२०८१ वैशाख १६ गते | 28th of April 2024

७५ जिल्लामा ३१ हजार ३ सय १५ जना सक्रिय संक्रमित ,हालसम्म संक्रमण हुनेको सङ्ख्या एक लाख ७ हजार ७ सय ५५ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २५ गते १३:१३
काठमाडौँ –   काठमाडौँ उपत्यकामा  आईतवार   एक हजार ४ सय १६ सहित देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय २७ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा ७ सय २ महिला र एक हजार ३ सय ६९ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म संक्रमण हुनेको सङ्ख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ ।
    आईतवार    काठमाडौँमा एक हजार एक सय ४५, ललितपुरमा एक सय ६१ र भक्तपुरमा एक सय १० सहित काठमाडौँ उपत्यकामा एक हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्राध्यापक डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै आज कोरोना सङ्क्रमणका कारण ५ महिला र १७ पुरुष सहित २२ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण काठमाडौँमा ५, चितवनमा ४, रुपन्देहीमा ३, भक्तपुर र सुनसरीमा २/२ जना, ललितपुर, धनकुटा, सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोकमा १÷१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको कूल सङ्ख्या ६ सय ३६ पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो । यस्तै आज थप एक हजार ५ सय ५२ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ७५ हजार ८ सय ४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ७५ जिल्लामा ३१ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७ हजार ६ सय ६६ जना होम आइसोलेसन र १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै गम्भीर लक्षण देखिएका ३ सय २९ जनाको आइसियु र ७६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, मन्त्रालयले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितहरूको उपचारमा स्रोतसाधनले धान्न नसकिने अवस्था आएको भन्दै सामान्य सर्जरीहरू केही समय पछिका लागि सार्न र अत्यावश्यक सर्जरी तुरुन्त गर्न अस्पतालहरूलाई अनुरोध गरेको छ ।
मन्त्रालयको प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा कोरोना संक्रमितहरु धेरै सङ्ख्यामा वृद्धि हुँदै गएकाले उपचारका लागि आइसियु तथा भेन्टिलेटरको अभाव हुन थालेको जानकारी दिनुहुँदै केही समय पछि सार्न सकिने सामान्य किसिमका विद्युतीय सर्जरीलाई पछि सार्न र अत्यावश्यक सर्जरीहरूलाई तत्काल सम्पन्न गरी आइसियु तथा भेन्टिलेटर कक्ष खाली गर्न गर्नुभयो ।
यस्तै मन्त्रालयले परिवर्तन हुँदै गएको चिसो मौसमसँगै देखा पर्ने रुघाखोकी, निमोनिया जस्ता मौसमी बिरामी र कोरोना संक्रमण हुँदा देखा पर्ने लक्षण छुट्टाउन जटिल हुने भएकाले रुघाखोकी लागेका व्यक्तिलाई कोरोना सङ्क्रमणको जोखिम अझ उच्च हुने भन्दै प्रवक्ता प्रा. डा गौतमले वृद्धा, बालबालिका, सुत्केरी महिला, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूको विशेष हेरचाह गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *