२०८३ असोज १५ गते | 1st of October 2026

टेलिचलचित्र ‘खाईस् की’ प्रसारण शुरू

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन २४ गते २१:३३

काठमाडौं –  लामो समय रंगमञ्चमा काम गरेका स्थापित रंगकर्मी किशोर अनुरागले कोरोनाका कारण थिएटर बन्द भएको अवस्थामाहास्य टेलिचलचित्र निर्देशन गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा बनेको सिरियल ‘खाईस की’ ले समाजका विकृति विसंगतिमाथि प्रहार गर्ने उनले बताए ।

समसामयिक विषयवस्तुमा आधारित रहेर यो टिलिचलचित्र निर्माण गरिएको छ । टेलिभिजनको माध्यमबाट भरपूर मनोरञ्जनकासाथसाथै सन्देश पनि दिने उद्देश्य रहेको निर्माण पक्षको भनाई छ । यसका निर्माताहरू ईश्वर बल्लभ उप्रेती, नविन खड्का र आनन्दप्रभाकर घिमिरे रहेका छन् । ईश्वर बल्लभ उप्रेती म्युजिक भिडियोमा जमेका मोडल हुन् भने नविन खड्का चलचित्र निर्माता हुन् । आनन्दप्रभाकर घिमिरे भने छायाँकार हुन् । नाटक, म्युजिक भिडियो, चलिचित्र, गायन, कविता, पत्रकारिता, मूर्तिकला, चित्रकला लगायतफरक–फरक विधामा काम गर्ने कलाकारले अभिनय गरेका छन् । 

विभिन्न विधाका कलाकारको सामूहिक प्रयास अभिनय क्षमता उक्त सिरियलमा हेर्न सकिनेछ । साउन २१ बुधबारदेखि काष्टमण्डपटेलिभिजनबाट प्रत्येक बुधबार  साँझ ७:३० बजे यो टेलिचलचित्र हेर्न सकिनेछ । सेलीब्रेसन स्टुडियोमार्फत  पनि हेर्न सकिने “खाईस् की“मा किशोर अनुराग ,ईश्वर बल्लभ उप्रेती, नविन खड्का, श्रीहरि चापागाँई, रोजिना कोइराला, याम मगर, सुमन विष्ट, अविना खड्का, स्नेहा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *