२०८२ कार्तिक १७ गते | 2nd of November 2025

टेक्सासको डालासमा नेजा नाईट

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते १९:०२

डलास, उत्तर अमेरिकामा वस्ने नेपालीमूलका पत्रकारहरूको छाता संगठन नेपाल अमेरिका पत्रकार संघ, नेजाले नेजा नाईट नामक सॉगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । घटना- दुर्घटनामा पर्ने पत्रकारहरूको सहयोगार्थ आपतकालिन कोषको लागी नेजाले आगामी जुन १७ तारिखमा आयोजना गर्न लागेको जनाएको छ । ख्यातिप्राप्त नेपाली कलाकारहरू विभिन्न सॉगितिक प्रस्तुतीहरू रहने नेजा नाईटबाट दर्शकहरूलाई मनोरन्जन प्रदान गरिनेछ । नेजाले यस कार्यक्रमको संयोजन गर्ने जिम्मा क्षेत्रिय कोर्डिनेटर किशन रेग्मीलाई दिएको छ । यसअघि नेजाले यस कार्यक्रमलाई न्युयोर्क र भर्जिनियामा सम्पन्न गरिसकेको छ ।

टेक्सासको डलासमा गर्नलागेको नेजा नाईट तेस्रो हो । कलाकारहरूको संयोजनको तयारीमा रहेका क्षेत्रिय कोर्डिनेटर रेग्मीले अमेरिकामा रहेका कलाकारहरूलाई नै विशेष प्राथमिकता दिईने वताए । उनका अनुसार लोकगायक प्रेमराजा महतदेखी गायक गायिकाहरू दिपेश किशोर भट्टराई, विमलडॉगी, संगिता थापामगर, निक्की कार्की, नायक दिलिप रायमाझी, नायिका रंजना शर्मा, हास्यकलाकार नारायण त्रिपाठी,अर्जुन दाहाल लगायत अस्ट्रेलियामा रहेका गायक समिर आचार्य सँग पनि कुरा भैरहेको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *