२०८१ साउन १२ गते | 27th of July 2024

मन्त्री मण्डल विस्तारको लागि बालुवाटारमा छलफल हुदै, को-को बन्दै छन् त मन्त्री ? (नामावली सहित्))

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ४ गते ३:५४

काठमाडौं ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेका छन । । जसका लागि सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राजपालगायतका दलहरुसँग छलफल गर्दै छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो । छलफलको मुख्य एजेण्डा मन्त्रिपरिषद्लाई पूर्णता दिने रहेको बताइएको छ ।

मन्त्रालय भागबण्डा मिलाउन मंगलबार बेलुका पनि कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो । दुई दलबीचको छलफलमा मन्त्रालय भागबण्डामा मोटामोटी टुंगो लगाए पनि अन्य दलसँग सहमतिपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । त्यसैका लागि अहिले बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बसिरहेको छ ।

दलहरुबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा काँग्रेसबाट चार, माओवादी केन्द्रबाट तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक गरी आठ सदस्य मन्त्रिपरिषद् गठन भए पनि भागबण्डा नमिल्दा पूर्णता पाउन नसकेको हो ।

सहमती अनुसार नेपाली काँग्रेसले अर्थ, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, सिंचाइ, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, रक्षा, सामान्य प्रशासन, श्रम तथा युवा स्वरोजगार, वाणिज्य र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले पाउने सत्ता साझेदार प्रमुख दुई दलबीच समझदारी भएको छ ।

माओवादी केन्द्रले हाल सम्हालेका परराष्ट्र, गृह, शहरी विकाससहित ऊर्जा, स्वास्थ्य, कृषि विकास, आपूर्ति, न्याय तथा कानुन र पशुपंक्षी विकास मन्त्रालयको नेतृत्व पाउने छन् । यस्तै, विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई स्थानीय विकास तथा संघीय मामिला, पर्यटन र भूमिसुधार तथा राप्रपा लगायत साना दललाई शान्ति, उद्योग, वन र विज्ञान तथा प्रविधि, वातावरण मन्त्रालय छुट्टाइए पनि अन्य दलहरुसँग सहमति जुट्न बाँकी छ ।

मंगलबार भएको कार्यदलको सहमतिअनुसार नेपाली कांग्रेसलाई १३, माओवादी केन्द्रलाई ९, फोरम लोकतान्त्रिकलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालयको भागबण्डा गरिएको छ । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित थिए ।

कांग्रेसबाट यी नेता बन्दैछन् मन्त्री

मौजुदा मन्त्रिपरिषदमा पहिलो चरणमा मन्त्री र त्यसपछि राज्यमन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा जुटेका छन्। बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री देउवाले मन्त्रीमा आफ्नै गुटबाट मीनबहादुर विश्वकर्मा, वीरबहादुर बलायर र अम्बिका बस्नेतलाई समेट्ने भएका छन्। नेता रामचन्द्र पौडेल पक्षले पाँच जना मन्त्री पाउनु पर्ने माग गरेपनि प्रधानमन्त्री देउवा पहिलो चरणमा पौडेल गुटबाट चार जनालाई मात्र सहभागी गराउन सहमत भएका छन्। जस अनुसार पौडेल समूहले बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी, दीपक खड्का र सरिता प्रसाइँको नाम अघि सार्ने भएका छन्। पौडेल समूहबाट महेश आचार्य, किरण यादव र कमला पन्तलाई पनि मन्त्री बनाउन दबाव रहेको छ। पौडेल समुहबाट मन्त्रीमा सिफारिस गरिएका खड्का पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समेत सहभागी भएकोले दोहोर्‍याएर मन्त्री नबनाउने पक्षमा प्रधानमन्त्री देउवा रहेपछि उनको ठाउँमा महामन्त्री डा. शसांक कोइरालाले बद्री पाण्डेलाई समेट्न सुझाएका छन। पूर्वमहामन्त्री प्रकाशमान सिंहको सिफारिसमा राजेन्द्र केसीलाई मन्त्री बनाउन लागिएको हो। केसीलाई मन्त्री बनाउन डा. रामशरण महतको समेत जोड छ। खुमबहादुर खड्काको प्यानलबाट मोहनबहादुर बस्नेत र कृष्णप्रसाद सिटौला समूहबाट भिमसेनदास प्रधानको सिफारिस भएको छ। कांग्रेसबाट राज्य मन्त्री बनाउन बहादुर सिंह लामा, बहादुर सिंह थापा, अमृत अर्याल, ध्रुव वाग्ले, महेन्द्र यादव र मदनबहादुर अमात्य वा ध्यानगोविन्द रञ्जितमध्ये एक जनालाई मन्त्री बनाउन देउवालाई दबाव छ।

 माओवादीबाट को को?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषदमा आफ्नो पार्टीको तर्फबाट जानेहरुको नामावली बुझाइसकेका छन्। जस अनुसार गिरिराजमणि पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाही उर्जा, श्यामकुमार श्रेष्ठ सामान्य प्रशासन, शिवकुमार मण्डलले आपूर्ति मन्त्रालय पाउने पक्का भएको छ। माओवादी संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेत र सन्तकुमार थारु पनि मन्त्री हुने पक्का भएको कांग्रेस स्रोत बताउँछ। माओवादी केन्द्रबाट यसअघि नैं तीन जना मन्त्रिपरिषद्मा सहभागी भइसकेका छन्। यत्ता सत्तारुढ अर्को घटक नेपाल लोकतान्त्रिक फोरमका संसदीय दलका नेत बिजयकुमार गच्छदारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाइसकेका छन्। उनको पार्टीले पार्टी उपाध्यक्ष जितेन्द्र देवलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गोपाल दहितलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय दिने पक्का भएको छ। लोकतान्त्रिक फोरमलाई थप दुई जना राज्य मन्त्री दिने सहमति भएको छ। जस अनुसार यसोधा लामालाई भूमिसुधार राज्यमन्त्रीमा र  सुमित्रा थरुनीलाई पर्यटन राज्य मन्त्रीमा पठाउने निर्णय भइसकेको महामन्त्री भारतेन्दुकुमार मल्लिकले थाहाखबरसँग वताए। राप्रपालाई चार मन्त्रालय दिने भए पनि कुन कुन मन्त्रालय दिने भन्ने टुंगो सत्तारुढ गठबन्धनले लगाइसकेका  छैनन्। साना दललाई भने दुई मन्त्रालय दिने सहमति भएको थियो। प्रधानमन्त्री देउवाले सम्भव भए आगामी बिहीबार नैं मन्त्रीपरिषद् बिस्तारको तयारीमा जुटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *