२०८१ साउन १२ गते | 27th of July 2024

चर्चित कलाकारको साथमा संयुक्त अपांग एकता आवास केन्द्रले तीज उत्सव गर्दै

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १९ गते ३:३७

संयुक्त अपांग एकता आवास केन्द्रले हरितालिका तीजको अवसरमा तीज उत्सवको आयोजना गर्ने भएको छ । भदौ पाँच गते राष्ट्रिय नाच घर जमलमा आयोजना हुने तीज महोत्सवमा लोक गायक बमबहादुर कार्की, गायिका कोमल वली, सिन्धु मल्ल, मनोज गजुरेल लगायत चर्चित कलाकारहरुको सहभागीतामा  संयुक्त अपांग एकता आवास केन्द्रको बार्षिक कार्यक्रम तीज उत्सवको आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष तीलबहादुर कार्कीले खुल्ला मञ्चलाई बताएका छन ।

अध्यक्ष कार्कीका अनुसार उक्त कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुती रहनुका साथै संयुक्त अपांग एकता आवास केन्द्रलाई विभिन्नन सहयोग पुराउने सहयोगी दाता। सामाजिक क्षेत्रमा सहयोग पुराउने तथा शुभचिन्तकलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ । विधिन्न दाताहरुको सहयोगमा तीलबहादुर कार्कीले काठमाडौंको गोकर्णमा ४० जना अनाथ, अपांग तथा असहाय बालबालिकालाई शिक्षा दीक्षा तथा खान बस्नको व्यवस्था सहित पालन पोषण गरिरहेका छन । उक्त कार्यक्रममा सहयोग गर्न चाहनेहरुले समेत सहयोग गर्न सक्ने केन्द्रका अध्यक्ष कार्कीले बताएका छन ।

कार्की आफै अपांगता भएका ब्यक्ति हुन उनका दुवै खुट्टा फर्केका छन । जसका कारण राम्रोसंग हिड डुल गर्न समेत सक्दैनन । उनले पशुपति मन्दिर परिषरमा बसेर मागेको पैसाबाट माओवादी द्धन्द्धकालमा बाबुआमा गुमाएका अनाथ, अपांगता भएका बालबालिका सुरक्षित आवास सहित सहारा दिइराखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *