२०८३ वैशाख २ गते | 15th of April 2026

लस एन्जलसमा प्रथम प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस तथा नव वर्ष २०८३ को कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०८३ वैशाख २ गते १५:२१

लस एन्जलस (क्यालिफोर्निया), अप्रिल १५ — Shree Pashupatinath & Buddha Mandir को आयोजनामा “प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस तथा नव वर्ष २०८३” को अवसर पारेर आयोजित International Wellness Day Celebration & Meet & Greet कार्यक्रम हिजो साँझ सफलतापूर्वक सम्पन्न भएको छ।May be an image of crowdश्रीपशुपतिनाथ फाउन्डेशन, बोर्ड अफ ट्रस्टीका अध्यक्ष एकराज ‘नारायण’ पान्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा अवैतनिक महावाणिज्यदुत ऋषी ढकाल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा फाउन्डेशनका वरिष्ठ उपाध्यक्ष डिल्ली ‘सिद्धार्थ’ सिलवाल, मन्दिरका गुरु चुडामणी उपाध्याय, समाजसेवी दिनेश साह, मन्दिरका सल्लाहकार डाक्टर बद्री भन्डारी, मन्दिरका अध्यक्ष बिमल श्रेष्ठ र महावाणिज्यदुत ऋषी ढकालले आ-आफ्न मन्तब्य ब्यक्त गरेका थिए ।May be an image of one or more peopleHonorary Consulate of Nepal, California को सहकार्यमा Norwalk स्थित मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साँझ ६:३० बजेदेखि सुरु भएको कार्यक्रम करिब ८:३० बजेसम्म सञ्चालन भएको थियो।May be an image of one or more people, people studying and text

कार्यक्रममा वक्ताहरूले अन्तर्राष्ट्रिय आरोग्य दिवसको महत्वबारे चर्चा गर्दै शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति र आत्मिक सन्तुलनलाई पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले आधुनिक जीवनशैलीमा बढ्दो तनावका बीच योग, ध्यान र सकारात्मक सोचमार्फत जीवनलाई सन्तुलित बनाउनुपर्ने सन्देश दिएका थिए।May be an image of one or more people, violin, flute, dais and textसाथै, नव वर्ष २०८३ को अवसरमा सहभागीहरूबीच शुभकामना आदान–प्रदान गरिएको थियो। कार्यक्रमले नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने, सांस्कृतिक पहिचान जोगाउने र स्वास्थ्यप्रति सचेतना बढाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्णलाई प्रसाद वितरण गरिएको थियो भने सहभागीहरूले यस्तो कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा र एकता अभिवृद्धि गर्ने प्रतिक्रिया दिएका थिए।May be an image of one or more people, violin, flute, dais and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *