहेको नवौं ग्लोबल सम्मेलनबाट रबिना थापा उपाध्यक्ष निर्वाचित भएकी छन । एनआरएनए अमेरिकामा मुद्दा, निर्वाचन र निरन्तरतामा सदैव लागेकी मेरिल्यान्ड निवासी थापा सपिला राजभन्डारी जस्ती चर्चित पात्रलाई हराउने भाग्यमानी उपाध्यक्ष बनेकी छन ।

भाग्यशाली पाराले समुहमा पुगेकी थापाको निरन्तर लगाव र मिठो बोलीले एनआरएनएमा शक्तिशाली महिला उपाध्यक्ष बनाएको छ ।

गौरीराज जोशी :  Image may contain: 1 person, smiling
अमेरिकाज क्षेत्र हेर्ने संयोजक निर्वाचित भएपछी गौरीराज जोशी एनआरएनएमा अझ सकृय बने । विवादित एनआरएनए अमेरिकाको रिपोर्ट आईसीसीलाई निरन्तर दिए र बैधानिक जवाफ अनि सहयोग मागे । आईसीसीको निर्देशनलाई टेक्दै सामान्यदेखी बहुचर्चित निर्वाचनलाई पनि सहज रुपमा सम्पन्न गराउने बातावरण बनाए ।

तत्कालिक निर्वाचनमा अमेरिकामा चर्चित सामुदायिक नेता बनेका जोशी नवौं विश्व सम्मेलनसम्म शक्तिशाली बनिरहे । एनआरएनए अमेरिकाले चुनेका प्रतिनिधी सुची समावेशी नबनेको भनेर असन्तुष्ट बनेका जोशीले ३३ जना प्रतिनिधीहरुलाई एनआरएनएको कुम्भ भेलामा भाग लिने सौभाग्य दिलाए ।

एनआरएनएको भावी सभापतीको रुपमा हेरिएका जोशी शानदार मत ल्याएर सचिव पदमा निर्वाचित भएका छन । सम्भवत: अमेरिकाज क्षेत्रबाट सबैभन्दा विश्वाश जोशीलाई गरियो । पद सचिव भएपनी जोशी अब न्युनतम ६ बर्ष एनारएनएमा पदाधिकारीको दौडमा रहनेछन । उनका नजिककाले मात्र अमेरिकाज क्षेत्रबाट ऐतिहासिक प्रतिनिधित्व गरेका छन ।

डा. केशब पौडेलको हार :  Image may contain: 1 person, smiling, suit

समग्रमा हांसोलाग्दो पाराले एनआरएन अमेरिकाले बनाएको प्रतिनिधी सुचीमा लामो समयसम्म त्यसमा भिजेकाहरुलाई समावेश गर्न सकेन । हो, सबैलाई समेट्न कसैले पनि कहिल्यै सक्दैन । तर देवनागिरीमा एनआरएनए लेख्न नजान्ने औंठाछापहरु पनि प्रतिनिधी बनेपछि तिनलाई समेट्न आईसीसीसंग नजिकको ‘रिलेशन’ भएका क्षेत्रीय संयोजक गौरीराज जोशीले प्रकाश सापकोटाको संयोजकत्वमा सम्तिती बनाए ।

६१ जनाको सुची ‘काम फत्ते गर्ने मान्छे’ – सापकोटाले २४ घण्टाभित्र संयोजक जोशीलाई बुझाए । आईसीसीले ग्रीन सिग्नल दिएको जोशीको सुचीलाई एनआरएनए अध्यक्ष सुनील साह र उनको समुहले वा प्रतिनिधी छान्ने अधिकार पाएको डा. अर्जुन बन्जाडेको समितीले पत्याएन । हलुका रुपमा लियो ।

एनआरएनए केन्द्रिय कार्यालय काठमान्डौंमा बसेको एउटा बैठकमा सुनील साहले प्रकाश सापकोटा संयोजकत्वमा बनेको समितिलाई आईसिसीले अस्विकार गर्ने जवाफ सापकोटालाई दिए । पशुपती पाण्डेले आफ्ना सभापतीको जवाफमा ‘हो हजुर हो’ थपे । बन्जाडेले पनि त्यस्तै असुहाउंदो जवाफ दिएको सापकोटा आँफै बताउंछन ।

तर ६१ जना मध्य सापकोटाको सुचीका ३।३ जना नेपालमा उपस्थित असन्तुष्ट सदस्यहरुले ‘प्रतिनिधीको ब्याच’ घांटीमा लाए ।

उता महासचिव पदमा उम्मेदवारी दिएका डा. केशब पौडेललाई उपाध्यक्षको उम्मेद्वार बन्ने दवाव पर्‍यो । औपचारिक उम्मेद्वारी घोषणा गरेको रात ‘डा. पौडेल उपाध्यक्षका उम्मेदवार’ भन्ने ब्यानर छापियो ।

सहज बिजयको अनुमान गरिएका डा. पौडेल पांचौं नम्बरमा परे । २८ भोटको कमीले ऐतिहासिक बिजयको माला चुम्न पाएनन । डा. पौडेलमात्र चुनाव हार्नु बिभिन्न कारणहरु छन तर उनको पराजयको कारण कोठे हाईकमान्ड, फेसबुकमा ११ जना जोडेर समुह बनाउंदै प्रचार गर्ने समुहहरुको विश्वाश, जनसंपर्कका बेरोजगार कथित सर्वेसर्वाहरुको सुझावको पालना, आलाकांचा प्रतिनिधीहरुको भरोशा र आफ्ना मान्छे चिन्न नसक्नुको परिणाम नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *