गोकुल ढकाल, लस एन्जलस, अमेरिका । गत महिना जन्मभुमी नेपालको तराई लगायत बिभिन्न भु-भागमा आएको बाढी पहिरोबाट प्रभावित भेगमा प्रवासबाट सहयोग प्रदान गराउने क्रममा अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रबाट पनि परोपकारी महिलाहरुले करिब एक लाख रुपैंया प्रदान गराएका छन ।
जीवन बिज्ञान प्रतिश्ठान, ईटहरी शाखामार्फत भर्खरै गएको भीषण बाढी पैर्होमा परी घरवार बिहीन भएका ईटहरी वरपरका वासिन्दाहरुलाई जीवन विज्ञान प्रतिश्ठान द्वारा आयोजित राहत वितरण तथा पुन-निर्माणका कामहरू भईरहेको बेलामा लस एन्जलस, क्यालिफोर्निया, अमेरिकामा बसोवास गर्ने दिदी-बहिनीका सहयोगी हातहरूले पीड़ामा परेका नेपालीहरूलाई केही राहत होस भनि लगभग एक लाख रुपैंया सहयोग गरेका छन ।
इटहरीका बिद्धालयमा अध्ययनरत बाल-बालिकाहरुका लागी अत्याबश्यक सामग्रीहरुका साथमा वरपरका १५० घरलाई कम्बल वितरण गरेका छन । प्रवासमा सामुहिक भेटघाट गर्ने वाहनामा जम्काभेट हुने लस एन्जलसका महिलाहरुले सामुहिक प्रयासमा उक्त रकम जम्मा गरेका हुन । एनआरएन अमेरिकाकी निवर्तमान सह-सचिव एवम समाजसेवी संगिता लम्साल सिवाकोटीको संयोजनमा सहयोगका लागि जुटेका लस एन्जलसका परोपकारी महिलाहरुले सहयोगी हात मिलाएका छन ।
सहयोग जुटाउने परोपकारी महिलाहरु :
१. हसना श्रेष्ठ,
२. देवी मिश्र,
३. तुलसा कार्की,
४. रोजी श्रेष्ठ,
५. सीता ढुंगाना,
६. संगीता शिवकोटी,
७. रोशनी घिमिरे,
८. तुलसा पाठक,
९. सपना थपलीया,
१०. पूजा अधिकारी,
११. सीता बिमली,
१२. प्रतिक्षा श्रेष्ठ,
१३. आस्मीना प्रसाई,
१४. भवानी बुढाथोकी,
१५. सीता ढकाल,
१६. नीमा शेर्पा,
१७. संचिता कटुवाल,
१८. गीता बिमली,
१९. सरिता संग्रौला,
२०. दुर्गा कार्की र
२१. रोशन रिमाल ।