२०८३ असार ९ गते | 23rd of June 2026

लस एन्जलसमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ समापन : कुल सहयोग ११ लाख डलर

खुल्लामन्च
 प्रकाशित: २०८३ असार ९ गते ५:५३

लस एन्जलस । नेपाली समुदायको साझा सपना नेपाली कम्युनिटी सेन्टर (NCC) निर्माणका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भव्य रूपमा सम्पन्न भएको छ। सात दिनसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन भक्तजनहरूको उत्साहजनक सहभागिता र उदार सहयोगले नयाँ इतिहास रचेको छ।

आयोजक समितिका अनुसार महायज्ञको सातौँ तथा अन्तिम दिन मात्रै करिब ३ लाख ५० हजार डलर बराबरको संकल्प तथा दान सहयोग प्राप्त भएको छ। यससँगै सात दिनको अवधिमा संकलित कुल सहयोग रकम ११ लाख डलर (१.१ मिलियन डलर) भन्दा बढी पुगेको छ।May be an image of one or more people and text

महायज्ञमा सहभागी भक्तजन, दाता, स्वयंसेवक तथा समुदायका अगुवाहरूको अभूतपूर्व साथ र सहयोगले नेपाली समुदायको एकता, आस्था र समर्पणलाई उजागर गरेको आयोजकको भनाइ छ। सात दिनसम्म धार्मिक प्रवचन, भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति तथा विभिन्न आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।May be an image of one or more people and wedding

विशेषगरी भागवत मञ्जरी राधिका दासीको भावपूर्ण कथा वाचन, भजन टोलीको सुमधुर प्रस्तुति, कलाकारहरूको लीला नाटक तथा सयौँ स्वयंसेवकहरूको अथक परिश्रमले महायज्ञलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।May be an image of one or more people and temple

आयोजकहरूले महायज्ञलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, भक्तजन, स्वयंसेवक, कलाकार, भान्सा टोली, सुरक्षा तथा व्यवस्थापन समितिप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै संकलित रकम नेपाली समुदायको दीर्घकालीन हितका लागि निर्माण गरिने नेपाली कम्युनिटी सेन्टर (NCC) को सपनालाई साकार पार्न उपयोग गरिने जनाइएको छ।May be an image of temple, wedding and text

महायज्ञ समापनसँगै नेपाली समुदायले एकजुट भएर ठूला सामुदायिक परियोजनाहरू सफल बनाउन सक्ने सशक्त सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।May be an image of temple, dais and text that says 'លេក श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महा Shrimad Bhagawata Mahapurana Saptaha Gyan M Los Angeles, California June 15-21, 2026 निगमकल्पतरो मੰन शुकमुखाद अमृतद्रव सयतम I पिवय भागर रसिका भुवि भावुका: II A'

Leave a Reply

Your email address will not be published. Required fields are marked *