२०८३ असोज २८ गते | 14th of October 2026

ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्नियाको आयोजनामा लस एन्जलसमा ‘ रक्तदान’ कार्यक्रम सम्पन्न (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २७ गते १२:०१

लस एन्जलस – ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्नियाको आयोजनामा अगष्ट ११ तारिक शनिबारका दिन लस एञ्जलसको आर्टेसिया शहर स्थित तारा हिमालयन कुजिन, रेस्टुरेन्ट परिसरमा “सामुदायिक रक्तदान” कार्यक्रम समपन्न भएको छ।

“मेरो खेर जाने रगतले कसैको जीबन बँच्छ भने मैले रक्तदान किन नगर्ने ?” भन्ने मूल नारा सहित सन्चालन गरिएको उक्त रक्तदान कार्यक्रमा बहुसंख्यक नेपाली मूलका रक्तदाता भएपनि गैर नेपाली मूलका अमेरिकन रक्तदाताहरुले पनि उत्साहपूर्बक रक्तदान गरेको कुरा आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्नियाले जनाएको छ । सो संस्थाका क्यालिफोर्निया राज्यका संयोजक श्री एकदेव शर्माका अनुसार स्थानिय अन्य सामाजिक संस्थाहरु सँग सहकार्य गरी निकट भबिश्यमा अर्को शहरमा रक्तदान रक्तदान शिबिर सन्चालन गर्ने कार्यक्रमको तयारी भैरहेको छ।

ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्नियाको आयोजनामा लस एन्जलसमा ‘ रक्तदान’ कार्यक्रम फोटोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *