२०८१ वैशाख २२ गते | 4th of May 2024

सरकार झस्काउन एनआरएन अमेरिकाको टोली काठमाडौं जांदै

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १५ गते १७:४७

न्यूयोर्क – नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैर आवासीय नेपालीहरुका मागहरु बारे स्पष्ट नभएको निश्कर्ष सहित गैर आवासीय नेपालीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली काठमाडौं जाने भएको छ ।

हाल राज्य व्यवस्था तथा शुसासन समितीमा बिचाराधिन रहेको नागरिकता बिधेयकमा थुप्रै सच्याउनुपर्ने देखिएपछि सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाले उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाइरेक्टर संजय थापालाई काठमाडौं पठाउन लागेको हो । 

एनआरएन अमेरिकाले एक बिज्ञप्ती जारी गर्दै गैर आवासीय नेपालीहरुका मागहरु सम्बोधन गर्न सम्बन्धीत निकायसमक्ष लबि गर्न उपाध्यक्ष पोखरेल र बोर्ड अफ डाइरेक्टर थापालाई खटाएको जनाएको छ । यस अघि एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले पुर्ब सभामुख शुवास नेम्वाङ लगायतका व्यक्तिहरु संग यसबारे छलफल गर्नुभएको थियो भने एनआरएन अमेरिकाले महावाणिज्यदुतावास मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *