२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन अमेरिका निर्वाचन : एक विद्धान डा. अर्जुन बन्जाडे सदस्य पदका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १७ गते १७:५७

एनआरएनए अमेरिकाको चुनाव कुनै ठुलो भाँडभैलो भएन भने आगामी अगस्त ११ र १२ मा सम्पन हुँदैछ । परिस्थिति हेर्दा भाँडभैलो हुन सक्ने पनि देखिन्छ । आशा गरौँ त्यस्तो नहोस । चुनाव होस् र मुद्धा मामिलामा एनआरएन एनसिसि मुछिन नपरोस । मतदाताले रोजेको व्यक्ति निर्बाचित होस् । एनआरएन बलियो बनाउँछु भन्ने सबैले व्यक्ति होइन संस्थाको हित सोंच्न जरुरी छ । हामी सबैले आफुलाई होइन संस्थालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्यो भने समस्या आफै समाधान हुन्छ । आफ्नो ज्युको भैंसी नदेख्ने र अर्काको ज्युको जुम्रा पनि देख्ने प्रवृति खतरनाक छ, त्यो प्रवृति त्यागिनु पर्छ ।
करिब १५ हजार मतदाता मध्ये कतिपय अनिच्छुक तर अरुले नै पहल गरेर सदस्य बनेको चर्चा बजारमा ब्यापक छ। जो कसैले सदस्य बनाए पनि उसको मतदानको अधिकार सम्बन्धित व्यक्तिमै सुरक्षित छ भने यसले एनआरएन लाइ फाइदै गर्छ। त्यो ठिक नभए पनि ठिकै हो भन्न सकिन्छ। तर इमेल आइडी आफै बनाएर अर्कैको नाममा मतदान गर्ने नियतले सदस्य बनाइएको छ भने त्यो अनैतिक र गैरकानुनी हो। निर्बाचन समितिले यसलाई गम्भीर रुपमा लिएर सजगता अपनाउनु पर्छ। सक्कली, इच्छुक, सक्रिय सदस्य आउने ढोका संधै खुल्ला र प्रवेश सजिलो पार्नु पर्छ भने चुनाव केन्द्रित नक्कली मतदाता आउने सबै ढोका बन्द गर्नु पर्छ। नेतृत्व गर्न खोज्नेहरुले चोरबाटो समातेर आउँदा के एनआरएन बलियो बन्ला ? यो प्रश्न अघिल्लो पटक पनि उठ्यो, मुद्धा समेत पर्यो। अहिले त्यसो हुनु हुन्न। यो दायित्व एनआरएनका सम्पूर्ण अभियन्ताहरुको हो । परिणाम आफ्नो पक्षमा आउने अबस्थामा नक्कली पनि ठिक र बिपक्षमा आउँदा मात्र नक्कली बेठिक भन्न सबैले बन्द गर्नु पर्छ।

अहिले एनआरएन अमेरिकालाई सुझबुझमा अघि बढाउनु पर्छ। समाजसेवामा अस्वस्थ प्रतिष्पर्धा हुनु हुँदैन। “होइन एनआरएनमा के त्यस्तो कुरा छ जसले सबै पदको लागि मरिहत्ते गर्छन”? मानिसहरु सोध्ने गर्छन। पक्कै पनि समाजसेवा जहाँ गरे पनि हुन्छ। स्थानीय रुपमा पनि त्यो गर्न सकिन्छ। रास्ट्रीय रुपमा गर्न अलि पोलिसी लेभलमा काम गर्न सक्ने, संस्था बुझेको र भोलि संस्थालाई बैचारिक र संगठनात्मक रुपमा अगाडी लान सक्ने व्यक्ति चुनिनु पर्छ। धेरैलाई समेट्न सक्ने, प्रबासमा नेपालीहरुका समस्या बुझेको मान्छे त्यहाँ जानु पर्छ। कसैलाई रहर लाग्यो भनेर त्यहाँ जाने होइन। मतदान गर्दा सबैले त्यो शुत्र प्रयोग गर्नु पर्छ। त्यसको बिगतको काम र भबिस्यको योजना हेरेर मतदान गर्नु पर्छ।

यहि सेरोफेरोमा मैले पनि एनआरएन अमेरिकाको बोर्ड अफ डिरेक्टर पदमा उम्मेदवारी दिएको छु। अमेरिकाको नेपाली समाजमा लामो समय देखि सक्रिय छु। एनआरएन अमेरिकाले संचालन गरेका कतिपय प्रोजेक्टहरुमा नेतृत्व र सहयोग गरेको छु। टेक्सासमा रहेका नेपाली संघ संस्थाहरुमा सक्रियता त छंदैछ। एनआरएनमा अलि प्राज्ञिक र बौद्दिक बहस हुनु जरुरी छ। संस्थाको उद्देस्य पुरा गर्न सक्ने भिजन उम्मेदवारसंग हुन जरुरी छ। राजनीतिक आबद्धता, आर्थिक स्तर वा अन्य कुरा यो संस्थामा सेवा गर्ने आधार हुनु हुन्न अथवा त्यहि आधारमा कसैलाई यहाँ आउन बन्चित गर्नु हुन्न। म यहि मन्त्र लिएर मैदानमा आएको छु। आजको एनआरएन कस्तो छ भन्दा पनि भोलि कस्तो बनाउने भन्ने कुरा प्रमुख हो। सदस्यको रुपमा मैले एनआरएनलाइ बलियो र सम्मान गर्न लायक संस्था बनाउन सफल हुनेछु। अहिले देखिएको को उम्मेदवार बन्न पाउने वा नपाउने भन्ने विवाद भबिस्यमा नआओस भनेर अमेरिकी रास्ट्रपतिको चुनावमा जस्तै सबैले उठ्न पाउने तर निर्बाचन भने स्टेटका डेलिगेटद्वारा निर्बाचित हुने पद्दतिको पक्षमा लबिङ्ग गर्नेछु ।

एनआरएनए अमेरिकामा गर्नु पर्ने काम धेरै छन् तर सानातिना छन्। तिनीहरुलाई समाधान गर्यो भने त्यसै पनि एनआरएन अघि बढ्छ। एउटा राम्रो पद्दति बसाल्नु अहिलेको चुनौती हो। मैले त्यसतर्फ बिशेष पहल गर्ने छु। बिशेष गरी सदस्यता वितरण र निर्बाचन जहिले पनि बिबादमा पर्ने गरेको छ। मैले यसलाई समाधानको पहल गर्नेछु। नेपालीहरुको अमेरिकी समाजमा इज्जतदार स्थापनाको लागि स्थानीय सरकार देखि नै समन्वयको पहल गर्ने छु। स्थानीय नेपाली संघ संस्थाहरुसंगको सम्बन्ध अरु बढी बलियो पार्नेछु। यी र अन्य धेरै समस्या समाधानमा मेरो केहि योगदान हुन सक्छ भनेरै मैले बोर्ड अफ डिरेक्टरमा उम्मेदवारी दिएको छु। तपाईंहरुको एउटा अमुल्य मत प्राप्त गरें भने अरु बढी नेपालीहरुको सेवा गर्ने मलाई मौका मिल्ने कुरामा आशाबादी छु। आगे तपाईंहरुकै हातमा ! मेरो छोटो परिचय यसप्रकार छ :

     Director of State Reporting & Student Success at Tarrant County College

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *