२०८१ वैशाख २४ गते | 6th of May 2024

सहमति कार्यन्वयन नहुदाँ सत्तारुढ पार्टीमा संकट गहिरिदै

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १७ गते १४:०८

काठमाडौ   –  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्षबीचको मतभेद पुनः सतहमा आउन’को कारण सहमतिको कार्यन्वयन  प्रमुख  कारक देखिएको छ । गएको साउनमा शीर्ष नेताहरूबीच उत्पन्न विवाद हल गर्न गठन गरिएको कार्यदलले संसद्को बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री रहने, पार्टीको कार्यकारी अधिकार प्रचण्डले प्रयोग गर्ने, सरकारका कामकारबाही पार्टीको सल्लाहमा हुने, केन्द्र र प्रदेशमा मन्त्रिपरिषद्को पुनर्गठन गर्ने, पार्टी एकतामा केन्द्रित हुने जस्ता सुझाव दिएको थियो।  उक्त सुझावमा दुवै अध्यक्षले सहमति जनाएका थिए । सो सकार्यदलको सहमतिपछि लामो समयदेखिको विवाद समाधान हुने ठानिएको थियो।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ  पनि दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयनमा नगएकाले अहिले समस्या देखिएको बताउँछन्। उनले भने, “विगतमा भएका कतिपय सहमति कार्यान्वयनमा जानुपर्ने हो, त्यो भइरहेको छैन। कार्यदलले दिएका सुझावमध्ये कतिपयको कार्यान्वयनका लागि अध्यक्ष प्रचण्ड र महासचिवले सात दिनभित्र वा १० दिनभित्र गृहकार्य गरिसक्नुपर्ने भनिएको थियो। त्यसको एक अंश पनि कार्यान्वयन भएको छैन।” तर त्यसलगत्तै राजदूत नियुक्तिदेखि मन्त्रिमण्डलमा हेरफेर र कर्णाली प्रदेशमा पूर्वमाओवादी पृष्ठभूमिका मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याइएको विषयलाई लिएर नेकपाभित्र फेरि कलह चर्कियो।
आइतवार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूविरुद्ध अविश्वास प्रस्ताव विफल तुल्याउन साथ दिने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूसँग भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी अघि बढाएको बताइएको थियो।
तर पार्टीभित्र चर्किएको विवादका माझ अध्यक्ष प्रचण्डले प्रदेशमा ओलीपक्षीय मन्त्री हटाउने उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि उनले त्यसलाई स्थगित गरेको बताइएको थियो।  आफू पक्षका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा हटाइए केन्द्रमा रहेका प्रचण्डनिकट मन्त्रीहरूलाई हटाउने चेतावनी प्रधानमन्त्री ओलीले दिएको बताइन्छ।उपनेता नेम्वाङ पार्टीभित्र ओली र प्रचण्डलाई मिल्न नदिने शक्तिहरू रहेकाले गतिरोध आएको बताउँछन्।

प्रचण्ड निकटस्थ मानिने नेता हरिबोल गजुरेलले ओली र प्रचण्डबीचका कुराकानीका अन्तर्वस्तु आफूले बुझ्न छाडेको बताए। उनले भने, “उहाँहरू दुई जना कुरा गर्नुहुन्छ र सहमति भयो भन्नुहुन्छ। फेरि कुरा अरू नै आउन थाल्छ। फेरि एउटाले एक थोक र अर्कोले अर्को थोक भन्नुहुन्छ। सत्य नै पत्ता लगाउन गाह्रो हुन थाल्यो।” स्थायी समिति सदस्य गजुरेलका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको विषय ओली र प्रचण्डबीच विवादको मुख्य जड हो। उनले भने, “अहिले सरकारमा आएर गाँठो प¥यो। ओलीजी केहीलाई राख्न खोज्नुहुन्छ, प्रचण्ड कमरेड केहीलाई राख्न खोज्नुहुन्छ। दुवै जना आआफ्ना पक्षधर नामका कुरामा केन्द्रित भएकाले सबै कुरा बिग्रिएको हो।”
उनले एकीकरणबाट नयाँ पार्टी गठन भएपनि नेकपा एमाले चलाए जस्तै प्रधानमन्त्री ओलीले व्यवहार गरेको र माओवादी चलाए जस्तै कार्यशैली प्रचण्डले देखाएको हुँदा समस्या समाधान हुन नसकिरहेको बताए।
उनले कतिपय राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिले नेकपाको फुट देख्न चाहेको भएपनि दुवै अध्यक्षहरूले आफूलाई रूपान्तरण गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *