गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।
अन्तत: सेप्टेम्बर ५ र ६ तारिख बहुचर्चित एनआरएन, अमेरिकाको निर्वाचन हुने नै भएको छ । सामाजिक संजालका भित्ता र अमेरिकाबाट प्रकाशित हुने प्राय: अनलाईन मिडियाहरु एनआरएन, अमेरिकाको निर्वाचनका उम्मेद्वारहरुका प्रचार, खबर र पर्चाले रंगिएका छन । मोबाईल खोल्दा एक मिनेटमा २४ वटा एनआरएन अमेरिकाका निर्वाचनका खबर र प्रचारले ट्यागहरु लाम लगेर अप्प्रुभ गर्न बसिरहेका हुन्छन । सेप्टेम्बर ३ देखी उम्मेद्वारहरुले प्रचार गर्न नपाउने निर्वाचन आयोगको सुचनानुसार कामै छाडेर अहिले सबै उम्मेद्वारहरु प्रचारमा लागेका छन ।
पौडेल जोशी सम्बन्ध :
केही काल पहिले थियो, बर्तमान अध्यक्ष डा. पौडेल र सर्वाधिक चर्चामा रहेका अध्यक्षका प्रत्याशी ईन्जिनियर गौरीराज जोशी तीन चार चोटी नेपाल गए । डालस, शिकागो, बाल्टिमोर र न्यूयोर्कमा संगै चियापान, लन्च वा डिनर त उनीहरुविच छदैंथियो, एउटै सीटमा नेपालसंगको यात्रााले झस्काउंथ्यो कि अब आउने एनआरएन चुनावमा खिचडी होईन मिठो खीर पाक्दैछ । आपसी सहयात्रााले डा. पौडेल र ईन्जिनियर जोशी क्रमश: एनआरएनको अध्यक्ष र वरिश्ठ उपाध्यक्ष लड्ने सहमती भयो । ग्रीन सिटी अस्पताल, चितवन, तनहुँं र आसपासका आश्रम एवम बिद्धालय निर्माणमा ईटा थप्न संगै अघि बढेका हातहरुले प्रस्ट्याउंथे, खुदो हालेको खीर पक्कै पाक्दैछ । अमेरिकामा सकृय मध्यस्तकर्ताहरुको पहलमा डा. पौडेल अध्यक्ष र गोउरीराज जोशी बरियताको दोस्रो पदमा लड्ने अनौपचारिक सहमती भयो ।
उक्साउनेहरुको जाल :
यो चुनावमा डा. पौडेल अध्यक्ष लड्ने, वरिश्ठ उपाध्यक्षमा चुनाव जिते जोशीलाई कार्यवाहक दिएर अमेरिकाबाट गएका डेलिगेटसको साहराले आईसीसीको पदाधिकारीमा चुनाव लड्ने सहमती बिस्तारै वाहिर आयो । जुन कुरा वर्तमान अध्यक्ष डा. पौडेलका बिरोधीहरुलाई मन परेन । बिगतको ग्लोबल कन्फेरेन्समा डा. पौडेलमार्फत नेपाल जना नपाएर रिसाएकाहरुको एक समुहले डा. पौडेलको बिकल्प खोज्न थाल्यो ।
ब्यबसायिक साझेदार, सहमतीको विश्वाश र योजना हुंदै गर्दा पनि डा. पौडेलको बिरोधीहरुको सकृयाताले जसरी सक्षम भएर पनि जसरी नरेन्द्र पौडेलको पराजय भयो, त्यसरी नै गौरीराज जोशी उचालिए । रातारात डा. पौडेलसंगको ब्यक्तिगत सहमती र योजनामा तुवांलो लाग्यो । आफु सक्षम हुंदाहुंदै पनि ‘बफेदार ठेकेदार’ हरुको चंगुलमा जोशी फसे र उनी एनआरएन अध्यक्ष लड्ने भए ।
पूजा गरेर झार्ने उदेश्य प्राप्तिका लागि उनका पछी धेरै लागे, जसको भेउ जोशीले पाउन सकेकन । निर्वाचन आयोगले जोशीको नाम प्रकाशित नगर्दा जोशीका हनुमान बताउने ९० प्रतिशत समर्थकहरुले बिरोध गर्ने साहस देखाउन सकेनन ।
सक्षम जोशीको कमजोरी :
सामाजिक संजालमा मात्र होईन, क्रेज र चर्चाले एनआरएनको नाम लिएर ग्लोबलमा कोही चर्चित थियो भने, ईतिहासमा शेश घलेपछी गौरीराज जोशी भए । भद्र, शालिन र मिजासिला जोशीको चमकदार हंसिलो ब्यक्तित्व अध्यक्ष पदमा लड्ने चर्चाले भाईरल बन्यो । उनका हरेक अभिब्यक्ती, सहयोग र भ्रमणमा उनका समर्थकका संयौ समर्थन बढ्दै गए ।
चुनावी माहौल एकातुर छंदा-छंदै जोशीको समर्थक हुँं भन्नेहरुको समुहबाट एनआरएनमा जोशीको टीम भनेर एउटा लिस्ट बाहिर आयो । ब्यापार, ईमान र सत्यतामा सरल जोशीको ब्यक्तिगत भन्दा ‘बफेदार ठेकेदार’ हरुको दवाबमा बनेको टीमको लिस्ट समाबेशी नभएको चर्चा चल्यो । प्रवासी नेपाली मन्च, जनसंपर्कको एक समुह र अवसरवादीहरुको केही झुन्डले गौरीरज जोशीलाई स्वबिबेकले कहिल्यै निर्णय गर्न दिईएन । फलस्वरुप: महासचिव पदमा अघी सरेका चर्चित युवा धर्म भट्टराईको नाम काटियो । जनसंपर्कमा स्थापनाको लामो ईतिहास भएका भट्टराईको नाम काटिएपछी ‘धोका’को उपमा दिंदै जनसंपर्क समितिको असली समुह सशंकित बन्यो । भट्टराईका शुभचिन्तकहरुले अनुमान लगाए कि, जोशीको टीममा उनको ‘भिटो’ ले काम गर्नेवाला छैन ।
हुंदा-हुंदै उपाध्यक्ष पदमा लागिपरेका जेदु पोखरेलको नाम ‘सहमतीको नाम’ मा काटियो । बनिसकेको भनिएको टीमबाट एकाएक उपाध्यक्ष र महासचिवका प्रत्याशी आफ्नै सहयोगीहरुको नाम ‘ठेकेदारहरुको चाह’मा काटिए पछी जोशी आँफैं तनवमा परे, उनको ‘अन्तिम अवस्थामा नेपाल आईडलका जजहरुको जस्तो जोशीको भिटो पावर’ लगाउने जग्गै भेटिएन । त्यो समुहलाई थर्काएर जोशीले अपनत्वको निर्णय गर्न सकेकन, जसका कारण भित्र-भित्रै उनी कमजोर देखिए ।
जोशीको उम्मेद्वारी :
प्रजातन्त्र हो, त्यो पनि यो मुलुकमा । यदी एक्लै लड्थे भने गौरीराज जोशी शायद चुनाव जित्दथे । तर न उनलाई लड्न दिईयो, न त जित्न चुनावी मैदान । अनेक प्रपन्चहरुमा जोशीलाई फसाईयो । सामुदायिक केन्द्रमा पैसा हाल्छन भनेर ‘जस लिनाका लागि’ कोही पछी लागे । डा. पौडेललाई सिध्याउने वाहनामा राजनीतिको रंग दिंदै केही लागे । सुकिसकेका र फुक्ने बाटो खोजेकाहरु प्रचार गर्ने ठेक्का लिंदै ‘पत्रकारको रुप’ धारण गरेर धेरै जन्मिए, गौरीराज जोशीको नाम भजाउंदै । चुनावी प्रकृयामा समर्थक बढ्नु आँफैमा राम्रो पक्ष हो, तर जो लागे, ठुलो प्रतिशत स्वार्थका लागि लागे । जसले गर्दा उम्म्द्वेरीको पोस्ट्मा लाईक ठोकेर ‘अल द बेस्ट’ भन्ने मात्र देखिए ।
त्यसैले बहुचर्चित र सम्भावित बिजेता जोशीको अभियानमा दिलोज्यान लिएर लाग्नेको कमी भयो, जसरी डा. पौडेलको टीममा सिपी पौडेल र प्रमोद सिटौला जस्तो ज्यान दिएर लाग्नेहरुको कमी भयो । स्वबियू चुनावमा मासु र भात खाने तर थाप्लामा त्यो समुहको झन्डा राख्ने र दालमोठ र चिउरा खाएर संघर्श गर्ने जस्तो माहौल जुन छ, जोशीपट्टी थाप्लामा झन्डा र पौडेलपट्टी दालमोठ चपाएर लागिपर्नेहरुको समुह देखियो । डा. पौडेलपट्टी कार्यकर्ताहरु प्रमोद र सिपी भए, जोशीपट्टी केही नगरी मान्छे बिपी बन्नतिरा लागे ।
यि सारा जंजीर र नदेखिएको विश्वाश तोडेर पनि जोशी एकछत्र लागिरहे । मिठो बोली, हंसिलो चेहेरा रउनको भद्रताको फाईदा उठाएर म लगायत धेरैले ‘भास्टीकाको एड’ पाए । ठुला पत्रीका भन्नेहरुले २५ देखी ३० हजार उछिट्ट्याए, दुलामा बसेकाहरु पत्रकार बनेर उदाए । परिस्थिती राम्ररी बुझ्ने क्षमता भएका शक्तीशाली गौरीराज जोशी निरन्तर उम्मेद्वारी घोषणा गरेर लखतरान बिभिन्न शहर घुम्दै लागिपरे । निर्वाचन आयोगले के देखेर हो कुन्नी उनको नाम प्रकाशित नगर्दा पनि न्यूयोर्क पुगे, लस एन्जलस उडे, गाडीमै रातारात सानफ्रान्सिस्को सम्म सम्बोधन गर्न पुगे । चुनाव नजित्दै डा. पौडेल पछी उनी नै एनआरएनको नाममा सबैभन्दा बढी अमेरिकी आकाशमा उडे ।
तर जहाँ जोशी उडे, त्यहां उनको गुटको एक समुह प्रवक्ता, भक्त र अभियानता बन्न टिकट, होटेल र खानकी खोज्थ्यो । सिझा जोशीले यसो गर्दै धेरै रकम खर्चिए । पत्रकार, रेडियोमा काम गरेका कुशल उद्घोषकहरु बसेको शहरमा दुर्-दराजबाट ‘एमसी’ भित्र्याउन वाध्य भए, जोशी । जसका कारण स्थानियहरु चिढिए । समर्थनका नाममा धेरै प्रकारका चाकडी गरे, मान्छेहरुले । अमेरिकी नेपालीका नाडी नाडी राम्ररी बुझेका र छामेका जोशीले यि सबै सहंदै गए । हेर्दाइ गए, चुनाव जित्नका लागि यी सबै चाहिन्छन । सदस्य बनाउने नाममा जोशीका हजारौं खानेका नाम कुनै दिन आबश्यक परे लेखौंला । पैसा लिए, तर भरोशा दिएनन । नेपाली समाजमा हितका लागि सबैभन्दा सहज रुपमा सहयोगको हात दिने जोशी कसैका भरोशा नभएपनी लागिपरे, यो उनको अर्को महानता छ ।
अदालतसम्मको यात्रा :
किन परेन जोशीको नाम त्यो निर्वाचन आयोगको कुरा भयो । पहिलो त करोडौंको डलर ब्यापारका मालिक जोशीलाई राजनिती र उम्मेद्ववारी बिचका यी लफडा आबश्यक थिएन र उनी मन पराउंदैनथे, थिएनन पनि । एउटा अभियान्ता, सामाजिक ब्यक्तित्व र चाहे सकेको गर्न सक्ने जोशीला जोशीलाई यी झन्झट आबश्यक थिएनन । यो बाट छुटकारा उनी छुटकारा चाहन्थे । छुटकाराका लागि डा. पौडेलसंग वार्ता चलेको सुईंको पाएका उनका समर्थकहरुले उनको नाम निर्वाचन आयोगको लिस्टमा नदेखेपछी ‘अदालत जान’ उक्साए । चाहेर वा नचाहेर जोशी अदालतमा पुगे । पहिलयै जोशी पट्टी लागेका, सहयात्री जेदु पोखरेलले छाडिसकेका पुर्ण बानियालाई त केही थिएन । तर ईमान, ईज्जत र प्रेस्टिज बोकेर हिंडेका जोशीलाई रहर थिएन, अदालत जान ।
ठेकेदारहरुको दवावमा उनले त्यो बाटो रोजे, टेनेसी पुगे । पुगेकाइ दिनदेखी सोच्न थाले, के मैले ठीक गरे ?
त्यो ठीक थिएन । अदालतको ढोकसम्म पुग्नु जोशीजस्ता अभियान्तालाई ठीक थिएन । नपुग्नु पुगे । १७ बर्षदेखी दु:ख सुखमा टेक्सासको पानी बांडेर खाएका हरिबोल भन्डारीहरुका दिल दुखे । उनका समर्थकहरुले लाइक मात्र गरे, अदालत गएर आको, स्टाटसमा । तर खुलेर कोही बोलेनन । तिनिहरु न गौरीको मान छुट्दा खुले, न अदालत गएर आको क्षणको मुक्त कण्ठले प्रशंशा गरे । उनीहरुलाई गौरी घुमाउनु थियो, भुमरीमा गौरी घुमे । माहुरीको रानो सम्झेर उनका पछी कोही झुमेनन ।
घर नजिक र बहिरको मन्दिरको अवहेलना :
नजिकको तिर्थ हेला, टाढाको तिर्थ मेला । टेक्सासमा डा. पौड्ल वार्ता मिलाउन सधैं पुगे । तर त्यही ठाउंका हिमायातीहरु चर्चित ब्यक्तित्व एनएसटी सभापती गोरखाली कृष्ण लामिछाने, जो भाईको बिछोडको वेदनामा पनि गौरी भनेर लागे, जनसंपर्क समिती, अमेरिकाका सम्भावित सभापतीका उम्मेद्वार हरिबोल भन्डारी, चर्चित समाजसेवी एवम हक्की भुवन आचार्य, शालिन ब्यक्तित्व राम सि पोखरेल, शिक्षित डा. अर्जुन बन्जाडे, सुरेश पोखरेल, चर्चित पत्रकार बाला जोशी र भोला आचार्यहरुको मनमा पनि मज्जाले पस्न सकेनन, जोशी । नजिकको मन्दिरक्को अवहेलना भयो । त्यो भन्दा कोशी पर अनि धेरै परका राज्यहरुमा जोशीले हात फैलाए । जुन भेटी लिएर तर पूजा सामग्री बिर्सिएर मन्दिर गाको तिर्थ जस्तो भयो ।
घर बाहिरको मदिर जांदा पनि जोशीले सही पूजारी पहिल्याउन सकेनन । फूल प्रसाद देखे तर भेटी खोजे, उनक भक्तहरुले । अत: उनको प्रार्थना र भक्ती खेर गयो ।
डालसदेखी क्यान्साससम्म /डा. पौडेलका सारथीहरु :
क्यान्भासमा कोरिने चित्रको प्रारुप मगजमा तय हुनुपर्छ । जोशीमा त्यो भएन । अदालती ढोकासम्मको उनको यात्रा एकाएक मुद्दा फिर्ता गराउने कदमबाट रोकियो । अम्बिका अधिकारीहरुका कागज-पत्र सही लागेनन । सुपर वकिलका डुपर साथले माथ खाए । जोशी वार्ताका लागि रेडी भए, तयार भएनन ।
भित्री आशय बुझेका जोशी सोझा छन, त्यत्तिकै बुझेका छन । ठेकेदारहरुको दवावमा वार्ता गर्न तयार नभएका जोशीले प्रथमटक आँफैंमा आँफैले भिटो पावर लगाए । अत: शिकागो हुंदै उनै १७ बर्षदेखीका संगती हरिबोल भन्डारीसंग साउठ्वेस्टर्न हवाईजहाजमा शिकागो हुंदै भवन भट्ट र कुल आचार्य भेट्न मध्यमार्गी डा. यादव पन्डितको निवास सहमतीको क्यान्भास बोकेर क्यान्सास पुगे । सहमतीका लागि प्रमोद सिटौला, सि पि पौडेल,
हेमराज भट्ट, ओम भट्टराई, कृष्ण लामिछाने, डा. अर्जुन बन्जाडे र अन्य लागिपरे, अनेकन बातावरण बनाउन । ठेकेदारहरुको दवावको फोन नउठाउंदै डा. केशब पौडेल र डा. यादब पन्डित बसेको ठाउंमा गौरीराज जोशीले सहमतीको पत्रमा हस्ताक्षर गरे ।
माहौल बदलियो । सबै अकमक्क परे । आईसीसीको कुनै पदमा सहयोग गर्ने सहमतीस्वरुप उनको हस्ताक्षरले भाईरल रुप लियो । सार्वजानिक नगरिएको उनको बक्तब्यका धेरै चर्चा भए । आफ्नै समुहमा सल्लाह नगरेको आरोप लाग्यो । बिभिन्न बैठकमा समुहसंग छु भने पनि अहिले जोशी डा. पौडेलसंग छन । आबश्यक परे बक्तब्य छापौंला ।
घुमीफिरी डा. पौडेल :
रबिना थापा, कृष्ण पोखरेल, राम सि पोखरेलजस्ता आफ्नै सारथीहरुसंग चुनाव लडदैछन, डा. पौडेल । चाकडीको भाषा नबोली भन्नुपर्दा महौल उनको पक्षमा ढल्केको छ । जनसंपर्क भित्रको तीन धार, जोशीको उम्मेद्वारे फिर्ता, क्यान्सासको चर्चित सहमती, जोशीले आन्तरिक रुपमा डा. पौडेललाई गर्ने सहयोग, प्रमोद, सि पि, हेमराज र हरिबोलले गर्ने खुल्ल सहयोगले घुमिफीरी डा. पौडेलमय भएको छ, एनआरएन अमेरिकाको निर्वाचन ।
दिनदिनै हुने आ-आफ्न समुहका बैठक, टीमका लागि एक छु भनेर जोशीले भने पनि गौरीराज जोशीको ७० प्रतिशत मत डा. पौडेल पट्टी लागेको छ । रबिना थापा, कृष्ण पोखरेल र राम सि पोखरेलज्यूहरुलाई शुभकामना । तर घुमिफेरी डा. साहेब अघी बढेका छन । भाग्यले उनलाई साथ दिएको छ । चुनाव जित्ने एउटाले हो ।
नेपाल आईडलको जस्तो ‘नो ईलिमिनेशन’ चुनावमा पक्कै नहोला । यो चुनाव हो, त्यो रियालिटी शो ।
सबैलाई शुभकामना । तर घिमिफिरी डा. केशब पौडेल ।
अस्तु !