प्रियरन्जन दाहाल
युटाहा, अमेरिका ।
कांग्रेसको स्थापनाकालदेखि अहिले सम्म बिभिन्न पार्टीहरु जन्मिए जो आफुलाई प्रजातन्त्रवादी भन्थे । तर ति लामो समयसम्म टिक्न सकेनन । नेपाली राजनीतिमा प्रजातन्त्रवादी पार्टीका रुपमा कुनै अरु पार्टी लामो समय टिक्न नसक्नु कांग्रेसका लागि सधै निर्विकल्प प्रजातान्त्रिक पार्टीका रुपमा आफुलाई देखाउने आधार बन्न पुगेको छ । कांग्रेसकै नेता कार्यकर्ताद्वारा खोलिएका ,फ़ुटाइएका पार्टीहरु पनि केहि बर्षमा यात कांग्रेसमै बिलय भएर जान्छन, आफै हराएर जान्छन वा कुनै शक्तिको प्रयोगको शिकार बन्छन र सकिन्छन । र फेरी कांग्रेस आफुलाई एक्लो प्रजातन्त्रवादी पार्टी भनेर प्रचार गर्छ ।
नेपालमा कांग्रेसको विकल्पका रुपमा कुनै नयाँ प्रजातान्त्रिक पार्टी आउन सकेको खण्डमा एकातिर प्रजातन्त्र बलियो बनाउने एउटा अर्को शक्ति जन्मन्छ भने कांग्रेसको विकल्प खोज्ने कांग्रेस बिरोधि प्रजातन्त्रवादीहरुको भोट कम्युनिष्टलाई जादैन । जबसम्म नेपालमा प्रजातन्त्रवादी र प्रजातन्त्र विरोधीको दुइ बलियो धार रहन्छ तब सम्म नेपालमा राजनीतिक आस्थिरता रहिरहन्छ र नेपाल आर्थिक समृद्धिको सवालमा सधै पछाडी पर्छ | नेपाली कांग्रेसले आफुलाई प्रजातन्त्रको मसिहा भनिरहदा त्यसको प्रतिकार गर्न सक्ने र आफुलाई त्यहि कित्तामा बलियोसंग उभ्याउन सक्ने पार्टी स्थापित नहुदासम्म नेपालको राजनीतिको स्वरुप परिवर्तन हुन सक्दैन ।
नेपालमा तिन खालका राजनीतिक धार देखिन्छन । कम्युनिष्ट ,प्रजातन्त्रवादी र अर्को एउटा खाओवादी । खाओवादी धारको कुनै ठोस राजनीतिक एजेन्डा छैन । कहिले राजावादीका रुपमा देखिन्छ त कहिले कांग्रेस वा कम्युनिष्टसंग मिलेर वा पार्टीभित्र नै पसेरनै पनि आफ्नो चरित्र देखाउछ । यसलाई कुनै वाद वा तन्त्रसंग तेती धेरै चासो छैन । सत्ता र शक्तिसंग मात्रै सरोकार छ |रा प्रा पा ,तराइमा जन्मिएका पार्टी हुन् वा अरु नया उम्रिएका पार्टीहरु ति सबै बिकाउ देखिएका छन् कांग्रेस बिरोधि धेरै प्रजातन्त्रवादीको मत यसले पाउने गरेको छ । यद्दपि नेताहरु स्वयम् भने इमान्दार छैनन् ।
आफ्नो पेशामा बिशेसज्ञको रुपमा परिचय बनाएका धेरै नेपालि राजनीतिमा आए तर तिनले आफ्नो स्थान सुरक्षित गर्न सकेनन । एउटा मंत्री पदका लागि प्रजातन्त्रको परिभाषा बदल्नतिर लाग्दा पछिल्लो उदाहरणका रुपमा डाक्टर उपेन्द्र देवकोटाहरु पनि हराए ।
नेपालको राजनीतिमा धेरै राजनीतिक पार्टीहरु आए थोरै अस्तित्वमा रहे धेरै बिलाए । प्राय सबै जसो पार्टीको जन्म निश्चित राजनीतिक पद्धतिको पक्ष वा विपक्षमा उभिएर भएको हो । नेपालमा अहिले देखिएका पार्टी मध्ये बिबेकशील साझा पार्टी एउटा नया प्रयोगका साथमा चर्चा आएको छ । यसको जन्म कुनै राजनीतिक पद्धतिसंग जोडिएर त्यसको लागि संघर्ष गरेर आएको हैन । भ्रष्टाचार बिरोधि अभियानबाट चर्चामा आएको बिबेकशील साझा पार्टी विकल्पको रुपमा आएको छ । तर त्यसले धेरै जंघारहरु तर्नुछ । राजनीतिक रुपमा आफ्नो दृष्टिकोणहरुमा प्रष्ट हुनु जरुरि छ । प्रत्येक एक दशकमा हुने राजनीतिक परिवर्तनमा यो पार्टीले आफुलाई कहाँ स्थापित गर्छ त्यो हेर्न बाँकि नै छ । यो पार्टीले तुरुन्तै नेपालको राजनीतिको दशा र दिशा बदल्न सक्छ भन्ने अड्कल पनि गर्न सकिन्न । बिबेकशिल साझा पार्टीका सदस्यहरुले आफ्नो परिचय राजनतिक नेताको रुपमा स्थापित गर्न सकेका छैनन् |रबिन्द्र मिश्र राजनीतिमा प्रवेश गर्दा पत्रकारका रुपमा परिचित थिए आज पार्टीको सदस्य भएर पनि उनको परिचय फेरिएको छैन । एउटा गैर सरकारी सामजिक संस्थाका रुपमा विकास भएको बिबेकशीलले आफुलाई अझै राजनीतिक पार्टीका रुपमा प्रस्तुत सम्म गर्न सकेको छैन ।
सामजिक अभियन्ताको रुपमा परिचय बनाउदै गरेको यो समुहको राजनीति प्रवेश आफैमा सकारात्मक कदम होला तर तिनको अभियानमा राजनीतिक महत्वाकांक्षाले त जितेन भन्ने आम चासो छ । व्यक्तिगत महत्वाकांक्षाले जितेको दिन व्यक्तिको व्यक्तित्व बढ्दैन, घट्छ । नेपाली राजनीतिमा प्रधानमन्त्री पद छोडेका सर्वमान्य भनिएका गणेशमान सिंहले छोरा र श्रीमतीका लागि पद मागेको चर्चा मात्रैको पनि कति मूल्य चुकाउनु पर्यो सम्झनुपर्छ ।
राजनीतिमा लागेर चुनाव नै जित्यो भने पनि त्यो व्यक्ति रास्ट्रपति हुन्छ तर चुनावमा नलागेर राष्ट्रका लागि समर्पित हुदा राष्ट्रपिता हुनसक्छ । कतिपय भूमिकाहरु राजनीतिमा लाग्दाभन्दा नलाग्दा बढी प्रभावकारी हुन्छन जसले राजनीतिलाई सच्चिन बाध्य बनाउछ । डाक्टर गोबिन्द के सी कुनै दिन राजनीतिक पार्टीमा प्रवेश गरेभने उनको प्रभाव र कद बढ्दैन बरु घट्छ ।
राजनीतिमा लाग्ने वा नलाग्ने निजि बिषय हो तर राजनीतिमा लाग्ने कस्तो मान्छेलाइ नेता छान्ने जनताको बिषय हो । अपबाद बाहेक चर्चामा रहेका बिबेकशीलका धेरै जसो पात्रहरु गैर राजनीतिक पृष्ठभूमिबाट आएको देखिन्छ । जुनसुकै बाद वा पध्दती भए पनि देश बन्नसक्छ भन्ने तर्क आम जनताले भन्ने कुरा हो नेतृत्वले त्यो भाषा बोल्नु भनेको दृष्टिकोणको अभाब मानिन्छ । कुन शासन पद्धतिद्वारा कसरि विकास गर्ने स्पष्ट दृष्टिकोण नभएकाहरुबाट सुझबुझको लामो राजनीति हुन सक्दैन । क्षणिक रुपमा एउटा समुहलाई उत्तेजित बनाउने कुरा सम्भव होला ।
बिबेकशील साझाले मुलुकको आर्थिक विकास कसरि गर्छ । विदेश नीति, शिक्षा नीति, आर्थिक नीति र त्यस्ता तमाम बिषयहरुमा बिबेकशीलका उमेद्वारहरु कति सुशिक्षित छन् ? भ्रष्टाचारको आवाज उठाउने त्यो समुहले भ्रस्टाचार अन्त्य वा नियन्त्रण गर्ने कस्तो योजना लिएर हिडेको छ ? यी यस्ता धेरै बिषयमा बिबेकशीलले प्रष्ट पार्न सक्नुपर्छ ।
एउटा शिक्षित र सभ्य उमेदवारले बाढ्ने भनेको सकारात्मक सोच हो । खराब चरित्रलाइ खराब भनेर आफुलाई असल प्रमाणित गर्न सकिदैन । देश बिग्रियो, भत्कियो, बेचियो भन्नेहरुको भिडमा बिबेकशीलहरु(?) मिसिएर नयापन दिन सक्दैनन् ।
बिबेकशील पार्टीका एक प्रमुख पात्र हुन् रबिन्द्र मिश्र । रबिन्द्र मिश्रको हाल सम्मको पेशागत जीवनको उपलब्धि र आम्दानीले नेपाली माटोले केहि पाएको छ छैन त्यो उनले भन्न सक्छन ? संसारभरिका नेपालिहरुले रगत पसिना गरेर कमाएको पैसालाई उनको गैर सरकारी संस्था मार्फत पठाए तर उनले नेपालमा त्यसलाई सामाजिक कामका लागि खर्च गर्ने नाममा संचारकर्मी भएका कारण चर्चा बटुल्न उपयोग गरे ।
आम नेपालीमा राजनीति र राजनीतिक नेता प्रति घृणा बढेको बेला उनीले आफुलाई एउटा गैर राजनीतिक सामाजिक अभियन्ताको रुपमा प्रस्तुत गरे । प्रवासमा बस्ने नेपालीले उनलाई एक इमान्दार नेपाली संचारकर्मीको हैसियतमा उनको सामजिक अभियानलाई सहयोग पनि गरेका हुन् । प्रवासमा रहेका राजनीतिक पार्टीका भात्री संगठनले समेत उनको अभियानमा सहयोग गरे, आम नेपालीले सहयोग गरे । तर केहि बर्षमै उनको महत्वाकान्क्षा यति चुलिएर आयो कि उनले आफुलाई मात्रै देश बनाउने व्यक्तिका रुपमा प्रस्तुत गर्न थालेका छन् । हज्जारौ नेपालीले सामजिक अभियन्तालाइ बिश्वास गरेर पठाएको ,दिएको पैसालाई उनले अन्तत: आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न प्रयोग गरे । यो आचरण लाइ के भन्ने ? आर्थिक भ्रष्टाचार मात्रै हैन नेपाली राजनीतिमा चरित्र भ्रष्टता पनि मूल समस्या हो । रबिन्द्र मिश्रले संसार भरि बाट उठाएका करोडौ रुपैयामा एक रत्ति पनि हिनामिना गरेनन होला तर एउटा विशुध्द समाजसेवीलाइ दिएको पैसाले चर्चा कमाउने,समाजसेवीको रुपमा व्यक्तित्व बनाउने र आज एउटा पार्टी बिशेषको उम्मेदवार हुनुलाई शुद्ध आचरण मान्न सकिन्छ ? यो आम नेपालीको भावना प्रतिघात हैन ।
रबिन्द्रजी को राजनीतिमा प्रवेश संगै चर्चा हुने अर्को बिषय भनेको वहाले ७ लाखको जागिर छोडेको र राजनीतिमा प्रवेश गरेको हो । एउटा शिक्षित, व्यवसायिक रुपमा दक्ष व्यक्तिको राजनीतिमा प्रवेश आफैमा सुखद समाचार हो । आफ्नो आर्थिक स्रोत बन्द गरेर राजनीतिमा सक्रिय भएको समाचार सम्प्रेषण गर्नुलाइ कसरि राम्रो भन्ने ? उहाले भनेजस्तो दुइटा घर ,त्यसको भाडा र अरु केहि लगानीले घर खर्च चलाउने बाटो छ भन्नु हुन्छ । घर भाडाले घर खर्च चलाउनुलाई अनुत्पादक लगानी नै भनिएला नि हैन र ? एउटा मतदाताले घर संचालन त त्यति अनुत्पादक ढंगले चलाउनेले देश कस्तो चलाउने भनेर प्रश्न गर्यो भने उत्तर के हुने ? अर्को कुरा त्यहि आम्दानीलाई आधार मानेर शुध्द आचरण भएको र इमान्दार रही रहने बिस्वास गर्ने भए भने घर हैन काठमान्डूमा दर्बार भएकाहरु झन् बढी योग्य, बिस्वाशिला मानिएनन ? चाहे ति चाक्सीबारी दरबारवाला हुन् वा नागार्जुन वाला फितला कुराहरुले पार्टीको र राजनीतिक कर्मिको आयु लम्ब्याउदैन ।
चर्चामा आउने नाममा युवाहरुको दुरुपयोग हुनुहुन्न । अघिल्लो निर्वाचनमा मेयरको उम्मेदवार बनेकी युवतीले पाएको मत उनको योग्यता ,क्षमता र दक्षताको आधारमा हैन नेताहरु प्रतिको बित्रिष्णा,आक्रोशको अभिव्यक्ति थियो । काठमान्डूको मेयरकि उम्मेदवारको चयनले बिबेकशील पार्टीले तत्कालका लागि मत पाएपनि आम जनतामा राम्रो इमेज बनाउन सकेन । युवाको राजनीतिमा प्रवेश गराउने नाममा स्नातक पढ्दै गरेकी एक युवा जो नेपालको दुषित राजनीतिबाट वाक्क छन्, जो भ्रस्टाचार अभियानकी सक्रिय सदस्य हुन् तिनको दुरुपयोग भयो भन्ने आम बुझाइ बन्यो भने तेस्ले पार्टीलाई राम्रो गर्दैन ।
के ति युवती साचै नेपालको राजधानी काठमाडौँ महानगरको मेयरको लागि उपयुक्त र योग्य पात्र हुन् ?चर्चा र निर्वाचनलाई आफ्नो पक्षमा पार्ने नाममा भोलि दिपक मनाङ्गे र गणेश लामाहरुले स्थान नपाउलन भन्ने आधार के ?
नेता हुन हिजो देख्ने हैन भोलि देख्ने हुनु पर्छ । दुषित बन्दै गएको नेपालि राजनीतिमा पक्कै पनि नया उत्साहका साथ नया पुस्ता र नया प्रजातान्त्रिक पार्टीहरु आउनु पर्छ । देश बनाउने स्पष्ट मार्गचित्र भएकाहरु पनि बरालिएको मुलुकमा उत्तेजनामा आएर खोलिएका पार्टी स्थायी हुदैनन् भन्ने डर मात्रै हो । आवेश र उत्तेजनामा कुनै बिषयमा सामाजिक अभियान चलाउन सकिएला तर पार्टी चलाउन सहज हुन्न । भ्रष्टाचारिलाई किरा परोस भन्नु जति सहज छ जिम्मेवारीमा पुगेर भ्रस्टाचारलाइ निर्मुल गर्न त्यति नै कठिन ।
प्रजातन्त्रको शोभा भनेकै प्रजातन्त्र भित्रै गैर प्रजातान्त्रिक र प्रजातन्त्र विरोधीको पनि स्थान सुरक्षित हुनु हो । जसले प्रजातन्त्र कमजोर हुने डर रहिरहन्छ । नेपालमा बैकल्पिक प्रजातान्त्रिक पार्टीको उदयको शुभकामना !!!
purchase lasuna without prescription – lasuna drug buy himcolin
buy cheap generic besifloxacin – purchase carbocisteine generic purchase sildamax online cheap
buy gabapentin 100mg online cheap – azulfidine for sale sulfasalazine brand
purchase probalan generic – tegretol cost tegretol pills
celebrex order – order generic celebrex 200mg buy indomethacin medication
buy colospa 135mg pills – arcoxia 60mg drug buy generic pletal
cost diclofenac 100mg – voltaren 100mg pill aspirin oral
buy generic rumalaya online – amitriptyline medication order endep 10mg online
pyridostigmine 60 mg ca – mestinon 60 mg price buy imuran online cheap
oral voveran – buy diclofenac pills for sale oral nimotop
ozobax usa – piroxicam order online feldene tablet