मलाई क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडेउ असाध्यै मन पर्छन। हसिला रसिला ,फुर्तिला,जवान, फुरफुर परेका। हुन त संसारमा अरू पनि यस्ता प्रधानमन्त्रीहरू होलान मेरो ज्ञानले भ्याएन। महिला प्रधानमन्त्रीहरू पनि होलान यस्तै, मलाइ चाहिँ उनी मन पर्नुमा opposite attracts भन्ने सिद्धान्तले काम गरेको होला। कति छरितो गरि हिड्छन, हास्छन, हात मिलाउछन,बाटोमा हिडिरहेकाहरूसंग सेल्फि खिच्छन। अनि हाम्रा नेताजीहरू हेर्छु त्यसै त्यसै रून मन लाग्छ, गजक्क परेका, ठसक्क परेका अररा।
कसैलाइ हिड्न सहारा चाहिने, ब्रिफकेस,ब्याग छाता सबै अंगरक्षकलाई बोकाउनु पर्ने, ढोका खोल्दिनु पनि पर्ने, लाई दिनु पनि पर्ने। कति गर्हौ हुन, त्यस्तरि गज्किन कहाबाट सिकेका हुन? लु जो संग सिके त्यसतरि नै शालिन तरिकाले गज्किन सिक्नुनी लचक लचक ,भुँडी पल्टाउदै भ्याट भ्याट गरि चाहिँ किन हिड्नु? तर वास्तविकता फेरि के पनि हो भने नि यदि कोहि नेता त्यसरि फुरफुर गर्दै हिड्यो भने उसलाइ सबैभन्दा पहिले उसकै अंगरक्षकले टेर्दैन,अनि हामी जनता नै भन्छौ कस्तो फ्यान्तु आफ्नो व्यक्तित्व पनि राख्न नसकेको। खै के खै के। तर पनि मनको रहर त ट्रयड्यु जस्तै नेता हेर्ने नै हो बरिलै। (पौडेलको फेसबुकवाट )