२०८३ साउन २३ गते | 8th of August 2026

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या १०७

खुल्लामन्च
 प्रकाशित: २०८२ असार २४ गते १४:४६

काठमाडौ  – नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या १०७ रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या (लघुवित्त वित्तीय संस्थासमेत) १०७ रहेको हो।

यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन्।

बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा संख्या २०८१ असार मसान्तमा ११ हजार ५३० थिए। २०८२ जेठ मसान्तमा यो संख्या ११ हजार ५१९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *