डालस – अमेरिकाको डालस शहर नजिक फ्रिस्को सिटिमा ‘हिमालयन स्पाइस’ नामक नेपाली रेस्टुरेन्ट आउँदो जुलाई २५ तारिखदेखि संचालनमा आउँदैछ। तीन दिनसम्म चल्ने ग्राण्ड ओपनिङ्ग कार्यक्रमअन्तर्गत, २०२५ जुलाई २५ तारिख बिहान ११ बजे विशेष समारोहको आयोजना गरिनेछ।
यस रेस्टुरेन्टको उद्घाटन विश्व चर्चित सेफ तथा २०२१ को बिबिसी मास्टर सेफ उपाधि विजेता सन्तोष शाहले गर्नुहुनेछ। नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका शाहले ग्राण्ड ओपनिङ्ग कार्यक्रममा आफ्ना विशेष परिकारहरु पनि प्रस्तुत गर्नेछन्।
‘हिमालयन स्पाइस’ मार्फत स्वादिलो नेपाली तथा हिमाली परिकारहरु, अतिथिप्रति न्यानो स्वागत र उत्कृष्ट सेवा प्रदान गरिने बताइएको छ। कार्यक्रम मार्फत डल्लास-फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली तथा अन्य समुदायलाई नेपाली खानाको स्वाद चाख्न, मास्टर सेफ सन्तोष शाहसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्ने अवसर समेत प्रदान गरिनेछ।
हिमालयन स्पाइसका सञ्चालक सन्तोष न्यौपानेले सम्पूर्ण नेपाली तथा अन्य भोजन प्रेमीहरुलाई कार्यक्रममा उपस्थित भई व्यवसाय प्रवर्द्धन र नेपाली खानाको विश्वव्यापी प्रचारमा हातेमालो गर्न आह्वान गर्नुभएको छ।
कार्यक्रम विवरण:
📍स्थान: 13225 Dallas Parkway, Suite 200, Frisco, TX 75034
🗓 मिति: २५ जुलाई २०२५, बिहान ११:०० बजेबाट
📞 अग्रिम बुकिंग र थप जानकारीका लागि सम्पर्क खुला
नेपाली स्वाद र सांस्कृतिक पहिचानलाई अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘हिमालयन स्पाइस’ संचालनमा आउन लागेको हो।